गठबन्धनको चुनावी सभा बाबुराम र उपेन्द्रद्धारा बहिस्कार « Khabarhub

गठबन्धनको चुनावी सभा बाबुराम र उपेन्द्रद्धारा बहिस्कार


२५ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कांग्रेस नेतृत्वको गठबन्धनले गर्दै आएको संयुक्त चुनावी सभामा गठबन्धनमै रहेको एउटा दल जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव र सङ्‍घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले बहिस्कार गर्दै आएका छन् ।

गठबन्धनले चितवनको भरतपुर, काठमाडौंको शान्ति बाटिकादेखि मधेस प्रदेशको जनकपुरमा संयुक्त चुनावी सभा गरिसक्यो । तीन ठाउँकै चुनावी सभालाई यी दुई नेताले भने बहिस्कार गरेका हुन् ।

पार्टीका दोस्रो तहका नेताहरूलाई भने चुनावी सभामा पठाउने गरेका छन् । जबकि, कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल नै चुनावी सभामा सम्बोधन गर्न खटिरहेका छन् ।गठबन्धनका उम्मेदवारहरूलाई विजयी गराउन अपिल गरिरहेका छन् ।

तर, जसपाका यी दुई नेता भने गठबन्धन दलकै चुनावी सभामा नगई गृहजिल्लामा खटिएका छन् । उक्त पार्टीका एक नेता राजकिशोर यादव दुई अध्यक्ष किन गठबन्धनको संयुक्त चुनावी सभामा जाँदै छैनन् ? त्यसबारे थाहा नभएको बताउँछन् ।

गठबन्धन दलका अन्य शीर्ष नेता त चुनावी सभामा देख्छु तर हाम्रा पार्टीका दुई अध्यक्ष गएको देख्दिन । यसबारे उहाँहरूलाई नै किन जानु नभएको भनेर सोध्नुहोला’, यादवले भने, ‘तालमेललाई लिएर केही असन्तुष्टि होला कि ?’

शुक्रबार डा. भट्टराईले तालमेलबारे असन्तुष्टि जनाएका थिए । ‘पाँच दलीय गठबन्धन केही नेताहरूको स्वार्थको माध्यम बन्दै गएको देखिनु दुर्भाग्यपूर्ण छ’, भट्टराईको असन्तुष्टि ट्‍वीटरमा पोखिएको थियो ।

असन्तुष्ट भएकै कारण उनले संयुक्त चुनावी सभा बहिस्कार गरेको देखिएको छ । र, गृहजिल्ला गोरखा पुगेर उनी आफ्ना पार्टीबाट उम्मेदवार बनेकाहरूलाई मत मागिरहेका छन् । त्यहाँ गठबन्धन दलहरूबीच तालमेल भएन ।

पार्टी अध्यक्ष यादव पनि असन्तुष्ट भएरै संयुक्त चुनावीमा सभालाई सम्बोधन गर्नेभन्दा पनि मोरङ पुगेर छोरा अमरेन्द्रलाई मत मागिरहेका छन् । अमरेन्द्र विराटनगर महानगरपालिकाको उपप्रमुख पदका उम्मेदवार हुन् । त्यहाँ पनि गठबन्धनमा समस्या छ । माओवादीकी नमिता न्यौपाने बागी उम्मेदवारी बनेकी छिन् ।

यादवकै पार्टीका नेता उमेश यादव पनि बागी उम्मेदवार छन् । उनीहरू लाल्टिन चिह्नसहित निर्वाचन अभियानमा छन् । गठबन्धन दलहरूबीच तालमेल व्यावहारिक रूपमा राम्रो नभएपछि असन्तुष्ट मात्रै नभए संयुक्त चुनवाी सभालाई नै बहिस्कार गरेर यादव मोरङमा क्रियाशील भएका हुन् ।

-न्युज कारखानाबाट

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतबार  १० : २४ बजे

ओली पक्राउ परेको विरोधमा युवा संघले निकाल्यो मसाल जुलुस (तस्बिरहरू)

काठमाडाैं – आज पक्राउ परेका एमाले अध्यक्ष केपी शर्मा ओलीको

बालेन सरकारको योजना : पासपोर्ट, नागरिकता र लाइसेन्स घर घरमै पुर्‍याउने

काठमाडौं – बालेन्द्र शाह नेतृत्वको सरकारले नागरिकलाई सरकारी सेवा घरमै

बालेन सरकारले सात दिनभित्र संविधान संशोधन सम्बन्धी बहस सुरु गर्ने

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्ले शुक्रबार स्वीकृत गरेको

बालेन सरकारको घोषणा : विद्यालय र विश्वविद्यालयबाट दलीय विद्यार्थी संगठन हटाउने

काठमाडौं – सरकारले आगामी ६० दिनभित्र देशभरका विद्यालय र विश्वविद्यालयबाट

महिलाहरूको सुरक्षा सुनिश्चित गर्न सरकारले निःशुल्क ‘ब्लु बस’ सेवा सञ्चालन गर्ने

काठमाडौं – सरकारले महिला यात्रुहरूको सुरक्षा सुनिश्चित गर्न सातै प्रदेशमा