स्थानीयको सहभागितामा लद्दाखमा १३ किलोमिटर लामो सुरुङको निर्माण कार्य जारी « Khabarhub

स्थानीयको सहभागितामा लद्दाखमा १३ किलोमिटर लामो सुरुङको निर्माण कार्य जारी


२५ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतको लद्दाखलाई बाँकी विश्वसँग जोड्ने रणनीतिक रुपमा अत्यन्त महत्वपूर्ण १३ किलोमिटर लामो जोजिला सुरुङको निर्माण कार्य चलिरहेको छ ।

मेगा इन्जिनियरिङ एण्ड इण्डिष्ट्रिज लिमिटेड नामक कम्पनीले यसको निर्माण गरिरहेको छ । कम्पनीले स्थानीय कश्मीरीहरुको सहभागितामा यो परियोजना अघि बढिरहेको जनाएको छ ।

भारतीय समाचार संस्था एएनआईका अनुसार यो परियोजनामा काम गर्ने १ हजार मध्ये ९ सय जना कामदार स्थानीय कश्मीरीहरू नै छन् ।

‘मैले धेरै मिहिनेतले यो काम सिकेको हुँ । हाइड्रोलिक रिगजस्ता भारी औजारको प्रयोग मेरा लागि धेरै गाह्रो काम होइन । सुरुङ खन्दा मलाई कुनै डर हुन्न ।’ बन्दिपोराका कामदार बाबा लतिफले एएनआईसँग भने ।

कामदारहरूसँग २० वर्षसम्म रेलमार्ग, सडकमार्ग, विद्युत लाइनजस्ता परियोजनामा काम गरेको अनुभव रहेको जनाइएको छ । परियोजनामा कार्यरत २ सयभन्दा धेरै इन्जिनियरहरु पनि स्थानीय नै छन् ।
 

प्रकाशित मिति : २५ चैत्र २०७८, शुक्रबार  ६ : ४७ बजे

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर

तीन वर्षीया बालिका हत्या प्रकरण: सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति

काठमाडौँ – बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल भदौ ७ गते आइतबार सन् २०२६

आज २०८३ साल भदौ ७ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ७ गते आइतबार सन् २०२६

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको