चुनावी सभा : ओलीले आज बुटवल र चितवनमा सम्बोधन गर्ने « Khabarhub

चुनावी सभा : ओलीले आज बुटवल र चितवनमा सम्बोधन गर्ने


२५ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लुम्बिनी प्रदेशको राजधानी बुटवल जाँदैछन् । पार्टीले आयोजना गर्ने चुनावी सभालाई ओलीले सम्बोधन गर्नेछन् । चुनावी सभा मध्यान्ह हुनेछ ।

बुटवलपछि भने उनी चितवनको भरतपुर जानेछन् । त्यहाँ पनि उनले पार्टीले आयोजना गर्ने चुनावी सभालाई सम्बोधन गर्ने ओलीका प्रेस संयोजक रामशरण बजगाईले जानकारी दिए ।

भरतपुर महानगरपालिकाको प्रमुख पदमा एमालेले विजय सुवेदीलाई उठाएको छ । उनी बाग्मती प्रदेश सांसददेखि राजीनामा दिएर प्रमुख पदको उम्मेदवार बनेका हुन्।

उनको प्रतिस्पर्धा पाँच दलीय गठबन्धनको उम्मेदवार रेणु दाहालसँग हुँदै छ । दाहाल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की छोरी हुन् । यसअघि नै भरतपुर महानगरपालिकाको प्रमुख भइसकेकी छन् ।

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतबार  १० : १७ बजे

नेतृत्व छोड्न संस्थापनकै दबाब, खड्कालाई हस्तान्तरण गर्न पनि तयार भएनन् देउवा

काठमाडौं- नेपाली कांग्रेसको विवादले गम्भीर मोड लिइरहँदा सभापति शेरबहादुर देउवा

चौथो कृषि जैविक विविधता दिवसका अवसरमा बृहत् रैथाने कृषि मेला

काठमाडौं– यही माघ १ गते चौथो राष्ट्रिय कृषि जैविक विविधता

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक स्थगित, भोलि बिहान ८ बजे बस्ने

काठमाडौं– सानेपामा सुरु भएको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक केही

यो विद्रोह हो : गगन थापा

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशन नियमित कार्यक्रम