केन्द्रीय निर्वाचन अनुगमन टोली परिचालन, आचारसंहिता उल्लङ्‍घन गरे उम्मेदवारी खारेज « Khabarhub

केन्द्रीय निर्वाचन अनुगमन टोली परिचालन, आचारसंहिता उल्लङ्‍घन गरे उम्मेदवारी खारेज


२५ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – निर्वाचन आयोगले केन्द्रीय अनुगमन टोली परिचालन गरेको छ । उम्मेदवारले गम्भीर रूपमा निर्वाचन आचारसंहिता उल्लङ्‍घन गरेको पाइए तत्काल उम्मेदवारी खारेज गर्ने अख्तियार टोलीलाई छ ।

निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले उच्चस्तरीय आचारसंहिता अनुगमन संयन्त्रको त्यस्तो अधिकार प्रयोग गर्नेगरी टोली परिचालन भएको बताए । ‘स्थलगतरूपमा कारबाही गर्न सक्छ । आचारसंहिता उल्लङ्‍घनको प्रकृति हेरेर उम्मेवदारी खारेजको हदसम्म टोली जान सक्छ’, भने ।

सुरक्षा संवेदनशील र बढी मतदाता भएको १७ जिल्लामा टोली परिचालन भएको हो । विभिन्‍न मन्त्रालय र निकायमा कार्यरत सहसचिवको नेतृत्वमा टोली खटिएका हुन् । उनीहरूलाई शनिबार प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनको व्यवस्थापकीय तयारी भइसकेकाले आचारसंहिता कार्यान्वयनको अनुगमन गरी कुनै निर्णय वा कारबाही गर्नुपरेमा त्यस्तो निर्णय वा कारबाही गर्न सक्ने अख्तियारी टोलीलाई रहेको बताएका थिए ।

उनले निर्वाचनलाई स्वच्छ, स्वतन्‍त्र, निष्पक्ष, भयरहीत र विश्‍वसनीय रूपमा सम्पन्‍न गर्नेबारे आग्रह–पूर्वाग्रह नराखी ऐन, कानुनअनुसार प्रभावकारी अनुगमन गर्न निर्देशन पनि दिएका थिए ।

टोलीले आचारसंहिताविपरीत दल र उम्मेदवारले झण्डा र गाडी प्रयोग गरे कारबाही गर्न सक्ने आयोगले जनाएको छ । अनधिकृत सामानको ओसारपसार वा रकम वितरण गरेको पाइएमा कब्जामा लिएर तत्काल कारबाही गर्न वा कुनै समस्या परेमा आयोगलाई तत्काल जानकारी गराउन पनि प्रमुख निर्वाचन आयुक्त थपलियाले बताए ।

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतबार  ८ : १९ बजे

इरानमा फसेका विद्यार्थीहरूलाई बाहिरिन अनुमति

एजेन्सी– पश्चिम एसिया क्षेत्रमा तनाव बढ्दै जाँदा इरानमा फसेका भारतीयसहितका

रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना

काठमाडौं– रामेछाप नगरपालिका–२ देउराली स्वामिडाँडामा चुनावका लागि मतपेटिकासहितको सामग्री बोकेको

मध्यपूर्व तनावमा संयम अपनाउन आईएईएको आग्रह

एजेन्सी– इरानमा अमेरिका–इजरायल आक्रमण र त्यसपछिका जबाफी क्षेप्यास्त्र प्रहारबीच अन्तर्राष्ट्रिय

भारत–क्यानाडा व्यापार ५० अर्ब डलर लक्ष्य

एजेन्सी– भारत र क्यानाडाले सन् २०३० सम्म द्विपक्षीय व्यापार ५०

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट तीन जना पक्राउ

काठमाडौं– झापाको गौरीगंज गाउँपालिका-२ बाहुन टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४