सार्वजनिक ठाउँमा अनुहार छोप्न महिलाहरूलाई तालिबानको उर्दी « Khabarhub

सार्वजनिक ठाउँमा अनुहार छोप्न महिलाहरूलाई तालिबानको उर्दी


२५ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अफगानिस्तानमा शासन चलाइरहेको तालिबानले महिलाहरुलाई सार्वजनिक ठाउँमा बुर्का लगाउन उर्दी जारी गरेको छ ।

तालिबानले सार्वजनिक स्थानमा सबै महिलाहरूलाई अनुहार ढाक्ने पहिरन लगाउन निर्देशन दिएको बेलायती पत्रिका द गार्जियनले जनाएको छ ।

यसबाहेक तालिबानले महिलाहरूलाई लामो दूरीको एक्लै यात्रा गर्ने अधिकारबाट समेत बञ्चित गरेको जनाइएको छ । यस्तै, तालिबानले महिलाहरूलाई स्वास्थ्य तथा शिक्षाका क्षेत्रमा काम गर्न पनि बन्देज लगाएको गार्जियनको अनलाइन संस्करणले जनाएको छ ।

महिलाहरूले बुर्का लगाउने नियम कार्यान्वयनको जिम्मा भने उनै महिलाका अभिभावक, नातेदार वा रोजगारदातालाई दिइएको बताइएको छ ।

कोही महिलाले सार्वजनिक स्थानमा अनुहार नछोपेको खण्डमा ती महिलाका ‘अभिभावक’ लाई सजाय हुने व्यवस्था राखिएको छ । महिलाहरू घरबाट बाहिर ननिस्किऊन् भन्नाका लागि यस्तो नियम ल्याइएको हो ।

‘अफगानिस्तानका सबै स्वाभिमानी महिलाहरूलाई हिजाब लगाउनु आवश्यक छ र सबैभन्दा राम्रो हिजाब चदोरी हो, जुन हाम्रो संस्कारको एउटा हिस्सा पनि हो ।’ अफगानिस्तानको दुराचार तथा सदाचार मन्त्रालयका अधिकारी शिर मोहम्मदलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था एपीले जनाएको छ ।

‘जति पनि महिलाहरू छन्, जो धेरै बूढा छैनन्, धेरै कलिला पनि छैनन्, उनीहरूले आँखाबाहेक सबै अनुहार छोप्नुपर्छ ।’ उनले भने ।

अनुहारलाई पुरै छोप्ने किसिमको अफगानिस्तानको परम्परागत बुर्कामा आँखाबाट हेर्नका लागि स–साना प्वालहरु मात्र पारिएको हुन्छ ।

यता अफगानिस्तानका मानव अधिकारवादीहरुले भने तालिबानको पछिल्लो कदमको चर्को निन्दा गरेको गार्जियनले जनाएको छ ।

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतबार  १२ : ४५ बजे

नेपाल काभा महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलबाट बाहिरियो

काठमाडौं– नेपाल काभा महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलबाट बाहिरिएको छ ।  

स्वास्थ्यमा कुल बजेटको १० प्रतिशत विनियोजन गर्न चिकित्सक संघको माग 

काठमाडौं– नेपाल चिकित्सक संघ (एनएमए) ले स्वास्थ्य क्षेत्रको बजेट वृद्धि,

स्वास्थ्य मन्त्रालयमा १८ सय बढी दरबन्दी स्वीकृत

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गत संघीय पुल संरचनामा

जब तीन सवारी एकआपसमा ठोक्किए…

दोलखा– लामोसाघु-जिरी सडक खण्डअन्तर्गत पर्ने वैतेश्वर गाउँपालिका-५ को मैनापोखरी बजारमा

ह्वाइट हाउसमा कुश्ती भिड्न जालान् रवीन्द्र ?

काठमाडौं– कुख्यात रोमन सम्राट कोमोडसले कोलोसियममा ग्लाडिएटर प्रतियोगिता आयोजना गरेको