झरनाको सफलतासँग जोडिएको ‘ए मेरो हजुर’ | Khabarhub Khabarhub

झरनाको सफलतासँग जोडिएको ‘ए मेरो हजुर’



झरना थापाको परिचय अहिले निर्देशकको बनिसकेको छ। नेपाली फिल्ममा कमै महिला निर्देशक छन्, जसले निरन्तर फिल्म निर्देशन गरिरहेका छन्। त्यसमा पर्छिन् झरना। उनले निर्देशनलाई निरन्तरता मात्र दिएकी छैनन्, निर्देशित दुई फिल्म नै सफल पनि भएका छन्। यिनै झरना ए मेरो हजुर ४ मार्फत ह्याट्रिक गर्ने तयारी गरिरहेकी छन्। उनको निर्देशनमा त ह्याट्रिक भइसक्यो। उनी सफलतामा पनि त्यो चाहन्छिन्।

यतिबेला ब्राण्ड बनिसकेको ए मेरो हजुरको सुरुवात भने सहज थिएन। उनको होम प्रोडक्सनको तेस्रो फिल्म थियो। आर्थिक अवस्थाले गर्दा रिस्क लिनसक्ने अवस्था थिएन। त्यसैले गर्दा पनि त्यो फिल्मको लागि झरना पहिलो रोजाई थिइनन्।

किनकी त्यतिबेला झरनाले फाट्टफुट्ट मात्र फिल्म गरिरहेकी थिइन्। उनलाई लिड रोलमा लिएर उनका श्रीमान सुनिलकुमार थापा नै रिस्क लिने पक्षमा थिएनन्। फिल्ममा निर्देशक शिव रेग्मी भएपछि अभिनेतामा श्रीकृष्ण श्रेष्ठ तय थिए। श्री त्यो समयमा शिवका प्रिय हिरो भइसकेका थिए। श्रीको जोडीका लागि नीरुता सिंह र जल शाहको नाम आउँदा झरना भने आफैँ अभिनय गर्न पाए हुन्थ्यो भन्ने सोच्थिन। तर, निर्माताको हिसाबले उनी आफैँ पनि आफ्नो भूमिका फिल्ममा रहन्छ भन्नेमा विश्वस्त थिइनन्। किनकी त्यो समयमा श्रीसँग नीरुताको जोडी हिट भइसकेको थियो। नीरुतासँग कुराकानी भइरहेको थाहा पाएकी झरनाले आफ्नो सम्भावनालाई सोचेकी थिइनन्। तर, छायांकन जानु अगाडि निर्देशक रेग्मीले झरनालाई त्यो रोल आफैँ गर भने।

‘मलाइ शिव दाइले आफैँ रोल गर भनेपछि म अच्मित भए। किनकी त्यो रोल आँखा नदेख्ने युवतीको थियो। त्यो सुनेपछि सुनिलजीले समेत सहमति जनाउनु भएन। तर, शिव दाइले मप्रति विश्वास व्यक्त गर्दै झरनाले गर्न सक्छिन् भन्नुभयो’ झरना निर्देशक रेग्मीले भनेका कुरा सम्झिदै भनिन्। फिल्मको टाइटल त्यो समयमा ‘मेरो हजुर’ थियो। झरनाले चाहेको रोल पाएपछि फुरुङ थिइन्। फिल्मको छायांकन गर्ने स्थान तय भयो। उपत्यकामा छायांकन गरेर मोफसलका विभिन्न स्थानमा छायांकन गर्ने तय भयो। तर, उपत्यकाको छायांकनमा एक दिन झरनालाई निकै गाह्रो भयो। उनलाई आँखा हेरिरहेर रुँदै श्रीको काधमा टाउको राख्नुपर्ने दृश्य दिइएको थियो। एक्सप्रेसनसँगै बोलीमा समेत भाव ल्याउनु पर्ने त्यो दृष्य उनले १२÷१३ टेकसम्म गर्दा पनि सकिनन्। निर्देशक रेग्मी हैरान भएर एकछिन ब्रेक गरौँ भन्दै छायांकन रोके। कोही खाना खान थाले त कोही गफगाफमा व्यस्त। तर, झरना एक्लै कोठामा बसिरहिन।

झरनाको फिल्मको पोस्टर छाप्ने समयमा त्यो टाइटलले समस्या पर्यो। उनलाई पहिले लाग्यो भन्दा/कुरा गर्दा मिल्छ। तर, त्यो मिलेन। चलचित्र विकास बोर्डमा पनि नारायण पुरीले दर्ता गरिसकेकोले त्यहाँ पनि सम्भव भएन।

‘छायांकन सुरु भएको २÷४ दिन भएको थियो। मैले म छोड्छु अर्की हिरोइन लिएर छायांकन गर्छन् भन्ने सोचेर सेट छाडेर घर जाने निर्णय गरे। सेटबाट निस्किनै लाग्दा श्रीदाइले भेटेर मलाइ हात पक्रेर लगेर सिन गर्न सिकाउनु भो। शिव दाइले पनि मलाई क्यारेक्टर जिउने तरिका दिनुभयो’, झरनाले भनिन्। त्यो दिन उनले क्यारेक्टरमा जिउन सिकिन। त्यसपछि उनले क्यारेक्टरलाई राम्रोसँग बुझिन। र , त्यसपछि समस्या आएन। तर, रिलिज अगाडि थाहा भयो त्यहिँ टाइटल ‘मेरो हजुर’ मा नारायण पुरीले फिल्म बनाउदै थिए।

झरनाको फिल्मको पोस्टर छाप्ने समयमा त्यो टाइटलले समस्या पर्यो। उनलाई पहिले लाग्यो भन्दा/कुरा गर्दा मिल्छ। तर, त्यो मिलेन। चलचित्र विकास बोर्डमा पनि नारायण पुरीले दर्ता गरिसकेकोले त्यहाँ पनि सम्भव भएन। यता निर्देशक रेग्मी नाम गर्न तयार थिएनन्। किनकी उनले कथा अनुसार त्यही सुहाउने अडानमा थिए। र, अन्त्यमा तयार भइसकेको गीत ‘ए मेरो हजुर’ लाई नै शीर्षक बनाइयो।

त्यसपछि झरनाले फिल्मलाई लिएर चिन्ता गर्नु परेन। किनकी फिल्मको शीर्ष गीत र ट्रेलरलाई दर्शकले मन पराइसकेका थिए। यस्तै, बीआइसीसीमा भएको प्रिमियरमा पनि फिल्मलाई हिट हुने संकेत मिलिसकेको थियो। र, फिल्म चल्यो। सोच अनुसार नै फिल्म सफल भयो। त्यो फिल्मपछि झरना फर्केर हेर्नु परेन। लगातार फिल्म गरिरहिन्। क्यारेक्टरमा जिउने तरिका जानेकी झरनाले फिल्म पाइरहिन्। केही सफल भए त केही असफल। तर, उनले निरन्तर काम गरिरहिन्।

काम गर्न कम भएपछि उनले निर्देशन गर्ने सोच बनाइन्। तर, यो सोच पहिलेदेखि सोचिएको भने होइन। किनकी उनले कुनै वर्ष १३ वटासम्म पनि फिल्म गरेकी छिन्। निर्देशक बन्ने कुनै सोच नभएको झरनालाई एक दिन निर्देशक दयाराम दाहालले क्ल्याप हान्न लगाए। ‘म तिमी बिना मरिहाल्छु नि’ को छायांकनमा मेकअप गरेर बसिरहेकी झरनालाई बोलाएर दयारामले क्ल्याप हान्न लगाएका थिए। ‘क्ल्याप हान्ने मान्छे हुँदा हुँदै मलाई जबरजस्ती त्यसबेला क्ल्याप हान्न लगाइएको थियो। मैले अरुले हुन्न भन्दा नि दयाराम दाइले हुन्न भन्नु भयो। त्यो पनि आर्मी ब्यारेकको गेटमा। मैले क्ल्याप हानेपछि सधै हिरोइन बनेर हुन्छ ? निर्देशक बन्नु पर्दैन भन्नु भो’ झरनाले भनिन्। त्यसपछि उनलाई निर्देशनमा रुची मात्र बढेन। अभिनय गर्ने हरेक फिल्मलाई निर्देशकीय आँखाले हेर्न थालिन्। उनले आफ्नो अभिनयसँगै निर्देशनको पक्षलाई समेत नियाल्न थालिन्।

‘फिल्मको टाइटलले गर्दा केही कलाकारले काम गर्न मान्नु भएन्। मलाई केहीले नयाँ नाम राख्नु अनि फिल्म खेल्छु पनि भन्नुभयो। तर, मलाई यही टाइटलमा फिल्म बनाउनु थियो र सफल पनि बनाउनु थियो’, झरनाले भनिन्।

त्यसपछि जब उनलाई फिल्म कम भयो। फुर्सदिली हुन् थालिन्। उनलाई निर्देशन गर्ने सोच आयो। उनका पति तथा श्रीमान सुनिलकुमार थापाले पनि निर्देशन गर्न सुझाए। ‘आफ्नै प्रोडक्सन हाउस छ , अब तिमीले निर्देशन गर्नुपर्छ’ सुनिलले भनेका कुरा झरनाले सम्झिइन। तर, उनलाई डर थियो। किनकी त्यो समयसम्म आइपुग्दा फिल्मका दर्शक परिवर्तन भइसकेका थिए। झरनाले आफ्नो सोच पुरानो हुने हो कि ? आफूलाई नयाँ पुस्ताले स्वीकार नगर्ने हुन् कि ? भन्ने डर रहेको बताइन्।

तर, उनले त्यो डर भगाउन निकै मेहनत गरिन्। उनले नयाँ पुस्ताका टिमसँग काम गरिन्। उनले डेब्यु फिल्ममा रोजेको टाइटल ‘ए मेरो हजुर’ ले केही समय समस्या दियो। ‘फिल्म गर्ने भनेपछि मलाई स्थापित गराउने फिल्म ए मेरो हजुर भएकाले यसकै नाम लिएर फिल्म निर्देशनमा पाइला टेक्ने निर्णय गरेँ। तर, फिल्मको टाइटलले गर्दा केही कलाकारले काम गर्न मान्नु भएन्। मलाई केहीले नयाँ नाम राख्नु अनि फिल्म खेल्छु पनि भन्नुभयो। तर, मलाई यही टाइटलमा फिल्म बनाउनु थियो र सफल पनि बनाउनु थियो’, झरनाले भनिन्।

उनको डरलाई सार्वजनिक पहिलो शीर्ष गीतले भगायो। सलिन र साम्राज्ञीको जोडीसँगै गीतलाई दर्शकले रुचाए। र, फिल्म प्रदर्शनमा आएपछि सफल भयो।

उनले सम्राज्ञी आरएल शाहलाई फिल्मको कथा सुनाउने बितिकै सहजै अनुबन्धित गरिन्। त्यस्तै, सलिन मान बनियालाई भेटेपछि पनि सहजै फिल्ममा लिइन्। उनले त्यसबेला स्थापित केही चकलेटी अनुहारलाई लिने प्रयास गरेकी थिइन्। तर, उनीहरुसँग कुरा नमिलेपछि उनले डेब्यु अनुहार ल्याउने सोच अनुसार सलिनलाई ल्याएकी थिइन्। ‘स्थापित चकलेटी अनुहारले फिल्म गर्न नमानेपछि मैले डेब्यु हिरो ल्याउछु भनेर खोज्दा सलिन भेटेकी हुँ’, उनले भनिन्। फिल्म त उनले सुख दुःख छायांकन गरिन्। तर, पोष्टप्रोडक्सनको काम हुँदै गर्दा फिल्म वितरक पाउन निकै गाह्रो भयो। उनले नभेटेको वितरक थिएनन्। तर, कसैले फिल्म लिन मानेनन्। ‘मैले चलेका धेरै वितरकसँग कुरा गर्दा पनि मेरो फिल्म लिएनन्। पुरानी हिरोइनले के फिल्म बनाकी होलिन् भन्ने सोचले हो कि फिल्म वितरक पाउने गाह्रो भयो। मसँग अभिनय गरेकै कारण उपत्यकामा गोविन्द शाही र मोफसलमा केदार पराजुलीले फिल्म लिनुभयो’ उनले पुराना दिन सम्झिन्।

ती वितरकले पनि झरनाको वचन हार्न नसकेर मात्र फिल्म लिएका थिए। फिल्म चल्छ भन्ने भन्दा पनि चल्छ र ? भन्ने धेरै थिए। तर, उनको डरलाई सार्वजनिक पहिलो शीर्ष गीतले भगायो। सलिन र साम्राज्ञीको जोडीसँगै गीतलाई दर्शकले रुचाए। र, फिल्म प्रदर्शनमा आएपछि सफल पनि भयो। यसपटक पनि प्रिमियरबाट पाएको प्रतिक्रिया झैँ हलमा आएको दर्शकले पनि फिल्म रुचाए। र, निर्देशनमा पनि त्यही नाम ‘ए मेरो हजुर’ ले नै उनलाई डेब्यु निर्देशनमै सफल बनायो।

उनले डेब्यु निर्देशनमा सफलता पाएको नामलाई नै निरन्तरता दिइरहेकी छिन्। ‘ए मेरो हजुर २’ को सफलता पश्चात आएको तेस्रो सिरिजले पनि सफलता पाइसकेको छ। दुई सिरिज मार्फत दर्शकको प्रिय बनेको फिल्मको चौंथो सिरिज लिएर झरना नयाँ वर्षमा आउदैछिन्। सिक्वेलको रुपमा नभई सिरिजकै रुपमा उनले नामलाई अगाडि बढाई रहेकी छिन्।

भुवनले भनेपछि सुहानालाई निर्देशकको आँखाले हेरिन्। त्यसपछि उनले श्रीमान सुनिलकुमारलाई भन्न लगाइन्।

‘दोस्रोनै सिक्वेल थिएन, त्यसैले सिरिजकै रुपमा फिल्मलाई अगाडि बढाउने सोच बनाएँ’ झरना भन्छिन्,‘मैले फिल्मलाई सिक्वेल भन्दा पनि सिरिजकै रुपमा अगाडि बढाउने छु।’ उनले तेस्रो सिरिजबाट छोरी सुहाना थापालाई नै फिल्म खेलाई रहेकीछन्। तर, त्यो पनि उनको सोच थिएन। ‘सुहानालाई अभिनय भन्दा पनि मेकिङमा रुची थियो। फेरि मेरो हेराइ उनी प्रति निर्देशकको थिएन। तर, मलाई भुवन दाइले अनमोल केसी साइन भएपछि सुहानालाई खेलाउन सुझाउनु भयो’ झरनाले भनिन्। उनले भुवनले भनेपछि सुहानालाई निर्देशकको आँखाले हेरिन्। त्यसपछि उनले श्रीमान सुनिलकुमारलाई भन्न लगाइन्।

‘सुहानालाई पापाले फिल्म गर्नु पर्छ है भन्नुभयो। उनलाई त्यो मजाक लागेछ। र, हामीले अनमोल अनुबन्धित भएपछि जोडीको रुपमा सुहानालाई लिएर डेब्यु गर्ने घोषणा गर्यौं’, उनले भनिन्। त्यो घोषणामा नै फिल्मले पाएको हाइटले गर्दा सुहाना पनि फिल्म खेल्न तयार भइन्। त्यसपछि फिल्म पनि सफल भयो। दर्शकले रुचाएकै कारण उनले सिरिजलाई निरन्तरता दिइरहेकी छिन्।

फिल्मको सार्वजनिक गीतसंगीत र ट्रेलर दर्शकमाझ पुगिसकेको छ।फिल्म नयाँ वर्ष अर्थात् वैशाख १ गतेबाट प्रदर्शनमा जानेछ।

‘हामीले फिल्मलाई सिरिजकै रुपमा अगाडि बढाउनुको कारण भनेकै दर्शकको माया हो। दर्शकले रुचाउनु भएकै कारण सिरिज अगाडि बढिरहेको छ र यो बढिरहन्छ पनि’, झरनाले भनिन्। यसपटक उनको फिल्मलाई लिएर दर्शक मात्र होइन फिल्मकर्मी पनि उत्तिकै उत्साहित छन्। कोरोना भाइरसको कारण नेपाली फिल्म र दर्शकमा ओटीटीको कस्तो प्रभाव परेको छ भनेर प्रतिक्षामा रहेकालाई यसको सफलताले पक्कै बाटो तय गर्न सहयोग गर्नेछ। फिल्मको सार्वजनिक गीतसंगीत र ट्रेलर दर्शकमाझ पुगिसकेको छ।फिल्म नयाँ वर्ष अर्थात् वैशाख १ गतेबाट प्रदर्शनमा जानेछ।

प्रकाशित मिति : २५ चैत्र २०७८, शुक्रबार  ११ : १५ बजे

५० केजी गाँजासहित एक जना भारतीय नागरिक पक्राउ

महोत्तरी – ५० केजी गाँजा सहित महोत्तरी प्रहरीले एक जना

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो : श्रम मन्त्रालय

काठमाडौं – वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि

घरमा आगलागी हुँदा सात लाख बढीको क्षति

डोटी – डोटीमा एक घरमा आगलागी हुँदा सात लाख बराबरको

राष्ट्रपतिकहाँ काठमाडौं उपत्यकाका जनप्रतिनिधि, सुनिता जाँदा गएनन् बालेन्द्र

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौँ उपत्यकालाई स्वच्छ, सफा, सुन्दर र

आजका समाचार : अशोक राईको पार्टी दर्तादेखि एकीकृत समाजवादीले सरकार नछाड्नेसम्म

सभामुखबाट मुख्य दलका शीर्ष नेताहरुको बैठक आह्वान सभामुखले देवराज घिमिरेले