शाहरुखसँग कस्तो छ अजयको सम्बन्ध ? « Khabarhub

शाहरुखसँग कस्तो छ अजयको सम्बन्ध ?


२५ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 काठमाडौँ– अभिनेता अजय देवगण अभिनीत फिल्म ‘सन् अफ सरदार’ र शाहरुख खान अभिनीत फिल्म ‘जब तक है जान’ बक्स अफिसमा भिडे पश्चात यी दुईको सम्बन्ध ठीकठाक नरहेको खबर मिडियामा आइरहेका छन् ।

मिडिया मात्र नभई यी दुईका फ्यान क्लबका सदस्यहरू पनि एकआपसमा भिड्ने गरेका छन् । यद्यपि वास्तविकता त्यस्तो नहुने अजयले बताएका छन् । आफ्नो फिल्म ‘रन वे ३४’ प्रचारप्रसारको क्रममा अजयले आफ्नो सम्बन्ध शाहरुखसँग सुमधुर रहेको बताएका छन् । 

‘कहिले कँही हाम्रो फ्यान क्लबमा रहेका फ्यानहरु भिड्ने गरेका छन् । त्यो हेर्दा दुई कलाकार भिडे जस्तो लाग्ला । यद्यपि वास्तविकता त्यो होइन । हामी त्यसलाई गम्भीरतापूर्वक लिदैनौ’ अजयले भने । उनले आफूहरू बीच फोनमा कुराकानी हुने र मिडियामा आए जस्तो सम्बन्ध नबिग्रिएको बताए । ‘हाम्रो सत्यता कमै मिडियामा आउने गरेका छन् । केवल हल्लाको भरमा आउने समाचारको के कुरा गर्नु’ अजयले भने । 

अजय अभिनीत तथा निर्देशित फिल्म ‘रन वे ३४’ प्रदर्शनरत छ ।

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतबार  १२ : १० बजे

नेतृत्व छोड्न संस्थापनकै दबाब, खड्कालाई हस्तान्तरण गर्न पनि तयार भएनन् देउवा

काठमाडौं- नेपाली कांग्रेसको विवादले गम्भीर मोड लिइरहँदा सभापति शेरबहादुर देउवा

चौथो कृषि जैविक विविधता दिवसका अवसरमा बृहत् रैथाने कृषि मेला

काठमाडौं– यही माघ १ गते चौथो राष्ट्रिय कृषि जैविक विविधता

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक स्थगित, भोलि बिहान ८ बजे बस्ने

काठमाडौं– सानेपामा सुरु भएको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक केही

यो विद्रोह हो : गगन थापा

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशन नियमित कार्यक्रम

काठमाडौं महानगरमा लक्षित वर्ग कार्यक्रमका लागि ३३ सङ्घसंस्थाबाट प्रस्ताव

काठमाडौं– काठमाडौँ महानगरपालिकाको सामाजिक विकास विभागले लक्षित वर्गको कार्यक्रम सहयोग