खालीबारीको दोस्रो जित « Khabarhub

खालीबारीको दोस्रो जित


२५ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शहीद स्मारक सी डिभिजन लिगमा खालीबारी युथ क्लबले दोस्रो जित निकालेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार बिहान भएको खेलमा खालीबारीले ओएसिस क्लबलाई ३–१ गोल अन्तरले पराजित गरेको हो । 

खालीबारीको जितमा सन्दीप गुरुङले २ र अभय रानाले १ गोल गरे भने ओएसीसका लागि समिर कार्कीले एक गोल फर्काए । खेलको पहिलो मिनेटमा सन्दीपले गोल गर्दै खालीबारीलाई अग्रता दिलाएका थिए ।

खेलको ९ औँ मिनेटमा पाएको पेनाल्टीमा गोल गर्दै सन्दीपले खालीबारीको अग्रतालाई दोब्बर बनाएका दिए । खेलको ३२ औँ मिनेटमा अभय रानाले खालीबारीका लागि तेस्रो गोल गरे ।

३७ औँ मिनेटमा पाएको फ्रि किकमा समिर कार्कीले ओएसीसका लागि खाता खोले । खेलमा सन्दीप गुरुङ म्यान अफ द म्याच घोषित भए ।

आजै हुने अर्को खेलमा महावीर क्लब र मनोहरा युनाइटेड क्लब दिउँसो पौने १ बजे आमने सामने हुनेछन् । महावीर तेस्रो जितको खोजीमा छ भने मनोहरा चौथो जित निकाल्न चाहन्छ ।

अंकसहित महावीर अंक तालिकाको सातौँ स्थानमा छ भने मनोहरा १० अंकसहित पाचौँ स्थानमा छ । आजको तेश्रो खेलमा खेलमा आरसी ३२ फुटबल एकेडेमी र पुल्चोक स्पोर्ट्स क्लब दिउँसो ४ बजे भिड्नेछन् ।

आरसी ३२ छैटौँ जितको खोजीमा छ भने पुलचोक दोस्रो जित निकाल्न चाहन्छ । आरसी ३२ १५ अंकसहित दोस्रो स्थानमा छ भने पुलचोक ३ अंकसहित १२ औँ स्थानमा छ ।

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतबार  १२ : ११ बजे

नेतृत्व छोड्न संस्थापनकै दबाब, खड्कालाई हस्तान्तरण गर्न पनि तयार भएनन् देउवा

काठमाडौं- नेपाली कांग्रेसको विवादले गम्भीर मोड लिइरहँदा सभापति शेरबहादुर देउवा

चौथो कृषि जैविक विविधता दिवसका अवसरमा बृहत् रैथाने कृषि मेला

काठमाडौं– यही माघ १ गते चौथो राष्ट्रिय कृषि जैविक विविधता

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक स्थगित, भोलि बिहान ८ बजे बस्ने

काठमाडौं– सानेपामा सुरु भएको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक केही

यो विद्रोह हो : गगन थापा

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशन नियमित कार्यक्रम