निर्वाचन तयारीबारे जानकारी दिँदै ओली « Khabarhub

निर्वाचन तयारीबारे जानकारी दिँदै ओली


२५ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज बिहान साढे १० बजे पत्रकार सम्मेलन गर्दैछन्।

च्यासलस्थित पार्टी केन्द्रीय कार्यालय रहेको तुलसीलाल अमात्य स्मृति भवनमा पत्रकार सम्मेलन गरेर निर्वाचनको तयारीलगायत विषयमा ओलीले जानकारी दिन लागेका हुन् ।

उनी नेतृत्वको एमालेले निर्वाचन केन्द्रित चुनावी सभा देशका अधिकांश ठाउँमा गरिसकेको छ । सर्वाधिक उम्मेदवार एमालेले नै स्थानीय तह निर्वाचनमा खडा पनि गरेको छ । उम्मेदवारलाई मत दिएर विजयी गराइदिन उनले मतदाताहरूलाई आह्‍वान गर्दै आएका छन्।

२०७४ सालमा भएको निर्वाचनमा एमाले पहिलो दल बनेको थियो । यस पटक भने चुनौती थपिएको छ । कारण, एमालेविरुद्ध कांग्रेस नेतृत्वमा पाँच दलीय गठबन्धन छ।

गठबन्धनमा दोस्रो, तेस्रो, चौंथो र पाँचौं दल छन् । ओलीले पाँच दल मिलेर बनेको गठबन्धनलाई ‘मिलेर खान बनेको गठबन्धन’को संज्ञा दिने गरेका छन् । तर, पनि एमाले पहिलो दल बन्ने उनको दाबी रहँदै आएको छ ।

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतबार  ९ : ५६ बजे

नेतृत्व छोड्न संस्थापनकै दबाब, खड्कालाई हस्तान्तरण गर्न पनि तयार भएनन् देउवा

काठमाडौं- नेपाली कांग्रेसको विवादले गम्भीर मोड लिइरहँदा सभापति शेरबहादुर देउवा

चौथो कृषि जैविक विविधता दिवसका अवसरमा बृहत् रैथाने कृषि मेला

काठमाडौं– यही माघ १ गते चौथो राष्ट्रिय कृषि जैविक विविधता

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक स्थगित, भोलि बिहान ८ बजे बस्ने

काठमाडौं– सानेपामा सुरु भएको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक केही

यो विद्रोह हो : गगन थापा

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशन नियमित कार्यक्रम