मोरङ व्यापार ट्रेड एक्स्पो हुने « Khabarhub

मोरङ व्यापार ट्रेड एक्स्पो हुने


२४ फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ – मोरङ व्यापार संघले स्वदेशी उत्पादन प्रबर्द्धन गर्न ‘मोरङ व्यापार सङ्घ ट्रेड एक्स्पो २०२२’ गर्ने भएको छ ।

संघले पत्रकार सम्मेलन गरी आगामी चैत १८ देखि २६ गते विराटनगरमा आयोजना हुने एक्स्पोबारे जानकारी गराएको छ ।

संघका अध्यक्ष नवीन रिजालले एक्स्पोमा नेपालका घरेलु, साना, मझौला तथा ठूला उद्योगको अतिरिक्त मुलुकभरिका महत्व झल्किने कला संस्कृति, पर्यटन, शिक्षा, स्वास्थ्य, कृषिजन्य तथा औद्योगिक उत्पादनको प्रदर्शनीका अलावा छिमेकी राष्ट्र भारत, बङ्गलादेश, पाकिस्तान आदि देशका उत्पादित वस्तु रहने बताए ।

एक्सपोका अवसरमा स्वदेशी तथा विदेशी लगानीको सम्भावनाबारे छलफल गर्ने  उनले बताए । प्रविधियुक्त वातानुकूलित र कुलरसहित सञ्चालन हुने एक्स्पोमा २७५ वटा स्टल रहने एक्स्पो संयोजक विकासकुमार बेगवानीले जानकारी दिए ।

एक्स्पोमा वातानुकूलित ८०, कुलसहितको ६० र साधारण १०६ वटा स्टल रहने संयोजक बेगवानीले जानकारी दिए । यस्तै एक्स्पोलाई थप आकर्षक बनाउन जिप लाइन, रिभर्स बन्जी, जिप साइकलिङलगायत साहसिक खेलकुद र सेल्फी जोन पनि रहनेछ ।

आन्तरिक र बाह्य पर्यटक भित्र्याउन आयोजकले यस वर्ष मेलामा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त सम्पदाका नमूना लन्डन ब्रिज, बुर्ज खलिफा,  बुर्ज अल अरब, सेन्ट वेसिल आदि मुख्य आकर्षण रहने संयोजक बेगवानीले बताए । एक्स्पो अवधिभर ख्यातिप्राप्त राष्ट्रिय र स्थानीय कलाकारबाट साङ्गीतिक कार्यक्रम हुनेछ । 

एक्स्पो सञ्चालनका लागि तीन करोड खर्च लाग्ने अनुमान गरिएको छ भने ४० देखि ४५ करोडको कारोबार गर्ने लक्ष्य राखेको मेला संयोजक बेगवानीले बताए । यस पटकको एक्स्पोमा स्वदेशी र भारतीयसहित तीन लाख दर्शकले अवलोकन गर्ने विश्वास आयोजकले गरेको छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७८, मंगलबार  ९ : ५५ बजे

दुई सय ६६ दीर्घ रोगीलाई आर्थिक सहयोग

तनहुँ– व्यास नगरपालिकाले दुई सय ६६ जना दीर्घ रोगीलाई ३९

पर्यटकको रोजाइमा इलामको तीनकुने पोखरी

इलाम– इलामको चुलाचुली गाउँपालिका–२ मा अवस्थित ‘तीनकुने पोखरी’ पछिल्लो समय

इजरायली प्रधानमन्त्री नेतन्याहू भन्छन्- अमेरिका-इरान युद्धविराम लेबनानमा लागू हुँदैन

काठमाडौँ – इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले अमेरिका र इरानबीच भएको

एकैदिन तोलामा ७ हजार २ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ । आज सुनको

बाँकेको सञ्जीवनी अस्पतालमा ‘आमा सुरक्षा कार्यक्रम’

बाँके– नेपालगञ्जमा निजी क्षेत्रबाट सञ्चालित सञ्जीवनी अस्पतालमा मङ्गलवारदेखि ‘आमा सुरक्षा