तुलसीपुर र घोराहीमा आज गठबन्धनको चुनावी सभा « Khabarhub

तुलसीपुर र घोराहीमा आज गठबन्धनको चुनावी सभा


२५ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ – स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा सत्ता गठबन्धनले आज दाङको तुलसीपुर र घोराहीमा बृहत चुनावी सभा गर्ने भएको छ ।

तुलसीपुरको अरनिको मैदान र घोराहीको जिल्ला समन्वय समितिको मैदानमा चुनावी सभा गर्न लागिएको कांग्रेस दाङले जनाएको छ ।

तुलसीपुर र घोराहीमा हुने चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, एकीकृत समाजवादीका उपमहासचिव विजय पौडेल लगायतका शीर्ष नेता आउन लागेका छन् ।

तुलसीपुरमा दिउँसो साढे १२ बजेदेखि सभा सुरु हुने कांग्रेस दाङका सभापति शंकरप्रशाद डाँगीले जानकारी दिए । तुलसीपुरको कार्यक्रमपछि नेताहरु घोराहीको सभालाई सम्बोधन गर्ने जाने डाँगीले बताए । गठबन्धन दलबाट तुलसीपुर उपमहानगरपालिका मेयरमा कांग्रेसका केन्द्रीय सदस्य गेहेन्द्र गिरी र उपमेयरमा एकीकृत समाजवादीका केन्द्रीय सदस्य जोगबहादुर राना मगर उम्मेदवार छन् ।

घोराही उपमहानगरपालिकामा माओवादी केन्द्रका हेमराज शर्मा ‘डायमण्ड’ मेयरमा र कांग्रेसका नेता भुपबहादुर डाँगी उपमेयरमा उम्मेदवार छन् ।

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतबार  १० : ०९ बजे

कान्ति लोकपथमा पहिरो खस्यो: हेटौंडा-काठमाडौँ यातायात ठप्प

काठमाडौँ – ललितपुरको बागमती गाउँपालिका–४ पाङदुरमा पहिरो खसेपछि कान्ति लोकपथ

प्रेस स्वतन्त्रता लोकतन्त्रको अभिन्न खम्बा हो : नेता आङदेम्बे

काठमाडौँ – नेपाली कांग्रेसका नेता एवं प्रमुख प्रतिपक्षी दलका संघीय

मुन्दुम ट्रेलमा लालीगुराँसको रौनक: पर्यटक लोभ्याउँदै १८ प्रजातिका गुराँस

खोटाङ – नेपाल सरकारले निर्धारण गरेको १०० पर्यटकीय गन्तव्यमध्येको एक

गायकवाडको कप्तानी इनिङ: मुम्बईमाथि चेन्नाईको ८ विकेट जित

चेन्नाई – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शनिबार राति भएको

भरुवा बन्दुकसहित वडा सदस्य पक्राउ

हुम्ला – खार्पुनाथ गाउँपालिका–४ का वडा सदस्य ६३ वर्षीय मक्कबहादुर