लिभरपुल टोटनहमसँग बराबरीमा « Khabarhub

लिभरपुल टोटनहमसँग बराबरीमा


२५ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा शीर्ष स्थानको लिभरपुल टोटनहमसँग रोकिएको छ ।

घरेलु मैदान एनफिल्डमा भएको खेलमा लिभरपुल १-१ गोलको बराबरीमा रोकिएको हो । एक गोलले पछि परेको लिभरपुललाई लुइस डियाजले बराबरिमा ल्याएका थिए ।

खेलको ५६औं मिनेटमा ह्युङ मिन सनले गोल गर्दै भ्रमणकारी टोली टोटनहमलाई १-० को अग्रता दिलाए । तर ७४औं मिनेटमा डियाजले गोल गर्दै लिभरपुलको हार टारे ।

जितपछी लिभरपुल शीर्ष स्थानमा फर्किएपनी त्यसको फाइदा सिटीले लिएको छ । लिभरपुलको ३५ खेलबाट ८३ अंक छ । समान अंकको सिटीले एक खेल कम खेलेको छ । टोटनहम ३५ खेलबाट ६२ अंकसहित पाचौं स्थानमा छ ।

सिटीले आइतबार नै न्युक्यासल युनाईटेडको सामना गर्नेछ । यदी जितेको खण्डमा सिटीले तीन अंकको अग्रता लिनेछ ।

प्रिमियर लिगअन्तर्गत शनिबार नै भएका अन्य खेलमा ब्रेन्टफोर्डले साउथ ह्याम्पटनलाई ३–० ले, एस्टोन भिल्लाले बर्न्लीलाई ३–१ ले र क्रिस्टल प्यालेसले वाटफोर्डलाई १–० ले पराजित गरेको छ ।

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतबार  ७ : ४२ बजे

ओली पक्राउ परेको विरोधमा युवा संघले निकाल्यो मसाल जुलुस (तस्बिरहरू)

काठमाडाैं – आज पक्राउ परेका एमाले अध्यक्ष केपी शर्मा ओलीको

बालेन सरकारको योजना : पासपोर्ट, नागरिकता र लाइसेन्स घर घरमै पुर्‍याउने

काठमाडौं – बालेन्द्र शाह नेतृत्वको सरकारले नागरिकलाई सरकारी सेवा घरमै

बालेन सरकारले सात दिनभित्र संविधान संशोधन सम्बन्धी बहस सुरु गर्ने

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्ले शुक्रबार स्वीकृत गरेको

बालेन सरकारको घोषणा : विद्यालय र विश्वविद्यालयबाट दलीय विद्यार्थी संगठन हटाउने

काठमाडौं – सरकारले आगामी ६० दिनभित्र देशभरका विद्यालय र विश्वविद्यालयबाट

महिलाहरूको सुरक्षा सुनिश्चित गर्न सरकारले निःशुल्क ‘ब्लु बस’ सेवा सञ्चालन गर्ने

काठमाडौं – सरकारले महिला यात्रुहरूको सुरक्षा सुनिश्चित गर्न सातै प्रदेशमा