फाइल फोटो

राजनीति

सच्चा कम्युनिस्टले कांग्रेसलाई भोट हाल्दैन्‍नन् : भीम रावल 

By खबरहब

May 08, 2022

अछाम – नेकपा एमालेका नेता भीम रावलले सच्चा कम्युनिस्टले कांग्रेसलाई भोट हाल्न नसक्ने बताएका छन् ।

स्थानीय तहको निर्वाचनसम्बन्धी कार्यक्रमका लागि गृहजिल्ला अछाम पुगेका रावलले आफूलाई कम्युनिस्ट पार्टी भन्‍ने अनि दक्षिणपन्थी भन्दै आएको कांग्रेससँग कुन आधारमा एकता भएको भनेर प्रश्न गरे ।

उनले सत्ता स्वार्थका लागि कांग्रेससँग कार्यगत एकता गर्नु जनतामाथिको धोका भएको बताए । सच्चा कम्युनिस्ट पार्टीले कांग्रेसलाई भोट हाल्न नसक्ने उनको भनाइ थियो ।

नेता रावलले एमालेका उम्मेदवारलाई जिताउने अभियानमा लाग्‍न आग्रहसमेत गरे । ‘एमालेका उम्मेदवार विजयी भए मात्रै देशमा विकास निर्माणका कार्यले तीव्रता पाउँछ।’, उनले भने।