इमरान खानको राजनीतिक दुर्घटना | Khabarhub Khabarhub

इमरान खानको राजनीतिक दुर्घटना



पाकिस्तानी सर्वोच्च अदालतले प्रधानमन्त्री इमरान खानको संसद् विघटन गर्ने निर्णय बदर गर्दै संसद् शनिबार साढे १० बजेका लागि बोलाउन आदेश दिएसँगै उनको राजनीतिक पतन हुने देखिएको छ । पाकिस्तानी सर्वोच्च अदालतले खान विरुद्धको अविश्वास प्रस्तावमा मतदान नगराउने उपसभामुख कासिम सुरीको निर्णय बदर गरिदिएसँगै पाकिस्तानमा नयाँ राजनीति कोर्स शुरु हुने छ।

पाकिस्तानी सर्वोच्च अदालतका प्रधानन्यायाधीश उमर अता बन्दियाल सहित पाँच सदस्यीय इजलासले सर्वसम्मत फैसला गर्दै प्रधानमन्त्री खान विरुद्धको अविश्वास प्रस्ताव उपर मतदान नगराउने उपसभामुखको निर्णयलाई असंवैधानिक ठहर गरी संसद् पुनर्स्थापनाको गर्दै मतदानको समय समय तोकिदिए पनि इमरान खानको राजनीतिक भविष्य जोखीममा परेको छ।

सेनाको सहयोगमा सन् २०१८ को अगष्टमा प्रधानमन्त्री बनेका इमरान खान आफ्नै राजनीतिक प्रतिबद्धता पुरा गर्न असफल भएसंगै अलोकप्रिय बन्दै आएका थिए । प्रधानमन्त्री खानले हार्ने लगभग निश्चित भएपछि अविश्वास प्रस्तावविरुद्ध मतदान गराउन रोक्दै संसद्का उपसभामुख कासिम सुरीको साथ लिएर अविश्वासको प्रस्ताव नै खारेज गरिदिएका थिए । लगत्तै खानले संसद् विघटन गरेर पाकिस्तानी राजनीतिलाई ध्रुवीकरण गरिदिएका थिए । संसद् विघटनसँगै पाकिस्तानको राजनीतिले नयाँ मोड लिएको थियो ।

पाकिस्तानी प्रधानमन्त्री खान देशभक्ति र लोकप्रिय नाराका साथ पाकिस्तानको सत्तामा उदाएका व्यक्ति हुन् । उनले आफूलाई राष्ट्रिय हितको एक मात्र रक्षकको रुपमा अर्थ्याउँदै आफ्ना राजनीतिक प्रतिद्वन्द्वीहरूलाई देशद्रोहीको रुपमा चिनाउँदै आएका थिए । उनले संसदमा आफ्नो बहुमत गुमेसँगै प्रधानमन्त्रीबाट हटाउन अन्तर्राष्ट्रिय स्तरबाट षड्यन्त्र रचिएको र अमेरिकाले त्यसको योजना बुनेको आरोप लगाएका थिए ।

अप्रिल ३ मा प्रतिपक्षी दलका सांसदहरूको पदमुक्त गर्ने कदमलाई समेत उनले ख्यालख्याल लिएका थिए भने आफ्नो पक्षमा बहुमत जुट्नेमा ढुक्क जस्तै थिए । तर खानले सहयोगी सबैको विश्वास गुमाएसँगै जोखीमपूर्ण असंवैधानिक कदम उठाए । खानको निर्णयले देशै भरी आक्रोश जन्मायो।

निर्वाचित जनप्रतिनिधिबाट भोट नलिएर निराधार आरोप लगाउँदै शक्तिमा बसिरहेका खानलाई सर्वोच्चको फैसलासँगै सत्ताच्यूत गर्ने बाटो खोलीदिएको छ । पाकिस्तानको संसद् संख्या ३ सय ४२ रहेको छ भने सरकार बनाउन १ सय ७२ संसद्को संख्या आवश्यक पर्दछ ।

पाकिस्तानी राजनीतिक दल मुत्ताहिदा कौमी मुभमेन्ट–पाकिस्तान विपक्षी गठबन्धनमा आबद्ध भएसँगै खान नेतृत्वको सरकारको संसद्मा मत केबल १ सय ६४ मा पुगेको थियो । खानविरुद्धको गठबन्धनमा १ सय ७५ सांसद रहेकाले कुनै आश्चर्य नभए खान सत्ताच्यूत हुने निश्चित छ । विपक्षी गठबन्धनले पूर्वप्रधानमन्त्री नवाज सरिफका भाइ शहबाज सरिफलाई प्रधानमन्त्री बनाउने तयारी गरिरहेका छन् ।

गत अप्रिल ३ मा प्रतिपक्षी दलका सांसदहरूले खानलाई पदमुक्त गर्ने प्रयास स्वरूप अविश्वासको प्रस्ताव दर्ता गराएपछि खान अवैध बाटोबाट सत्तामा टिक्न खोजेका थिए । विपक्षी गठबन्धनले प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका थिए । सो प्रस्तावमाथि अप्रिल ३ मा मतदान गर्ने कार्यक्रम थियो ।

सन् २०१८ को जुलाई २५ मा सम्पन्न आमनिर्वाचनमा तहरिक ए इन्साफ (पीटीआई) सबैभन्दा ठूलो पार्टी बनेसँगै खानको उदय भएको हो । सत्ता सम्हालेपछि खानले कुनैपनि चुनावी प्रतिबद्धता पुरा गर्न सकेनन् । पाकिस्तानमा बढ्दो बेरोजगारी, भ्रष्टाचार, चुलिँदो मूल्यवृद्धि र बढ्दो विदेशी ऋणका कारण खान मात्र होइन सिंगो अर्थतन्त्र नै खस्कँदै जान थाल्यो । खानले आफ्ना परम्परागत धनी देशहरुभन्दा अन्य देशहरुसंग संगत बढाएपनि अनुदान र सहयोग ल्याउन सकेनन् । पाकिस्तानी जनतामा बढ्दै गएको निराशासँगै खानको सेनासंग समेत विवाद शुरु भयो ।

केही राजनीतिक नियुक्ति र भागबण्डाको विषयमा सेना र खानबीच बिबाद चुलिएको थियो । रुसले युक्रेनमाथिको आक्रमणको तयारी गरि संसारभर आलोचित भइरहेका बेला इमरान खानले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट गरेका थिए । चीन रुस लगायत देशको समर्थन र सेनाको सहयोगमा सत्तामा टिकिरहने खानको योजनामा उनकै पार्टीका नेताहरु समेत असष्तुष्ट हुँदै जाँदा खानका सबै योजना तुहिएका हुन् । सत्तामा आबद्ध धेरै दलले साथ छाड्दै गएपछि विपक्षी दलले अविश्वास प्रस्ताव ल्याएको थियो जसको सामना नगरी उनले संसद् नै भंग गर्ने असंवैधानिक बाटो रोजे ।

सन् १९४७ देखि नयाँ देशको रुपमा अस्ति त्वमा आएको पाकिस्तानमा शक्तिशाली सेना सधै निर्णायक रहँदै आएको छ । पाकिस्तानमा सन् १९४७ यता चार पटक तख्तापलत भइसकेको छ भने पटकपटक सेनाको आडमा सत्ता परिवर्तनको प्रयास हुने गरेका छन् ।

पाकिस्तानमा सेना, राजनीतिज्ञ र अदालतको आन्तरिक संघर्षले कुनैपनि सरकार स्थिर रुपमा चल्न सकेको छैन । पाकिस्तानको २२ औं प्रधानमन्त्रीको रुपमा रहेका खान पनि पूर्ण कार्यकाल सत्ता संचालन गर्न नसकेर बाहिरिएका छन् । पाकिस्तानमा कुनै पनि प्रधानमन्त्रीले आफ्नो पूर्ण कार्यकाल सत्ता संचालन गर्न असफल बनेका छन् भने सेना, सरकार र अदालतको त्रिपक्षीय सत्ता संघर्षले सधै अस्थिर बन्दै आएको छ ।

खानले चुनावी प्रतिबद्धता पुरा गर्न नसकेपछि जनसमर्थन पनि खस्कँदै गएको थियो भने सत्ता गुम्न लाग्दा असंबैधानीक कदम चाल्दा अदालतले अंकुश लगाइदिएको ।

नयाँ पाकिस्तान खानको मुख्य चुनावी नारा थियो । शासन व्यवस्थामा सुधार्ने भन्दै उनले केही समय सरकारी सुविधाहरु समेत त्यागेको घोषणा गरेका थिए । खानले चुनावी घोषणापत्रमा पाँच वर्षभित्र १ करोडलाई नयाँ रोजगारीको अवसर दिने, ५० लाख हाउजिङ युनिट निर्माण गर्ने, कास्मिर समस्याको समाधान गर्ने, भ्रष्टाचार नियन्त्रण गर्ने लगायत दर्जनौं लोकप्रीय एजेण्डाहरु समेटेका थिए ।

खानको चुनावी नारा पाकिस्तानमा भ्रष्टाचार र कुशसान हटाउँने लगायतले व्यापक जनमसमर्थन जुटेको थियो । एउटा कुशल क्रिकेटरको रुपमा परिचित खानले पाकिस्तानी राजनीतिको बागडोर सम्हाल्न पुगेका थिए । खान आफैँ लाहोरको धनाढ्य पश्तुन परिवारमा जन्मेका तथा बेलायतको प्रतिष्ठित अक्स्फोर्ड युनिभर्सिटीबाट दर्शनशास्त्र, राजनीति र अर्थशास्त्रमा स्नातक गरेकाले पनि उनीप्रति जनताको भरोसा बढी थियो । उनैको नेतृत्वमा सन् १९९२ मा विश्वकप क्रिकेट जित्न सफल भएपछि पाकिस्तानमा उनको लोकप्रियता र चर्चा चुलियो ।

खानले क्रिकेटबाट सन्यास लिएसंगै सन् १९९६ मा तहरिक ए इन्साफ पार्टी स्थापना गर्दै परिवर्तनको नारासहित राजनीतिमा होमिए । शुरुको चुनावी परिणामबाठ निराश नभइ राजनीतिलाई निरन्तरता दिँदै जाँदा अन्तत सत्ताकै बागडोर सम्हाल्ने सम्मको अवसर मिल्यो ।

पाकिस्तानमा परवेज मुशर्रफको सैनिक शासन बर्खास्तीसँगै परम्परागत दुई प्रमुख राजनीतिक शक्ति पाकिस्तान मुस्लिम लिग नवाज र पाकिस्तान पिपुल्स पार्टीको पाँच-पाँच वर्षे सत्ता चलाउँदाको विकृतीको जगमा खानको सत्तारोहण भएको थियो । आकर्षक नारा र परिवर्तनको उद्घोष गर्दै इमरान खान पाकिस्तानको नयाँ शक्ति बन्न पुगेका थिए । खानको तहरिक ए इन्साफ परम्परागत दुई दललाई पछाडी पार्दै सबैभन्दा ठूलो पार्टी बनेसँगै खानको सत्तामा उदय भएको थियो । खानको पार्टी पाकिस्तानमा स्थापनाको दुई दशकमा सत्तामा पुगेको थियो । सन् २००२ को निर्वाचनमा पिटिआईले एक सिटमै चित्त बुझाएको थियो  । सन् २००२ देखि सन् २००७ खानले राष्ट्रिय सभामा एक सिटमा मात्र प्रतिनिधित्व गर्दा सरकारको कडा आलोचना गर्दै आफ्नो लोकप्रीयता देखाएका थिए ।

सन् २००८ को निर्वाचन बहिष्कार गर्दै खानले भ्रष्टाचारविरुद्ध भन्दै सडक आन्दोलनलाई चर्काएका थिए  । सरकारविरोधी आन्दोलनका कारण केही समय घरमै नजरबन्दमा परेका उनले सन् २०११ मा चर्काएको भ्रष्टाचारविरोधी आन्दोलनले दशैभर प्रभाव पारेको थियो भने पाकिस्तानका मुख्य शहरहरुमा हजारौँ प्रदर्शनकारी ल्याएर घेरेका थिए । लगातारका ठूला ठूला आन्दोलने इमरान खानलाई पाकिस्तानमा आन्दोलनकारी नेताको रुपमा पहिचान गरायो । खानले पछि निर्वाचनमा धाँधली गरेको भन्दै प्रधानमन्त्री नवाज सरिफको राजीनामा माग्दै ६ महिनासम्म सडक प्रदर्शन चर्काएका थिए । सेनाको बलमा खानले पाकिस्तानी राजनीतिमा आफ्नो प्रभाव बढाउँदै सत्तासम्म पुग्न सफल भएका हुन् ।

सन् २०२० जुनमा पाकिस्तानी प्रधानमन्त्री इमरान खानले संसद्‌मा सम्बोधन गर्ने क्रममा आतङ्कवादी सङ्गठन अल–कायदाका संस्थापक नेता ओसामा बिन लादेनलाई शहीदको सङ्ज्ञा दिएपछि स्वदेश र विदेशमा उनको चर्को आलोचना भएको थियो ।

प्रकाशित मिति : २५ चैत्र २०७८, शुक्रबार  ५ : ०१ बजे

कसको गल्तीले रोकियो देशभरको इन्टरनेट सेवा? सरकार र सेवा प्रदायक आरोप-प्रत्यारोप

काठमाडौं- नेपालभर बिहीबार अपरान्हदेखि करिब ६ घण्टासम्म इन्टरनेट सेवा प्रभावित

सात महिनाको युद्धमा प्यालेस्टिनी जिडिपी २७ प्रतिशतले सङ्कुचित

वासिङ्टन – सात महिनाको युद्धपछि गरिबी दर बढेसँगै प्यालेस्टिनी अर्थतन्त्र

सांसद बस्नेत मुछिएको सहकारी प्रकरण छानबिन गर्न सरकारलाई राप्रपाको आग्रह

राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधि सभा सांसद गीता बस्नेत जोडिएको सहकारी

चिनियाँ राजदूत झी सहभागी कार्यक्रममा विरोध प्रदर्शन

ताइवान – ताइवानी र तिब्बती विद्यार्थीहरूले संयुक्त राज्य अमेरिकाका लागि

पर्यटकको आकर्षण बन्दै गुरुङगाउँको ‘अम्बोटे होमस्टे’

धादिङ – धादिङ जिल्लाको उत्तरी क्षेत्र गङ्गाजमुना गाउँपालिका–३ गुम्दीस्थित गुरुङगाउँको