प्रेस स्वतन्त्रताबिना लोकतन्त्रको परिकल्पना गर्न सकिँदैन : मन्त्री कार्की | Khabarhub Khabarhub

प्रेस स्वतन्त्रताबिना लोकतन्त्रको परिकल्पना गर्न सकिँदैन : मन्त्री कार्की


२५ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रेस स्वतन्त्रताबिना लोकतन्त्रको परिकल्पनासमेत गर्न नसकिने बताएका छन् ।

राष्ट्रिय पत्रकारिता दिवस–२०७९ का अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गरेको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार र वरिष्ठ पत्रकार सम्मान’ कार्यक्रममा पुरस्कार प्रदान गर्दै सरकारका प्रवक्तासमेत रहेका उनले भने, “संविधानले प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रताको निमित्त, जुन परिकल्पना गरेको छ, त्यसलाई वर्तमान सरकारले रक्षा र प्रोत्साही गर्दै लैजाने छ ।”

पत्रकारिता क्षेत्रले मुलुकको परिवर्तन र जनताको चाहनाअनुसार मुलुकलाई सुशासन र कानुनी शासनका माध्यमद्वारा समृद्धिको दिशामा अग्रसर गर्नका निमित्त महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको मन्त्री कार्कीको भनाइ छ ।

उनले भने, “स्वतन्त्र प्रेस र सरकार साथसाथै हिँड्न सकेन भने जनताको लोकतन्त्रप्रतिको चाहना र समृद्धिको चाहना पूरा हुन सक्दैन, त्यसैले निर्भिकताका साथ आफ्नो स्वतन्त्रतालाई मध्ये नजर गर्दै समाजलाई सुसूचित गर्नहोस्, सरकारलाई पहरेदारी गर्नुहोस्, सरकारलाई कानुनी शासन र सुशासनको बाटोमा हिँड्नका निमित्त तपाईँहरूले आग्रह मात्रै होइन, बाध्य गराउने परिस्थितिको पनि सिर्जना गर्नुहोस्, त्यसको वर्तमान सरकारले स्वागत गर्छ ।” सरकारले संविधानले परिकल्पना गरेको प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतालाई रक्षा मात्रै नभई सम्वर्द्धनसमेत गर्ने उनको भनाइ छ ।

नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष तथा पुरस्कृत व्यक्तित्व तारानाथ दाहालले संविधानको मर्मअनुरुप सम्बन्धित क्षेत्रको सुझावका आधारमा सञ्चारसम्बन्धी एकीकृत छाता ऐन जतिसक्दो चाँडो ल्याउन सरकारसँग आग्रह गरे ।

महासङ्घका अध्यक्ष विपुल पोखरेलले राज्यले सञ्चार माध्यमलाई नियन्त्रण गर्नेभन्दा पनि नियमनसँगै अभिभावकको भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।

मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्यालले ‘लोकतन्त्रको आधारशीला, व्यावसायिक र जिम्मेवार पत्रकारिता’ भन्ने मूलनारासहित आज विभिन्न कार्यक्रम गरी सातौँ राष्ट्रिय पत्रकारिता दिवस मनाइएको जानकारी दिए ।

दिवसको अवसरमा ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ प्रदान

सरकारले ‘राष्ट्रिय पत्रकारिता दिवस–२०७९’ का अवसरमा वरिष्ठ पत्रकार किशोर नेपाल र पत्रकार महासङ्घका पूर्वअध्यक्ष तारानाथ दाहाललाई ‘वरिष्ठ पत्रकार सम्मान–२०७८’ बाट सम्मान गर्दै पुरस्कार प्रदान गरेको छ । २०७६ र २०७७ को सोही पुरस्कार क्रमशः पत्रकार स्व. सुकदेव नेपाल (मरणोपरान्त), हर्ष सुब्बा, रघु मैनाली र शार्दूल भट्टराईलाई प्रदान गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले दुई लाख राशिसहितको सो पुरस्कार आज हस्तान्तरण गरिन् ।

त्यसैगरी ‘राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७८’ पत्रकार डीआर पन्त, इकवाल अहमद, ठाकुरप्रसाद बेल्वासे, बालकुमार नेपाल, गङ्गा बराल र सम्झना वनलाई प्रदान गरिएको छ । २०७६ र २०७७ को सोही पुरस्कार पत्रकार इन्द्रमान बुढा, मात्रिका पौडेल, सङ्गीता खड्का, शेषराज दाहाल, हेमन्तबहादुर विक, शीतल शाह, दिलीपकुमार थापामगर, दिपेश न्यौपाने, दुर्गाप्रसाद शर्मा, सुरोजङ्ग पाण्डे, नितु पण्डित र पुनम पौडेललाई प्रदान गरिएको छ । पुरस्कारको राशि जनही एक लाख रहेको छ ।

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतबार  १२ : ०१ बजे

सिरहाको लहानमा सुविधासम्पन्न अस्पताल बनाइने

सिरहा– सिरहाको लहान नगरपालिका–४ मा पाँच सय शय्याको मुटु र

फ्रान्सेली नागरिकलाई नेपाल भ्रमण गर्न मन्त्री पाण्डेको आग्रह

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले फ्रान्सेली नागरिकलाई

राफिन्हा र यमालको शानदार प्रदर्शनमा बार्सिलोना क्वार्टरफाइनलमा

काठमाडौं – बार्सिलोना युरोपेली च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

प्रतिनिधिसभा बैठक बस्दै, कार्यसूचीमा के छ ?

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक बस्दैछ । बैठक बिहान

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल