निर्देशक बन्दैछन् सलमान ?  « Khabarhub

निर्देशक बन्दैछन् सलमान ? 


२५ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बलिउडमा अभिनेता सलमान खान र साजीद नडियाडवाला मिल्ने साथी हुन् ।  

उनीहरूले मुझ्से सादी करोगी, जाने मन जस्ता फिल्ममा सहकार्यसमेत गरेका छन् । पछिल्लो समय यी दुईको सहकार्य ‘कभी इद कभी दिवाली’ मा हुने चर्चा थियो । सलमान आफैँले सामाजिक सञ्जालमार्फत यसको बारेमा जानकारीसमेत दिएका थिए । यद्यपि अब यो फिल्मको निर्माताको रूपमा साजिद नरहने भएका छन् ।

पछिल्लो समय बागी ३, तडपबच्चन पाण्डेले बक्स अफिसमा खराब कलेक्सन गरेपछि उनी केही समय निर्माणबाट टाढिएका छन् । 

बलिउड हंगामाका अनुसार साजिद आफ्नो प्रोडक्सनको रिभ्यु गर्न चाहन्छन् । र, ठूला बजेटका फिल्महरू गर्ने पक्षमा छैनन् । यद्यपि सलमान फिल्मको छायांकन छिटै गर्न चाहन्छन् । यसैले गर्दा यसपटक सलमान र साजिद अलग भएका छन् । साजिदले फिल्म छाडेपछि कसले निर्देशन गर्छ भन्ने चर्चा बि-टाउनमा राम्रै छ । 

चर्चाकै बीच सलमानले नै फिल्म निर्देशन गर्ने संकेत उनका एक नजिकका साथीले गरेका छन् । ती निर्माताले बलिउड हंगामाको रिपोर्टमा सलमानले पछिल्लो केही वर्ष यता स्क्रिप्ट, छायांकन र सम्पादनमा पनि आफ्नो सहभागिता दिँदै आएकोले फिल्म निर्देशन गर्न सक्ने बताएका छन् । सलमानले स्क्रिप्ट फाइनल गर्छन्, सेटमा आफूसँगै अन्य कलाकारको सिनेलाई पनि हेर्छन्, सम्पादनमा पनि बस्छन् त्यसैले उनले फिल्म निर्देशन गर्न सक्छन ती प्रोड्युसरले भने ।

प्रकाशित मिति : २५ चैत्र २०७८, शुक्रबार  ५ : ३१ बजे

चर्चाका रिल जोडी

काठमाडौं – पर्दामा मिठो केमेस्ट्रीले गर्दा नायक–नायिका वास्तविक जोडीका रुपमा

भारतीय सेना प्रमुख काठमाडौंमा (तस्बिरहरू)

काठमाडौं– भारतीय सेनाका प्रमुख धिरज सेठ नेपालको चारदिने भ्रमणको सिलसिलामा

‘नालायक’बाट शासित मुलुक ‘लफङ्गा’को हातमा पुगेको कुरा चार महिनामै पुष्टि भयो’

काठमाडौं- नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष तथा पूर्वमन्त्री घनश्याम भूसालले मुलुक

इतरको भेला उद्घाटनमा गएका पूर्णबहादुर समापनमा किन भए गयल ?

काठमाडौं- नेपाली कांग्रेस संस्थापन इतर पक्षको राष्ट्रिय भेला समापनका दिन

जाजरकोटका पहिरो पीडितलाई राहत सामग्री

कर्णाली– कर्णाली प्रदेश सरकारले जाजरकोटको भेरी नगरपालिका–२ रिसाङका पहिरो पीडित