नलगाड जलविद्युत् : ८० महिनासम्म पनि बनेन डीपीआर « Khabarhub

नलगाड जलविद्युत् : ८० महिनासम्म पनि बनेन डीपीआर


२५ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– ३२ महिनाभित्र सक्नुपर्ने नलगाड जलविद्युत कम्पनी लिमिटेडको ४१७ मेगावाट आयोजनाको डीपीआर ८० महिना भइसक्दा पनि बन्न सकेको छैन ।

यस विषयमा कर्णाली प्रदेशका जलस्रोत तथा ऊर्जा विकास मन्त्री गणेशप्रसाद सिंहले सरोकारवालासँग छलफल गरेका छन् ।

३२ महिनाभित्र निर्माण कार्य पूरा गर्ने लक्ष्य लिएको आयोजनाको काम करिब ८० महिना पुगिसक्दा पनि कन्सलटेन्टले प्रतिवेदन नबुझाएपछि मन्त्री सिंहले चासो राखेका हुन् । उनले अबको तीन महिना डीपीआरको प्रतिवेदन बुझाउन कन्सलटेन्टलाई निर्देशन दिएका छन् ।

८० महिनासम्म डीपीआरको प्रतिवेदन बुझाउन नसकेको डीपीआर निर्माणको जिम्मेवारी लिएको स्मेक कम्पनीको म्याद थप गर्ने विषयमा समेत मन्त्री सिंंहले छलफल गरेका छन् ।

तीन महिना भित्र काम पूरा गर्ने र सन्सलटेन्टलाई भुक्तानी गर्नुपर्ने रकम समेत समयमै भुक्तानी गर्ने विषयमा समेत छलफल भएको छ । छलफलमा मन्त्री सिंहसहित स्मेक कन्सलटेन्टको नेतृत्वकर्ता राजेश डार्मिन नेतृत्वको टोली र कम्पनीका प्रमुख सुनिल पौडेलको सहभागिता थियोे ।

हप्ता दिनभित्र नलगाड जलविद्युत कम्पनी लिमिटेडले मन्त्री सिंहको निर्देशन अनुसार आफूहरू काममा जुटिसकेको कम्पनीका प्रमुख पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : २५ चैत्र २०७८, शुक्रबार  २ : २१ बजे

लागूऔषधसहित पाँच जना पक्राउ

काठमाडौँ– काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट लागूऔषधसहित पाँच जना पक्राउ परेका

नेपालको पर्यटन क्षेत्र सुरक्षित रहेको सन्देश दिन विशेष कार्यक्रम

काठमाडौँ– नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले नेपालको

जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण जोखिममा रहेका मुलुकहरूको

नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना

काठमाडौँ– नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ ।

खोलाले बगाउँदा एक जनाको मृत्यु

काभ्रे– काभ्रेको धुलिखेल नगरपालिका–९ भएर बग्ने डाँफे खोलाले बगाउँदा एक