कंगोको रेष्टुरेन्टमा विस्फोट हुँदा ६ जनाको मृत्यु « Khabarhub

कंगोको रेष्टुरेन्टमा विस्फोट हुँदा ६ जनाको मृत्यु


२५ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रजातान्त्रिक गणतन्त्र कंगोको एक रेष्टुरेन्टमा भएको विस्फोटमा ८ जनाको मृत्यु भएको छ ।

कंगोको उत्तरी किभु प्रान्तको एक रेष्टुरेन्टको बारमा सो विस्फोट भएको थियो । सैनिक क्याम्प छेउमा रहेको रेष्टुरेन्टमा विस्फोट भएकाले आक्रमणको निशानामा सैनिकहरु रहेको हुनसक्ने जनाइएको छ ।

बिहीबार साँझ भएको सो विस्फोटमा परेर अरु १५ जना घाइते भएको समाचार संस्था एएफपीले जनाएको छ । घाइतेहरुमध्ये अधिकांशको अवस्था गम्भीर रहेको पनि बताइएको छ । सो विस्फोटका कारण रेष्टुरेन्टमा पनि ठूलो क्षति पुगेको छ ।

कंगोका सञ्चार तथा मिडिया मन्त्री प्याट्रिक मुइयाले सो जानकारी दिएका छन् । उनले भने– ‘घाइतेहरुको अवस्था गम्भीर छ, विस्फोटका बारेमा हामीले अनुसन्धान गरिरहेका छौँ ।’

सो विस्फोट कसले र किन गराएको हो भन्ने बारेमा अहिले नै केही पत्ता नलागेको उनले बताए ।

 

प्रकाशित मिति : २५ चैत्र २०७८, शुक्रबार  १२ : १६ बजे

पाकिस्तानमा विद्यालयको छत खस्दा २९ जनाको मृत्यु, ५० भन्दा बढी घाइते

पेसावर-  पाकिस्तानको पेसावरमा बिहीबार निजी विद्यालयको छत खस्दा २८ बालबालिका र

भोटेकोशी बाढी : दसैँ आयो, तर आमाबुवा आउनुभएन

बाँके – गाउँघरमा दसैँको चहलपहल बढेको छ । घरआँगन सरसफाइ

अफतावका छोरा फिरदोस कांग्रेस सहमहामन्त्रीमा विजयी

काठमाडौं– अफताव आलमका छोरा फिरदोस आलम नेपाली कांग्रेसको १५ औँ

पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपालले भोगेको प्राकृति विपत्तिपछिको पुनरुत्थान

अस्ट्रेलियाको बेरोजगारी दरमा वृद्धि, ४.७ प्रतिशत पुग्यो

क्यानबेरा– अस्ट्रेलियामा सेप्टेम्बर महिनामा बेरोजगारी दर बढेर ४.७ प्रतिशत पुगेको