धावनमार्गबाट चिप्लिएको विमान दुई टुक्रा भएपछि « Khabarhub

धावनमार्गबाट चिप्लिएको विमान दुई टुक्रा भएपछि


२५ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जर्मनीको लजिस्टिक कम्पनी डीएचएलद्वारा सञ्चालित बोइङ ७५७ कार्गो विमान धावनमार्गमा चिप्लिएपछि दुई टुक्रा भएको छ ।

मध्य अमेरिकी मुलुक कोष्टा रिकाको राजधानी सान होजेस्थित हुआँ सान्टामारिया अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार अवतरण गर्ने क्रममा विमानमा हाइड्रोलिक समस्या आएपश्चात धावनमार्गबाट चिप्लिएको हो ।

ग्वाटेमालाका लागि उडेको विमानमा समस्या देखिएपछि सोही विमानस्थलमा आकस्मिक अवतरण गराइएको थियो । आकस्मिक अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएर घाँसे मैदानतर्फ पुगेको समाचार संस्था रोयटर्सले जनाएको छ ।

स्थानीय ला नेसियन समाचारपत्रले सार्वजनिक गरेको तस्वीरमा पहेँलो रङ्ग पोतिएको विमान दुई टुक्रा भएको देखिन्छ । दुर्घटनाका क्रममा यस विमानमा सवार कसैलाई केही नभएपनि एकजनाको स्वास्थ्य परीक्षण भइरहेको डीएचएल कम्पनीले जनाएको छ ।

कम्पनीले दुर्घटनाको ठोस कारण पत्ता लगाउन अनुसन्धान अगाडि बढाएको जनाइएको छ । दुर्घटनाका अनुसन्धानका लागि कम्पनीले स्थानीय अधिकारीसँग सहकार्य गर्ने बोइङले जनाएको छ ।

दुर्घटनाका कारण केहीबेर विमानस्थलको गतिविधि रोकिँदा ८ हजार ५ सय यात्रु र ५७ व्यावसायिक उडान प्रभावित भएको विमानस्थल सञ्चालक कम्पनी एरिसलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।

प्रकाशित मिति : २५ चैत्र २०७८, शुक्रबार  ७ : २२ बजे

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको

आगलागीमा परी बुहारीको मृत्यु, ससुरा घाइते

सिन्धुली – जिल्लाको कमलामाई नगरपालिका–६ धुराबजारस्थित एक घरमा आगलागी हुँदा