विश्व बजारमा अत्यावश्यक वस्तुको भाउ अकासिँदै गएको एफएओको चेतावनी « Khabarhub

विश्व बजारमा अत्यावश्यक वस्तुको भाउ अकासिँदै गएको एफएओको चेतावनी


२५ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- रुसले युक्रेनमा आक्रमण गरेपछि सुरु भएको युद्धका कारण विश्व बजारमा खाद्य पदार्थको मूल्य बढेर अहिलेसम्मकै सबैभन्दा धेरै भएको छ ।

संयुक्त राष्ट्रसंघ अन्तर्गतको खाद्य तथा कृषि संगठन एफएओले शुक्रबार दिएको जानकारीअनुसार अन्न, तरकारी, इन्धनलगायतका पदार्थको मूल्य अत्यधिक धेरै भएको हो ।

रुसले गत फेब्रुअरी २४ मा युक्रेनमाथि आक्रमण सुरु गरेको र अहिले पनि युद्ध भइरहेकोले मार्च महिनामा त्यसको असर अत्यन्त धेरै देखिएको राष्ट्रसंघीय अधिकारीहरूले जनाएका छन् ।

अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीका अनुसार युद्धका कारण अन्तर्राष्ट्रिय क्षेत्रमै पेट्रोलियम पदार्थको मूल्यमा असर परेकाले त्यसको असर खाद्य पदार्थमा पनि परेको बताइएको छ । 

युद्ध नरोकिएमा यो क्रम निरन्तर बढ्दै जाने र सबैभन्दा बढी मर्का न्यून आय भएका मानिसलाई पर्ने भन्दै राष्ट्रसंघले चिन्ता पनि व्यक्त गरेको छ । राष्ट्रसंघले तत्काल युद्ध अन्त्य गरी वार्तामार्फत विवाद समाधान गर्न दुवै पक्षलाई पटक पटक आग्रह पनि गर्दै आएको छ ।

प्रकाशित मिति : २५ चैत्र २०७८, शुक्रबार  ५ : २५ बजे

सुदूरपश्चिम सरकारद्वारा ३७ अर्ब ७० करोडको बजेट सार्वजनिक

काठमाडौं– राजनीतिक उतारचढाव र बजेट शून्यताका कारण लामो समयदेखि अन्योलमा

त्रिशूली नदीको कटानले भासिएको पृथ्वी राजमार्ग सञ्चालन

धादिङ – त्रिशूली नदीले सडक कटान गरी भासिएपछि अवरुद्ध बनेको

रियाद विमानस्थलमा घातक आक्रमणपछि हुथीविरुद्ध प्रतिकार गर्ने साउदी गठबन्धनको चेतावनी

रियाद- साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तरराष्ट्रिय विमानस्थलमा भएको

श्रममन्त्री यादवद्वारा भक्तपुरमा एभरेष्ट मल्टी स्किल प्रालिको उद्घाटन

भक्तपुर– युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले राष्ट्रिय तथा अन्तरराष्ट्रिय

कैलालीका किसान धानबाली भित्र्याउँदै

धनगढी– कैलालीका किसानलाई यतिबेला खेतबारीमा पाकेको धानबाली भित्र्याउन भ्याइनभ्याइ छ