महेश बाबुले भने- ‘हिन्दी फिल्म खेल्नु जरुरी छैन’ « Khabarhub

महेश बाबुले भने- ‘हिन्दी फिल्म खेल्नु जरुरी छैन’


२५ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – साउथ इन्डियन अभिनेतामा ह्यान्डसमको ट्याग पाएका अभिनेता हुन् महेश बाबु ।

उनले फिल्ममा पाउने क्यारेक्टर भन्दा उनको सुन्दरताको चर्चा हुने गर्छ । उनले आफ्नो फेयरनेसलाई घट्न दिएका छैनन् । पछिल्लो समय पुष्पाले हिन्दी भाषामा राम्रो कलेक्सन गरेपछि साउथका एक्टरहरुको फिल्म हिन्दीमा पनि रिलिज भइरहेका छन् ।

पहिले साउथमा रिलिज भएको केही समयपछि डबिङ भएर आउने फिल्महरु अहिले सेमडेटमा हलमा आउने गरेका छन् ।

राम चरण, प्रभास, जुनियर एन्टीआर जस्ता अभिनेताले हिन्दीमा आफैँले स्वरांकन समेत गरेका छन् । यसबीचमा मुम्बईमा आयोजित एक कार्यक्रममा महेश बाबुलाई हिन्दी फिल्ममा डेब्यु गर्ने बारे प्रश्न गरियो । जवाफमा उनले आफुलाई जरुरी नरहेको बताए ।

‘मलाइ हिन्दी फिल्म खेल्नु पर्ने जरुरी छैन । म जहाँ छु , ठिक छु, ’ उनले भने ।

महेशको यो टिप्पणीले अहिले सामाजिक सञ्जाल तातेको छ । कसैले महेशलाई समर्थन गरिरहेका छन् भने कसैले अनावश्यक घमण्डी भनिरहेका छन् । महेशले आफ्नो पछिल्लो फिल्म मार्फत नर्थ इन्डियामा पनि राम्रो फ्यान बढाएका छन् । उनको फिल्मलाई डबिङमै पनि दर्शकले रुचाउने गरेका छन्।

प्रकाशित मिति : २५ चैत्र २०७८, शुक्रबार  १२ : ३२ बजे

भोजपुरको षडानन्दमा प्राङ्गारिक कफीखेती कार्यक्रम

भोजपुर– भोजपुरको षडानन्द नगरपालिकाले गरिबी निवारण र किसानको दिगो आयआर्जन

‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’

जनकपुरधाम– गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनलाई सफल बनाउनु सुरक्षा निकायमा आबद्ध

सभापति छाड्न नमानेका देउवाले कांग्रेसलाई फुट्नबाट जोगाउन दिए यी विकल्प

काठमाडौं- नेपाली कांग्रेसको सभापति पद त्याग्न तयार नभएका शेरबहादुर देउवाले

‘एलओडी क्लब’ डिजे म्यागको पुन: नोमिनेसनमा

काठमाडौं– ठमेलस्थित ‘एलओडी’ क्लब ‘ डिजे म्याग टप १००’ को

सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय,