मनोरञ्जन

सन्तोषले अभिनेत्री मनिषा  र बेलायती राजदूत निकोला पोलिटसँग लिए लञ्च

By खबरहब

April 08, 2022

काठमाडौँ – बीबीसी मास्टर सेफ द प्रोफेसनल रिम्याचका विजेता सन्तोष साहसहितको टोली शुक्रबार बिहान अभिनेत्री मनिषा कोइराला र बेलायती राजदूत निकोला पोलिटसँग भेटघाट गरेका छन् । भेटघाटमा सन्तोषसँगै शोका फाइनलिस्ट थिए ।

सन्तोषले सामाजिक सञ्जालमा आफू मनिषाका लागि खाना पकाउन अधैर्य रहेको बताएका छन् । लामो समयदेखि म यो क्षणको प्रतीक्षामा थिए । निकै राम्रो भेटघाट भयो सन्तोषले लेखेका छन् ।

शुक्रबार बिहान सन्तोष र शोका फाइनलिस्टले अभिनेत्री मनिषा कोइराला र बेलायती राजदूत निकोला पोलिटसँग लञ्च लिए । तस्वीरमा सबैजना निकै प्रफुल्ल मुद्रामा देखिन्छन् । दुई साता नेपालमा रहने यो बेलायती रियालिटी शोको टोलीले नेपालमा हुने विभिन्न कार्यक्रममा भाग लिइरहेका छन् ।

नेपाली रैथाने खानाको स्वादलाई विश्वभर प्रचारप्रसार गर्ने उद्देश्य लिएर रियालिटी शो मास्टर सेफबाट चर्चित भएका सन्तोषको टोली चैत २७ गते जनकपुरमा हुन लागेको मिथिला कजिन एण्ड रेसिपिजमा निर्णायकको रुपमा रहनेछ । यो टोली शुक्रबार पोखरा जानेछ भने अप्रिल १८ मा बेलायत फर्कने कार्यक्रम छ ।