लमजुङमा महोत्सव अवधिभर विद्युत कटौती नहुने « Khabarhub

लमजुङमा महोत्सव अवधिभर विद्युत कटौती नहुने


२५ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ – लमजुङ महोत्सव अवधिभर विद्युत कटौती नहुने भएको छ ।

२२० केभी प्रसारण लाइन आयोजनाको उदीपुरदेखि मर्स्याङदी पावर हाउसखण्डमा तार तान्ने काम भइरहेकाले नेपाल विद्युत प्राधिकरण लमजुङ वितरण केन्द्रले बिहीबारदेखि उदीपुर-खुदी र बेसीसहर फिडर लाइन १० दिनका लागि विद्युत लाइन काटिने तथा आपूर्ति बन्द हुने सूचना जारी गरेको थियो ।

विद्युत् कटौती हुने सूचना सार्वजनिक भएपछि सातौँ लमजुङ महोत्सवको अवधिभर विद्युत नियमित गर्न माग गर्दै लमजुङ उद्योग वाणिज्य संघको अध्यक्ष लगायतका टोली बिहीबार दिउँसो जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका थिए ।

प्रमुख जिल्ला अधिकारी सुशील वैद्य, संघका पदाधिकारी, नेपाल विद्यत् प्राधिकरण लमजुङ वितरण केन्द्र प्रमुख यमकुमारी गुरुङसहितको उपस्थितमा भएको छलफलले शुक्रबारदेखि विद्युत् नियमित सुचारु गर्ने निर्णय गरेको लमजुङ उद्योग वाणिज्य संघको अध्यक्ष गुणराज सिलवालले बताए ।

प्रकाशित मिति : २५ चैत्र २०७८, शुक्रबार  ७ : १७ बजे

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल साउन १४ गते बिहीबार सन् २०२६

आज २०८३ साल साउन १४ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन १४ गते बिहीबार सन् २०२६

नेपालको लगातार चौथो हार, नेदरल्यान्ड्ससँग ५७ रनले पराजित

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी ओडीआई

यातायात क्षेत्रलाई राज्यले संकटमा पार्दैछ : भीमज्वाला राई

काठमाडौं – चर्को जरिवाना र चालकलाई जसरीपनि जेल सजायको व्यवस्था