तुलसीपुर र घोराहीमा आज गठबन्धनको चुनावी सभा « Khabarhub

तुलसीपुर र घोराहीमा आज गठबन्धनको चुनावी सभा


२५ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ – स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा सत्ता गठबन्धनले आज दाङको तुलसीपुर र घोराहीमा बृहत चुनावी सभा गर्ने भएको छ ।

तुलसीपुरको अरनिको मैदान र घोराहीको जिल्ला समन्वय समितिको मैदानमा चुनावी सभा गर्न लागिएको कांग्रेस दाङले जनाएको छ ।

तुलसीपुर र घोराहीमा हुने चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, एकीकृत समाजवादीका उपमहासचिव विजय पौडेल लगायतका शीर्ष नेता आउन लागेका छन् ।

तुलसीपुरमा दिउँसो साढे १२ बजेदेखि सभा सुरु हुने कांग्रेस दाङका सभापति शंकरप्रशाद डाँगीले जानकारी दिए । तुलसीपुरको कार्यक्रमपछि नेताहरु घोराहीको सभालाई सम्बोधन गर्ने जाने डाँगीले बताए । गठबन्धन दलबाट तुलसीपुर उपमहानगरपालिका मेयरमा कांग्रेसका केन्द्रीय सदस्य गेहेन्द्र गिरी र उपमेयरमा एकीकृत समाजवादीका केन्द्रीय सदस्य जोगबहादुर राना मगर उम्मेदवार छन् ।

घोराही उपमहानगरपालिकामा माओवादी केन्द्रका हेमराज शर्मा ‘डायमण्ड’ मेयरमा र कांग्रेसका नेता भुपबहादुर डाँगी उपमेयरमा उम्मेदवार छन् ।

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतबार  १० : ०९ बजे

नेपालमा शंकास्पद कारोबार रिपोर्टिङ ३० प्रतिशतले बढ्यो

काठमाडौं– नेपाल राष्ट्र बैंक अन्तर्गतको वित्तीय जानकारी इकाईले आर्थिक वर्ष

सरकारद्वारा मानव बेचबिखन विरुद्धको राष्ट्रिय नीति स्वीकृत

काठमाडौं– सरकारले मानव बेचबिखन विरुद्धको राष्ट्रिय नीति स्वीकृत गरेको छ

कांग्रेसको दोस्रो पुस्ता जुर्मुराउँदा एमालेमा हलचल !

काठमाडौं- पार्टीको दोस्रो विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महामन्त्री

उत्सर्जन कटौती सुस्त हुँदा फ्रान्सको जलवायु लक्ष्य संकटमा

एजेन्सी– फ्रान्सले सन् २०२५ मा लगातार दोस्रो वर्ष पनि हरितगृह

यश स्टारर ‘टक्सिक’ टिजरमाथि अश्लील दृश्यको आरोप

काठमाडौं — केजीएफ स्टार यशको बहुप्रतीक्षित फिल्म ‘टक्सिकः ए फेयरिटेल