पूर्वी युक्रेनको रेल स्टेशनमा रुसी क्षेप्यास्त्र आक्रमण, ३० जनाको मृत्यु « Khabarhub

पूर्वी युक्रेनको रेल स्टेशनमा रुसी क्षेप्यास्त्र आक्रमण, ३० जनाको मृत्यु


२५ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वी युक्रेनको क्रामातोस्र्क शहरमा रुसी फौजले क्षेप्यास्त्र आक्रमण गर्दा कम्तीमा ३० जनाको मृत्यु भएको छ । युक्रेनको राज्य सञ्चालित रेल कम्पनीले दिएको जानकारीअनुसार आक्रमणमा अरु १ सय भन्दा धेरै घाइते भएका छन् ।

रुसी फौजले रेल स्टेशनलाई लक्षित गरी दुई क्षेप्यास्त्र प्रहार गरेको युक्रेनी रेल सेवाका प्रमुख ओलेक्सान्डर कामिशिनलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । क्रामातोस्र्क रेल स्टेशन पूर्वी युक्रेनमा अझै पनि सञ्चालित थोरै स्टेशनमध्येको एक रहेको जनाइएको छ ।

युक्रेनको डोनेत्स्क क्षेत्रका गभर्नर पाभ्लो किरिलेन्कोले सामाजिक सञ्जाल टेलिग्राममार्फत् आक्रमणबारे जानकारी दिँदै शहरबाट भागेर सुरक्षित स्थानमा जानका लागि हजारौँ मानिसहरु भेला भएको बेलामा आक्रमण भएको जनाएका छन् ।

घटनास्थलतर्फ उद्धारकर्ता एवम् एम्बुलेन्सहरु परिचालन गरिएको छ ।

प्रकाशित मिति : २५ चैत्र २०७८, शुक्रबार  ३ : ४७ बजे

मार्कोसविरुद्ध महाभियोग उजुरी दर्ता

एजेन्सी– फिलिपिन्सका नागरिक समाज समूहका सदस्यहरूले बिहीबार राष्ट्रपति फर्डिनान्ड मार्कोसविरुद्ध

‘रातो सारीमा सजिएकी म’

काठमाडौं – रातो सारी लगाएको तस्बिहरु सार्वजनिक गरेपछि नायिका सनिशा

गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता 

काठमाडौं– सरकारको प्रवक्ताको जिम्मेवारी गृहमन्त्री ओमप्रकाश अर्याललाई दिइएको छ ।

हिट फिल्म ‘ऊनको स्वीटर’ युट्युबमा

काठमाडौं – नायक विपीन कार्की र नायिका मिरुना मगर स्टारर

जाँचबुझ आयोगको म्याद २० दिन थपियो

काठमाडौं– सरकारले जेन-जी आन्दोलनका क्रममा भएको घटनाबारे अनुसन्धानका लागि गठन