विवाद समाधानका लागि एन्फा कार्यसमिति बैठक बस्दै « Khabarhub

विवाद समाधानका लागि एन्फा कार्यसमिति बैठक बस्दै


२५ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय टोलीका खेलाडी प्रशिक्षक विवादसम्बन्धमा अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमितिको बैठक आइतबार बस्दै छ ।

गत बिहीबार एन्फा सचिवालयले कार्यसमिति सदस्यहरुलाई पत्रचार गर्दै आइतबार (आज) दिउँसो २ बजे बैठक उपस्थित हुन आग्रह गरेको थियो ।

पत्रमा राष्ट्रिय पुरुष टिमको सम्बन्धमा छलफल गर्न आवश्यक रहेको हुँदा एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाको अध्यक्षतामा कार्यसमितिको बैठक बस्न लागिएको उल्लेख छ ।

एसियन कपको तयारीका लागि बन्द प्रशिक्षणमा रहेका १० खेलाडीलाई मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले होटल छोड्ने निर्देशन दिएको भन्दै रोहित चन्दसँगै, विमल घर्तीमगर, सुजल श्रेष्ठ, अन्जन बिष्ट लगायतका खेलाडीहरुले प्रशिक्षण छोडेका थिए ।

तर, प्रशिक्षक तथा व्यवस्थापकहरूले सूचना नदिई ‘खेलाडी भागेको’ प्रतिक्रिया दिएका छन् । यसबारे खेलाडी तथा प्रशिक्षक अल्मुताइरी दुवैले एन्फालाई विवादबारे पत्र पठाएका थिए । खेलाडीले घटनाको जानकारी गराउँदै स्पष्ट छानबिनको माग राखेका थिए भने प्रशिक्षकले खेलाडीहरूलाई माफी दिएको बताएका थिए ।

यद्यपि, प्रशिक्षकले माफी दिए पनि खेलाडीहरूलाई आसन्न एएफसी एसियन कप छनोटको तेस्रो चरणका लागि भने टिममा समावेश नगराउने बताएका थिए । यसको सत्यतथ्य छानबिनका लागि एन्फाले बुधबार एक सदस्यीय छानबिन समिति गठन गरेको भन्दै समाचार प्रकाशन गरे पनि पछि आफ्नो आधिकारीक वेबसाइटबाट डिलिट गरेको थियो ।

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतबार  ११ : ४७ बजे

अब दुई दिनभित्रै राहदानी उपलब्ध गराइने

काठमाडौं– राहदानी विभागले अब दुई कार्यदिनभित्र राहदानी उपलब्ध गराउने भएको

नेयमारको घुँडाको शल्यक्रिया : के विश्वकप खेल्न सम्भव छ ?

काठमाडौं – ब्राजिलियन स्टार स्ट्राइकर नेयमारले घुँडाको शल्यक्रिया गराएका छन्।

केन्द्रीय कारागारबाट फरार कैदीबन्दी पक्राउ

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले वन्यजन्तुको आखेटोपहार ओसारपसार मुद्दामा

सरकारले आज रास्वपा, राप्रपा र जनमत पार्टीको कार्यालय अनुगमन गर्दै

काठमाडौं– सरकारले आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी

आजको मौसम : तराईका भूभागमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल