युक्रेनको विद्यालयमा रुसले बम खसाल्दा ६० जनाको मृत्यु भएको आशंका « Khabarhub

युक्रेनको विद्यालयमा रुसले बम खसाल्दा ६० जनाको मृत्यु भएको आशंका


२५ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वी युक्रेनको लुहान्स्क क्षेत्रमा रहेको एक विद्यालयलाई निशाना बनाइ रुसी फौजले आक्रमण गर्दा कम्तीमा ६० जनाको मृत्यु भएको आशंका गरिएको छ ।

लुहान्स्क क्षेत्रका गभर्नर शेरी हाइदाइले जनाएअनुसार विद्यालयमा रुसी फौजले बम खसाल्दा विद्यालय भवन ध्वस्त भएको छ । हाल विद्यालयको भग्नावशेषमा दुई जनाको शव फेला परेको र उद्धारको कार्यलाई तीव्रता दिइएको बताइएको छ ।

ध्वस्त भवनको भग्नावशेषबाट ३० सर्वसाधारणलाई बाहिर निकालिएको समेत उनले जानकारी दिए । उद्धार गरिएकामध्ये ७ जना घाइते छन् ।

सामाजिक सञ्जाल टेलिग्राममा सन्देश सार्वजनिक गर्दै उनले बताएअनुसार लुहान्स्क क्षेत्रको बिलोहोरिभ्का गाउँमा रहेको सो विद्यालय भवनमा ९० सर्वसाधारणले शरण लिएका थिए ।

शनिबार रुसी फौजले विद्यालय भवनमा बम खसालेपछि विष्फोट भएको र यसबाट लागेको आगो निभाउन झण्डै चार घण्टा लागेको हाइदाइको भनाइ छ ।

यसको आधिकारिक पुष्टि भने नभइसकेको कतारी टेलिभिजन च्यानल अल जजीराले जनाएको छ ।

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतबार  १ : २६ बजे

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा