पूर्वी युक्रेनको रेल स्टेशनमा रुसी क्षेप्यास्त्र आक्रमण, ३० जनाको मृत्यु « Khabarhub

पूर्वी युक्रेनको रेल स्टेशनमा रुसी क्षेप्यास्त्र आक्रमण, ३० जनाको मृत्यु


२५ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वी युक्रेनको क्रामातोस्र्क शहरमा रुसी फौजले क्षेप्यास्त्र आक्रमण गर्दा कम्तीमा ३० जनाको मृत्यु भएको छ । युक्रेनको राज्य सञ्चालित रेल कम्पनीले दिएको जानकारीअनुसार आक्रमणमा अरु १ सय भन्दा धेरै घाइते भएका छन् ।

रुसी फौजले रेल स्टेशनलाई लक्षित गरी दुई क्षेप्यास्त्र प्रहार गरेको युक्रेनी रेल सेवाका प्रमुख ओलेक्सान्डर कामिशिनलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । क्रामातोस्र्क रेल स्टेशन पूर्वी युक्रेनमा अझै पनि सञ्चालित थोरै स्टेशनमध्येको एक रहेको जनाइएको छ ।

युक्रेनको डोनेत्स्क क्षेत्रका गभर्नर पाभ्लो किरिलेन्कोले सामाजिक सञ्जाल टेलिग्राममार्फत् आक्रमणबारे जानकारी दिँदै शहरबाट भागेर सुरक्षित स्थानमा जानका लागि हजारौँ मानिसहरु भेला भएको बेलामा आक्रमण भएको जनाएका छन् ।

घटनास्थलतर्फ उद्धारकर्ता एवम् एम्बुलेन्सहरु परिचालन गरिएको छ ।

प्रकाशित मिति : २५ चैत्र २०७८, शुक्रबार  ३ : ४७ बजे

नागरिकको विश्वास नै राजनीतिमा ठूलो उपहार हो : रास्वपा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल संवत्

किशोर श्रेष्ठपछि हिमेश पन्तलाई पनि बोलायो साइबर ब्युरोले

काठमाडौं – समाचारको विषयलाई लिएर जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ र

हिमेश पन्तको उजुरीपछि किशोर श्रेष्ठ साइबर ब्युरोमा

काठमाडौं – कमेडियन तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता हिमेश पन्तको

सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो

काबुल – अन्तर्राष्ट्रिय सहायता कटौती र खाद्यान्नको मूल्यवृद्धिका कारण अफगानिस्तानमा

चिकित्सा शिक्षामा पहुँच विस्तार गर्न ४१८ सिट थपिए

काठमाडौँ – चालु शैक्षिक सत्रमा चिकित्सा शिक्षातर्फ ४१८ नयाँ सिट