'गठबन्धनलाई हराउन मेयरको उम्मेदवार बन्न तयार छु' : लालबाबु पण्डित | Khabarhub Khabarhub

‘गठबन्धनलाई हराउन मेयरको उम्मेदवार बन्न तयार छु’ : लालबाबु पण्डित

'मन्त्री भएको व्यक्ति मेयर बन्नु हुँदैन भन्ने छैन'


२५ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

स्थानीय तहको चुनाव नजिकिएसँगै आकांक्षीले आफ्नो दाबेदारी प्रस्तुत गरिरहेका छन्। स्वतन्त्रदेखि नामै नसुनेका पार्टीसम्ममका विभिन्न उमेदवार खडा भइरहेका छन्। स्थानीय चुनावमा पनि महानगरमा होड बढेको छ। कलाकार, पत्रकारदेखि पूर्वमन्त्रीसम्मको नाम उमेदवारका रुपममा चर्चामा छ। मोरङको विराटनगर महानगरको मेयर उमेदवारका रुपमा पूर्वमन्त्री एवं नेकपा एमाले स्थायी कमिटी सदस्य लालबाबु पण्डितको नामको चर्चा सुरु भएको छ। स्थानीय तह निर्वाचनको मिति घोषणा भएसँगै उनी मोरङ जिल्लामा केन्द्रित रही आफ्नो राजनीतिक गतिविधिमा व्यस्त छन्। उनको सक्रियतालाई कतिपयले पण्डित एमालेका तर्फबाट उम्मेदवारी दिनसक्ने रूपमा अथ्र्याएका छन्। २०७० सालमा सुशील कोइराला नेतृत्वको सरकाको सामन्य प्रशासनमन्त्री बनेपछि डीभी, पीआर लिएका कर्मचारीलाई सरकारी सेवामा अयोग्य हुने कानुन बनाएपछि पण्डितको चर्चा राष्ट्रिय राजनीतिमा चुलिएको थियो। पण्डित कांग्रेस नेता डा. शेखर कोइरालालाई पराजित गर्दै प्रतिनिधिसभाका सदस्य बनेका हुन्। २०७६ मा केपी ओली नेतृत्वको सरकारमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी समालेका थिए। स्थानीय चुनाव, विराटनगरको मेयरमा पण्डितको चर्चा र चुनावी तयारीका विषयमा केन्द्रित भएर खबरहवका लागि धिरज बस्नेतले गरेको कुराकानीको सम्पादित अंश

विराटनगर महानगरमा तपाईले मेयरको आकाक्षां राख्नुभएको हो ?
नेकपा एमालेको तर्फबाट अहिलेको गठबन्धनलाई पराजित गर्नका लागि सकेसम्म बलियो र लोकप्रिय उमेदवारलाई पार्टीले उठाउँछ। विभिन्न तयारी भए पनि हामीले व्यक्तिगत रुपमा कुनै पनि कुरा सार्वजनिक गरेका छैनौं। व्यक्तिगत रुपमा आफ्नो धारणा सार्वजनिक रुपमा राख्दै हिँड्ने छुट पनि हामीलाई छैन। पार्टीको आधिकारिक निर्णलाई स्वीकार गर्दै हामी निर्वाचनमा सहभागी हुन्छौं। अहिले हामी पार्टीको चुनाव चिह्न लिएर मात्रै प्रचार–प्रसार निस्केका छौं। मतदातासँग मत माग्ने काम गरिरहेका छौं।

अहिले म प्रतिनिधिसभाको सदस्य छु। पार्टीको स्थायी कमिटी सदस्य हुँ। पार्टीले विशिष्ट परिस्थितिमाबाहेक प्रदेशसभा र प्रतिनिधि सभाका सदस्यलाई स्थानीय तहको उमेदवार नबनाउने नीति लिएको छ।

पार्टीले निर्णय गर्ने एउटा पाटो भयो। तर, व्यक्तिगत आकाक्षां पनि हुन्छ। तपाईंको आकांक्षा विराटनगरको मेयर हो कि होइन् ?
अहिले म प्रतिनिधिसभाको सदस्य छु। पार्टीको स्थायी कमिटी सदस्य हुँ। पार्टीले विशिष्ट परिस्थितिमाबाहेक प्रदेशसभा र प्रतिनिधि सभाका सदस्यलाई स्थानीय तहको उमेदवार नबनाउने नीति लिएको छ। त्यसका कारणले व्यक्तिगत रुपमा मेरो इच्छा भन्दा पनि पार्टीको निर्णयले सबै कुरा निर्धारण गर्छ। मन्त्री भइसकेको एउटा जिम्मेवार नेता भएकाले जनताले, सञ्चार माध्यमले चासो दिनु स्वभावित हो। विराटनगरको विकासमा यो ५ वर्ष जुन खालको अवरोध पैदा भयो यसलाई चिर्नका लागि र समृद्ध विराटनगर बनाउनका लागि मसँग अपेक्षा राख्नुलाई अस्वभाविक रुपमा लिएको छैन्।

मन्त्री भइसकेको नेता मेयर बन्दिन भन्न खोज्नु भएको हो ?
म पार्टीको निर्णय मान्न तयार छु। मन्त्री वा प्रधानमन्त्री भएको व्यक्ति मेयर बन्नु हुँदैन भन्ने मान्यता राख्दिन। जनताको सेवा गर्न उपयुक्त पद कुन हुन्छ, आवाश्यकता पर्दा जिम्मेवारी स्वीकार गर्नुपर्छ। पार्टीले जहाँ पठाउँछ त्यहा बसेर काम गर्न मलाई कुनै आपत्ति छैन्। बोल्नका लागि बोल्नुको कुनै अर्थ छैन। यो गलत पनि हुन्छ।

विराटनगर बनाउने योजना बनाउनु भएको छ कि मेयरको उम्मेदवार बन्नुभयो भने मात्र योजना बनाउने तयारीमा हुनुहुन्छ ?
मेयर मात्रै होइन। मैले एमालेको जनप्रतिनिधिको हैसियतमा विराटनगरलाई प्रदेशको राजधानी बनाउने काममा खटिराखेको छु। विराटनगर महानगरको विकासका लागि सधै लागि परेको छु। मेयर हुनकै लागि मैले त्यो सब गरेको होइन। मेयर भए मात्रै गर्छु नभए गर्दिन भन्ने पनि छैन।

अघिल्लो निर्वाचनमा विराटनगरमा तपाईहरुले विजयकुमार गच्छदारको पार्टीसँग तालमेल गर्दा पनि जित्न सक्नु भएन। यसपटक कसैसँग तालमेल गर्ने तयारी गर्नु भएको छ की एक्लै लड्ने योजनामा हुनुहुन्छ ?
विगतमा हामीले तालमेल गर्दा हामीले डण्ड पायौं, आफ्नो मत पनि घटायौ। अहिले मेयर र उपमेयरमा तालमेल हुने कुनै सम्भावना छैन। तर, एमालेलाई मुल पदमा सहयोग गर्छौ अन्य साहयक पद वडाध्यक्ष, वडासदस्यमा हमीलाई पनि सहयोग चाहियो भन्दै छलफल गर्न आए हामी विचार गर्नसक्छौं। त्यस्तो अवस्थामा सहयोग लेनदेन हुनसक्छ।

ए, तपाईंहरुलाई मेयर उपमेयर दिएर अरुले वडाध्यक्ष, सदस्यमा तालमेल गर्नुपर्ने ?
हो त्यही हो। प्रमुख पदमा हामी आफ्नै तागतले लड्छौ। कसैसँग सहयोग मागेका छैनौ। तालमेल गर्नैपर्छ भन्दै हिँडेका छैनौ। तर, कोही आएमा ढोका बन्द पनि भएको छैन।

हिजो कांग्रेसले जितेको ठाउँमा आज गठबन्धन नै गरेर लड्दै छन्। एमाले एक्लैलाई उनीहरुसँग लड्न गाह्रै पर्ला कि के छ तपाईंको विश्लेषण ?
विराटनगर महानगरको नेतृत्वमा रहेका व्यक्तिले गर्न नसकेको विकास, भएको अनियमितता र उनीहरुका कारण जनताले खेपेको सास्तीको हिसाव जनताले गर्नेछन्। त्यसैले गठबन्धन गरे पनि जे गरेपनि यसपटक विराटनगका जनताले कांग्रेसलाई पत्याउनेवाला छैनन्। एमालेको नयाँ दृष्टि र सोचप्रति जनता आकर्षित छन्। जतिसुकै गठबन्धन भए पनि यसपटक एमालेलेको जित पक्का छ। नेपाली कांगे्रसका सभापति आफै केन्द्रीय कमिटीको बैठकमा थरथर काप्दै एमालेसँग एक्लै भिड्न सकिँदैन भनेर गठबन्धनको विरोध नगर्न उर्दी जारी गरिराखेका छन्। अस्तित्व बनाउँनका लागि माओवादी पनि कांग्रेससँग जुम्रा जस्तै टाँसिएको छ। भगौडा माधव नेपालको समूह पनि त्यतै छ। आफ्नो भिजन र प्रभाव नभएका दल गठबन्धन गर्न लागि राखेका छन्। त्यो गठबन्धनको उद्देश्य देशको विकास गर्ने होइन। उनीहरु बिहानदेखि बेलुकासम्म एउटै कुरा भनिरहेका छन्, गठबन्धन बनाएर एमालेलाई हराउने। यसले गठबन्धनमा लागेका कति कमजोर रहेछन् र एमाले कति बलियो रहेछ भन्ने प्रष्ट देखाउँछ। त्यसकारण एमाले आत्तिनु पर्ने कुनै कारण छैन्।

गठबन्धनको उद्देश्य देशको विकास गर्ने होइन। उनीहरु बिहानदेखि बेलुकासम्म एउटै कुरा भनिरहेका छन्, गठबन्धन बनाएर एमालेलाई हराउने।

तपाईंले एमाले बलियो छ भने पनि पार्टी फुटको क्षति र गठबन्धनको धक्का त देशभर सहनु पर्ला। अनि कसरी जित्न सक्छ ?
हाम्रो पार्टीबाट भागेका र फुटेका दुबैको क्षतिपूर्ति गरिसकेका छौं। विभिन्न दलबाट र स्वतन्त्र रुपमा प्रभाव राखेका व्यक्ति पार्टीमा प्रवेश गराएर उनीहरुको ठाउँ पूर्ति भइसकेको छ। तर, प्रवेशको लहर दैनिक चलिरहेको छ। एमालेप्रतिको जनताको आकर्षण तपाईहरुले देख्नु भएकै छ। त्यसकारणले गर्दाखेरी हामीलाई फुट र गठबन्धनले कुनै फरक पार्दैन। विचार र सिद्धान्त नमिल्नेको यो गठबन्धनले जनताको मतलाई कुनै फरक पार्दैन। बरु उनीहरु हामीसँग डराइरहेका छन्। हामीलाई चिन्ता चाहिँ के छ भने सत्ता गठबन्धनले तर्सिएर चुनाव नै पो सार्छ कि ? कुनै बाहाना पो खोज्छ कि भनेर खतरा देखिराखेका छौं। षडयन्त्रका तानाबाना बुन्न गठबन्धन लागिपरेको सूचना हामीले पाएका छौं। ती षड्यन्त्र र यो गठबन्धलाई परास्त गर्न एमाले सक्षम छ। यदि चुनाव सार्न खोजियो भने एमाले चुप लागेर बस्दैन।

हामीले हाम्रो क्षमता पटक–पटक प्रमाणित गरिसकेका छौँ। माओवादीको अवस्थामा पुग्ने कुरा कल्पनासमेत गर्दैनौं। हेर्दै जानुस्, एमाले बहुमतसहतिको पहिलो पार्टी बन्छ।

२०७० सालको चुनावमा माओवादीले हामीले बहुमत ल्याउँछौ, कसैले रोक्न सक्दैन भन्दै हिँडेको थियो। तर, तेस्रो स्थानमा खुम्चिनु पर्यो। अहिले तपाईंहरुको पनि हालत त्यही हुने त होइन ?
माओवादीका विचार सबै परास्त भएका छन्। शीर्ष तहमा रहेका नेताको भागाभाग भएको सबैलाई थाहा छ। हिजो हतियारको बलमा पहिलो पटक ठूलो दल बनेको थियो। तर, सधै त्यो डर त्रासले त काम गर्दैन्। आज माओवादीले रुदै बस्नु परेको अवस्था छ। विचार र सिद्धान्त नमिल्ने दलसँग गठबन्धनका नाममा शरण माग्दै हिँड्नु परेको छ। केही नेता सम्पन्न भएका छन्। केही अपराध गरेर डण्डित भएका छन्। त्यस्तो पार्टीसँग नेकपा एमालेको तुलाना गर्नै मिल्दैन। हाम्रो धरातल त्यो होइन। नेकपा एमाले सत्तामा रहेपनि नरहे पनि सधै जनताको सेवा गर्दै आएको छ। हामी जनताको शक्तिमा विश्वास गर्छौ। एमाले मुर्झाएका सपना ब्युझाउँने पार्टी हो। हामीले हाम्रो क्षमता पटक–पटक प्रमाणित गरिसकेका छौँ। माओवादीको अवस्थामा पुग्ने कुरा कल्पनासमेत गर्दैनौं। हेर्दै जानुस्, एमाले बहुमतसहतिको पहिलो पार्टी बन्छ।

प्रकाशित मिति : २५ चैत्र २०७८, शुक्रबार  ९ : १० बजे

नेपाल र अर्मेनियाको चेम्बरबीच व्यापारमा सहकार्यको सहमति

काठमाडौं– नेपाल चेम्बर अफ कमर्स र अर्मेनियाको चेम्बर अफ कमर्स

कतारबाट अवैध रूपमा ल्याएको सुन धनीलाई नदिन अपहरणको नाटक !

काठमाडौं– अवैध रूपमा ल्याएको सुन धनीलाई नदिन अपहरणको नाटक गरेको

रोजगारीको लागि १० महिनामा ५ लाख ७६ हजारबढी विदेशिए, सबैभन्दा बढी मलेसिया 

काठमाडौं– चालु आर्थिक वर्षको १० महिना अर्थात् बैशाख मसान्तसम्ममा ५

संसद्‍मा तनावको दोष कांग्रेसले सभामुख घिमिरेलाई लगायो

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सभामुख पार्टी नेतृत्वको निर्देशनमा चल्नु

जब धनराज गुरुङ नाराबाजी गर्दै केपी ओलीसँग खनिए… (तस्बिरहरू)

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका