नेपालका १८ वटा हिमाल आरोहण गर्न ५०५ जनाले लिए अनुमति « Khabarhub

नेपालका १८ वटा हिमाल आरोहण गर्न ५०५ जनाले लिए अनुमति


२५ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँँ यसवर्ष नेपालका १८ वटा हिमाल आरोहण गर्नका लागि ५०५ जनाले अनुमति लिएका छन् । 

पर्यटन विभागका अनुसार यसवर्ष हालसम्म ६१ वटा समूहलाई हिमाल आरोहणको अनुमति दिइएको छ । ती समूहमा ३८९ पुरुष र ११६ जना महिला गरी कुल ५०५ जना रहेका छन् । 

यसवर्ष सबैभन्दा बढीले विश्वकै सबैभन्दा अग्लो शिखर सगरमाथा आरोहण गर्नका लागि अनुमति लिएका छन् । हालसम्म २३ समूहमा २०४ जनाले सगरमाथा आरोहणको लागि अनुमति पाएका छन् । सगरमाथा आरोहणका लागि अनुमति पाउनेमा १५८ पुरुष र २०४ महिला छन् । 

सगरमाथा पछि दोस्रो ठूलो संख्या लोत्से हिमाल आरोहणका लागि अनुमति लिनेहरूको छ । लोत्से हिमाल आरोहण गर्न हालसम्म ५२ जनाले अनुमति लिएका छन् ।

विभागका अनुसार आमादब्लमका लागि ३९, अन्नपूर्ण फर्टका लागि २६, बरुन्त्सेका लागि १६, धौलागिरीका लागि २१, हिमलुङका लागि १६, कञ्चनजङ्गाका लागि ४६, मकालुका लागि १५, मनास्लुका लागि ९, नुप्त्सेका लागि २८ जनाले अनुमति पाएका छन् ।

यसवर्ष हिमाल आरोहणका लागि अनुमति दिँदा हालसम्म २९ करोड ७४ लाख ३४ हजार ८०१ रुपैयाँ राजस्व उठेको विभागले जनाएको छ । 

प्रकाशित मिति : २५ चैत्र २०७८, शुक्रबार  ११ : ५६ बजे

ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : ट्रम्प

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्याण्डको विषयमा अमेरिका समर्थक नहुने

शिक्षकलाई स्थानीय भत्ता वितरण

भोजपुर– रामप्रसाद राई गाउँपालिकाले शिक्षकलाई प्रोत्साहन भत्ता प्रदान गर्न थालेको

भरतपुरको मुहार फेरेर बिदा लिँदै मेयर ‘रेनु दाहाल’

चितवन– नौ वर्षअघि भरतपुर महानगरपालिकाको प्रमुखमा निर्वाचन लड्न आउँदै गर्दा

कांग्रेसको देउवा समूहले गगनलाई सभापति स्वीकारेन, आइतबार सर्वोच्च जाने 

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले गगन थापालाई पार्टी सभापतिको

झापा–५ मा ओलीसँग बालेन भिड्न कस्सिँदा नेकपाले रञ्जितलाई अघि सर्‍याे 

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी फागुन २१ मा