निर्देशक बन्दैछन् सलमान ?  « Khabarhub

निर्देशक बन्दैछन् सलमान ? 


२५ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बलिउडमा अभिनेता सलमान खान र साजीद नडियाडवाला मिल्ने साथी हुन् ।  

उनीहरूले मुझ्से सादी करोगी, जाने मन जस्ता फिल्ममा सहकार्यसमेत गरेका छन् । पछिल्लो समय यी दुईको सहकार्य ‘कभी इद कभी दिवाली’ मा हुने चर्चा थियो । सलमान आफैँले सामाजिक सञ्जालमार्फत यसको बारेमा जानकारीसमेत दिएका थिए । यद्यपि अब यो फिल्मको निर्माताको रूपमा साजिद नरहने भएका छन् ।

पछिल्लो समय बागी ३, तडपबच्चन पाण्डेले बक्स अफिसमा खराब कलेक्सन गरेपछि उनी केही समय निर्माणबाट टाढिएका छन् । 

बलिउड हंगामाका अनुसार साजिद आफ्नो प्रोडक्सनको रिभ्यु गर्न चाहन्छन् । र, ठूला बजेटका फिल्महरू गर्ने पक्षमा छैनन् । यद्यपि सलमान फिल्मको छायांकन छिटै गर्न चाहन्छन् । यसैले गर्दा यसपटक सलमान र साजिद अलग भएका छन् । साजिदले फिल्म छाडेपछि कसले निर्देशन गर्छ भन्ने चर्चा बि-टाउनमा राम्रै छ । 

चर्चाकै बीच सलमानले नै फिल्म निर्देशन गर्ने संकेत उनका एक नजिकका साथीले गरेका छन् । ती निर्माताले बलिउड हंगामाको रिपोर्टमा सलमानले पछिल्लो केही वर्ष यता स्क्रिप्ट, छायांकन र सम्पादनमा पनि आफ्नो सहभागिता दिँदै आएकोले फिल्म निर्देशन गर्न सक्ने बताएका छन् । सलमानले स्क्रिप्ट फाइनल गर्छन्, सेटमा आफूसँगै अन्य कलाकारको सिनेलाई पनि हेर्छन्, सम्पादनमा पनि बस्छन् त्यसैले उनले फिल्म निर्देशन गर्न सक्छन ती प्रोड्युसरले भने ।

प्रकाशित मिति : २५ चैत्र २०७८, शुक्रबार  ५ : ३१ बजे

पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला

काठमाडौँ- गौशाला मूल सडकसँग जोडिएको पशुपति क्षेत्रको मूल मन्दिर प्रवेश

न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय हो : प्रधानन्यायाधीश राउत

काठमाडौँ– प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले न्यायपरिषद् न्यायाधीश नियुक्त गर्ने निकायमात्र नभई

भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने

दोधारा चाँदनी (कञ्चनपुर)- प्यालेस्टि नी लडाकु समूह हमासले बन्धक बनाएको

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका दुईजनालाई

केन्द्रीय सदस्य हारेका विष्टले छोडे एमाले

काठमाडौँ- नेकपा (एमाले) का नेता ठम्मर विष्टले पार्टीको सम्पूर्ण जिम्मेवारीसहित