खालीबारीको दोस्रो जित « Khabarhub

खालीबारीको दोस्रो जित


२५ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शहीद स्मारक सी डिभिजन लिगमा खालीबारी युथ क्लबले दोस्रो जित निकालेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार बिहान भएको खेलमा खालीबारीले ओएसिस क्लबलाई ३–१ गोल अन्तरले पराजित गरेको हो । 

खालीबारीको जितमा सन्दीप गुरुङले २ र अभय रानाले १ गोल गरे भने ओएसीसका लागि समिर कार्कीले एक गोल फर्काए । खेलको पहिलो मिनेटमा सन्दीपले गोल गर्दै खालीबारीलाई अग्रता दिलाएका थिए ।

खेलको ९ औँ मिनेटमा पाएको पेनाल्टीमा गोल गर्दै सन्दीपले खालीबारीको अग्रतालाई दोब्बर बनाएका दिए । खेलको ३२ औँ मिनेटमा अभय रानाले खालीबारीका लागि तेस्रो गोल गरे ।

३७ औँ मिनेटमा पाएको फ्रि किकमा समिर कार्कीले ओएसीसका लागि खाता खोले । खेलमा सन्दीप गुरुङ म्यान अफ द म्याच घोषित भए ।

आजै हुने अर्को खेलमा महावीर क्लब र मनोहरा युनाइटेड क्लब दिउँसो पौने १ बजे आमने सामने हुनेछन् । महावीर तेस्रो जितको खोजीमा छ भने मनोहरा चौथो जित निकाल्न चाहन्छ ।

८ अंकसहित महावीर अंक तालिकाको सातौँ स्थानमा छ भने मनोहरा १० अंकसहित पाचौँ स्थानमा छ । आजको तेश्रो खेलमा खेलमा आरसी ३२ फुटबल एकेडेमी र पुल्चोक स्पोर्ट्स क्लब दिउँसो ४ बजे भिड्नेछन् ।

आरसी ३२ छैटौँ जितको खोजीमा छ भने पुलचोक दोस्रो जित निकाल्न चाहन्छ । आरसी ३२ १५ अंकसहित दोस्रो स्थानमा छ भने पुलचोक ३ अंकसहित १२ औँ स्थानमा छ ।

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतबार  १२ : ११ बजे

कांग्रेसको बन्द सत्रमा सबैलाई प्रवेश खुला, प्रत्यक्ष प्रसारण हुने

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज चौथो दिनको बन्द सत्र

कांग्रेस महाधिवेशन : बन्द सत्रले प्रतिवेदनहरू पारित गर्दै, सभापति थापाले सम्बोधन गर्ने

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज चौथो दिन बन्द

सोह्र लाखबराबरको अवैध पटाका बरामद

कञ्चनपुर– जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले १६ लाखबराबरको अवैध पटाका बरामद

एमाले स्थायी कमिटी बैठक आह्वान

काठमाडौँ- नेकपा एमालेले स्थायी कमिटी कमिटी बैठक आह्वान गरेको छ

मध्यपहाडी लोकमार्ग : कास्कीमा तीनवटा पक्की पुल निर्माण

कास्की– राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तर्गत कास्की खण्डमा तीनवटा