सिक्किममा नम्रता (फोटो फिचर) « Khabarhub

सिक्किममा नम्रता (फोटो फिचर)


२५ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपाली फिल्मकी अभिनेत्री नम्रता श्रेष्ठले सिक्किम आफ्नो लागि खास रहेको बताएकी छिन् । गत आइतबार आफ्नो नेक्स्ट प्रोजेक्ट ‘ग्रहण’ को घोषणा इभेन्टका लागि सिक्किमको गान्तोक पुगेकी नम्रताले सिक्किमलाई दोस्रो घरको रुपमा बुझ्न आग्रह गरिन् । ‘मैंले मेरो प्रोडक्सनको सुरुवात नै यहींबाट गरेकी हुँ । त्यसैले पनि मेरो लागि यो सिक्किम खास छ’ उनले भनिन्। फिल्म ‘ग्रहण’ मा दोस्रो लोकेशन चाहिएपछि नम्रताले नै निर्देशक राजीव गुरुङलाई सिक्किममा छायांकन गर्न सल्लाह दिएकी थिइन्।

‘मैले सोल सिस्टर्सको छायांकन गर्दा नै यहाँ धेरै लोकेशन हेरेकी थिएँ । केहीसँग छायांकन भयो र केहीमा बाँकी थियो । फिल्मको कथा मिल्ने भएकाले सिक्किम सजेस्ट गरेकी हुँ’ नम्रताले भनिन् । उनी फिल्ममा एरियल योगा प्रशिक्षकको भूमिका निर्वाह गर्दैछिन् । यसको लागि उनले केही समय प्रशिक्षण समेत लिएकी थिइन् ।

‘आफूले पाएको क्यारेक्टरलाई न्याय गर्न मैंले प्रशिक्षण समेत लिएकी हुँ । किनकी मैंले जिउने क्यारेक्टरको बारेमा मैंले बुझ्नु जरुरि हुन्छ’ उनले भनिन् । फिल्मको कथा लेख्दा नै नम्रतालाई उक्त क्यारेक्टरमा देखेको निर्देशक राजीव गुरुङले बताए । ‘मैंले क्यारेक्टर तयार गरेपछि नम्रताजीलाई पाए र अफर गरेको हुँ । त्यस्तै अर्को क्यारेक्टरमा विनय जी फिट हुनु भो’ निर्देशक गुरुङले भने । अमेरिकाबाट फिल्म सम्बन्धी अध्यन गरेर नेपाल फर्किएका गुरुङले थ्रीलर र ड्रामा जनरामा फिल्म तयार गर्दैछन् । फिल्ममा उनकै लगानी रहेको छ ।

निर्देशक गुरुङको फिल्म प्रतिको लगाव देखेर नै विनय श्रेष्ठले आफू कलाकारसँगै कार्यकारी निर्माताको रुपमा समेत जोडिएको बताए । ‘राजीव जीको फिल्म प्रतिको लगावले सँगै सहकार्य गर्न प्रेरित गर्‍यो’ उनले थपे ,’फिल्ममै केही गर्छु भन्नेलाई हामीले सहकार्य गरेर सघाउने हो ।’ नम्रता पनि विनयसँग डेब्यु फिल्म ‘सानो संसार’ पश्चात स्क्रिन सेयर गर्न पाउँदा उत्साहित छिन् ।

‘सानो संसारपछि कार्मसँग अझै सहकार्य जुटेको छैन । विनय दाइसँग बल्ल जुट्यो’ नम्रताले भनिन् । फिल्ममा सारुक ताम्राकार पनि छन् । फिल्मको लागि सिक्किमबाटै लिड क्यारेक्टरको खोजी भइरहेको निर्देशक गुरुङले बताए । ‘हामीले केहि अडिसन समेत गरेका छौँ । हाम्रो रोल सुहाउँदो क्यारेक्टरको खोजीमा छौँ’ उनले भने । निर्मला गुरुङ निर्माता रहेको फिल्ममा प्रोडक्सन कोर्डिनेटर अरुण रेग्मी , कास्टिङ डायरेक्टर सुदाम सिके, छायांकनमा हरी हुमागाईं र सम्पादकमा प्रविन श्रेष्ठ अनुबन्धित भइसकेका छन् ।

फोटो सौजन्य : उमेश चन्द्र प्रधान (गान्तोक, सिक्किम)

प्रकाशित मिति : २५ चैत्र २०७८, शुक्रबार  १ : ५२ बजे

झापा गाउँपालिकाद्वारा भूमि प्रशासन सेवा आरम्भ

झापा – झापा गाउँपालिकाले आजदेखि आफ्नै भूमि व्यवस्थापन शाखामार्फत मालपोत

भलिबल सङ्घद्वारा वार्षिक कार्यक्रम सार्वजनिक

काठमाडौं – नेपाल भलिबल सङ्घले चालु आर्थिक वर्षमा विभिन्न १९

महाकाव्यकार खेमनाथ दाहालको गीति एल्बम ‘जागृति’ सार्वजनिक

काठमाडौं – महाकाव्यकार खेमनाथ दाहालका सिर्जनालाई संगीतमार्फत श्रोतामाझ पुर्‍याउने उद्देश्यले

कालीगण्डकीमा पानीको बहाव बढ्यो, सतर्कता अपनाउन आग्रह

गण्डकी – वर्षासँगै कालीगण्डकी नदीमा पानीको बहाव बढेपछि तटीय क्षेत्रका

बिमा क्षेत्रको सुधारका लागि अध्ययन तथा सुझाव समिति गठन

काठमाडौं – अर्थ मन्त्रालयले बिमा क्षेत्रको सुधारका लागि अध्ययन तथा