रुसलाई युद्ध रोक्न आह्वान गर्दै लुम्बिनीमा दीप प्रज्ज्वलन « Khabarhub

रुसलाई युद्ध रोक्न आह्वान गर्दै लुम्बिनीमा दीप प्रज्ज्वलन


२५ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विश्व शान्तिका लागि रुसलाई तत्काल युद्ध रोक्न आह्वान गर्दै लुम्बिनीमा दीप प्रज्ज्वलन गरिएको छ ।

मानव अधिकार तथा शान्ति समाजको आयोजनामा सम्पन्न दीप प्रज्ज्वलनमा युद्धलाई निषेध र शान्ति प्रवर्द्धन गर्न सबैलाई आग्रह गर्नुका साथै हिमालय बचाउँन र नदी जोगाउनसमेत आह्वान गरिएको छ ।

चैत २१ गते पाल्पाको तानसेनमा पनि विश्व शान्तिका लागि रुसलाई तत्काल युद्ध रोक्न आग्रह गर्दै दीप प्रज्ज्वलन गरिएको थियो ।

चैत १७ गते गोरखाबाट सुरु भएको शान्ति समाजको हिमालय बचाउँ नदी जोगाउँ, गुणस्तरीय स्वास्थ्य सेवा र वैज्ञानिक शिक्षा सबैको अधिकार, युद्ध निषेध शान्ति विशेष र लागू औषध/मदिरा दुर्व्यसनविरुद्धको अभियानको पहिलो चरण चैत २४ गते लुम्बिनीमा दीप प्रज्ज्वलनसहित समापन भएको हो ।

यस अभियानअन्तर्गत गण्डकी प्रदेशको माथिल्लो मुस्ताङ लोमानथाङ्गसहित लुम्बिनी, वाग्मती र कर्णाली प्रदेशका रुकुम पश्चिम, सल्यानसमेत गरि २० जिल्लाका २२ स्थानमा सभा गरिएको थियो ।

प्रकाशित मिति : २५ चैत्र २०७८, शुक्रबार  ४ : २९ बजे

सुर्खेतमा एक विद्यार्थी मृत भेटिए 

सुर्खेत– सुर्खेतमा लोकसेवा आयोगको तयारी गरिरहेका अछामका एक विद्यार्थी भाडाको

रातभर मनाएर सकियो तलेजुको जात्रा

भक्तपुर– विजयादशमीका दिन मध्यरातिबाट भक्तपुरमा सुरु भएको पायःद्यो अर्थात् खड्ग

तीन हजार ५८५ यात्रुलाई प्रहरी र सशस्त्रको निःशुल्क बस सेवा

काठमाडौँ– नेपाल प्रहरी र सशस्त्र प्रहरी बलद्वारा सञ्चालित निःशुल्क बस

नदी कटान रोक्न तटीय क्षेत्रमा वृक्षरोपण

कञ्चनपुर– कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ स्थित खल्लागोठमा मछेली नदीको कटान रोक्न

विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित म्याग्दीमा पुनर्निर्माण र पुनःस्थापनाका लागि