तालिबानको शासनमा अफगान मिडियालाई टिक्नै समस्या « Khabarhub

तालिबानको शासनमा अफगान मिडियालाई टिक्नै समस्या


२५ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अफगानिस्तानको सत्ता चलाइरहेको तालिबानले सञ्चारमाध्यम तथा पत्रकारहरूमाथिको आक्रमणलाई तीव्रता दिएको मानवअधिकारवादी संस्थाले जनाएको छ ।

मानवअधिकारवादी संस्था ह्युमन राइट्स वाचका अनुसार गत वर्षको अगस्ट महिनामा तालिबानले अफगानिस्तानको सत्ता कब्जा गरेयता त्यहाँ पत्रकार तथा मिडियाहरुमाथि हुने हिंसात्मक घटनाको उजुरी दर्ता गर्न समेत समस्या उत्पन्न हुँदै आएको छ ।

‘अफगानिस्तानमा समाचार संकलन गर्न निकै अप्ठेरो छ ।’ पूर्वी अफगानिस्तानको ननगरहार प्रान्तका एकजना पत्रकारलाई उद्धृत गर्दै भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

‘जे पनि हुनसक्छ, तपाईँलाई पक्राउ गर्नसक्छन्, कुटपिट हुनसक्छ, यातना दिनसक्छन् वा मारिन पनि सक्नुहुन्छ ।’ ह्युमन राइट्स वाचकी अनुसन्धानकर्ता फेरेस्ता अब्बासीले भनिन् ।

अब्बासीका अनुसार अफगानिस्तानको कन्दहार शहरमा मात्रै तालिबानको सङ्गीतमाथिको प्रतिबन्ध बेवास्ता गरेको भन्दै चार वटा रेडियो स्टेशनमा छापा मारिएको छ । तालिबानले ६ जना पत्रकारलाई नियन्त्रणमा लिएको समेत उनले बताइन् ।

आइन्दा यस्तो नगर्ने शर्तपछिमात्रै उनीहरुलाई रिहा गरिएको एएनआईले जनाएको छ ।

प्रकाशित मिति : २५ चैत्र २०७८, शुक्रबार  ७ : ३७ बजे

विपद्का २४ घटनामा एक जनाको मृत्यु, ११ जना घाइते

काठमाडौँ– बितेका २४ घण्टामा भएका २४ वटा विपद्का घटनामा एक

मङ्गलको चन्द्रमा फोबोसबाट नमूना ल्याउन जापानको अन्तरिक्ष अभियान सुरु

टोकियो– जापानले मङ्गल ग्रहको चन्द्रमा फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा

जटिल प्रसूति भएकी किशोरीको हवाई उद्धार

काठमाडौँ– जाजरकोटको कुशे गाउँपालिका–२ की १७ वर्षीयालाई जटिल प्रसूति समस्या

लागूऔषधसहित नौ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित

ज्ञानेन्द्र शाहीको प्रश्न : नेपाली धर्म–संस्कृतिलाई मात्रै निशाना किन ?

काठमाडौँ– सांसद ज्ञानेन्द्र शाहीले नेपाली धर्म, संस्कार र संस्कृतिमाथि मात्रै