श्रीलंकामा सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने विपक्षीको चेतावनी « Khabarhub

श्रीलंकामा सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने विपक्षीको चेतावनी


२५ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चरम आर्थिक संकट एवम् अत्यावश्यक वस्तुको अभावसँगै हिंसात्मक प्रदर्शन खेपिरहेको श्रीलंकामा विपक्षी दलले सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने चेतावनी दिएका छन् ।

श्रीलंकाको मुख्य विपक्षी दल समागी जन बलवेगया पार्टीका प्रमुख सजिथ प्रेमदासाले सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने चेतावनी दिएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

उनले सरकारले मुलुकमा जारी संकट समाधान गर्नका लागि उपयुक्त कदम नचालेको खण्डमा सरकारविरुद्ध संसद्मा अविश्वासको प्रस्ताव ल्याउने बताएका हुन् ।

केही दिन अघिमात्रै श्रीलंकाको सरकारलाई समर्थन गर्ने ४१ जना सांसदले सत्तारुढ गठबन्धन परित्याग गरेसँगै त्यहाँ सरकारको बहुमत गुमेको बताइएको छ ।

श्रीलंकामा जारी संकटका क्रममा हिंसात्मक सरकार विरोधी प्रदर्शन भइरहेका छन् । विपक्षीहरुले राष्ट्रपति गोताबाया राजपाक्षेलाई राजीनामा दिन आह्वान गर्दै आएका छन् । यद्यपि राष्ट्रपति राजपाक्षेले भने आफूले कुनै पनि हालतमा राजीनामा नदिने अडान लिँदै आएका छन् ।

केही दिनअघिमात्रै त्यहाँ २६ मन्त्रीहरुले सामूहिक राजीनामा दिएका थिए ।

प्रकाशित मिति : २५ चैत्र २०७८, शुक्रबार  ५ : ३७ बजे

नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना

काठमाडौँ– नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ ।

खोलाले बगाउँदा एक जनाको मृत्यु

काभ्रे– काभ्रेको धुलिखेल नगरपालिका–९ भएर बग्ने डाँफे खोलाले बगाउँदा एक

नासाको ‘क्रु–१४ अभियान’मा अमेरिका, जापान र रुसका अन्तरिक्ष यात्री

अमेरिका– अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था नासाले अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रका लागि

द्वन्द्व अन्त्य नै विस्थापन समाधानको मुख्य उपाय : संयुक्त राष्ट्रसंघ

संयुक्त राष्ट्रसंघ– संयुक्त राष्ट्रसंघका शरणार्थीसम्बन्धी उच्चायुक्त बारहम सालिहले द्वन्द्व, हिंसा

सडक भासिँदा पृथ्वी राजमार्गमा सवारी आवागमन प्रभावित (तस्बिर)

चितवन– लगातारको वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकाका विभिन्न