युक्रेनको विद्यालयमा रुसले बम खसाल्दा ६० जनाको मृत्यु भएको आशंका « Khabarhub

युक्रेनको विद्यालयमा रुसले बम खसाल्दा ६० जनाको मृत्यु भएको आशंका


२५ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वी युक्रेनको लुहान्स्क क्षेत्रमा रहेको एक विद्यालयलाई निशाना बनाइ रुसी फौजले आक्रमण गर्दा कम्तीमा ६० जनाको मृत्यु भएको आशंका गरिएको छ ।

लुहान्स्क क्षेत्रका गभर्नर शेरी हाइदाइले जनाएअनुसार विद्यालयमा रुसी फौजले बम खसाल्दा विद्यालय भवन ध्वस्त भएको छ । हाल विद्यालयको भग्नावशेषमा दुई जनाको शव फेला परेको र उद्धारको कार्यलाई तीव्रता दिइएको बताइएको छ ।

ध्वस्त भवनको भग्नावशेषबाट ३० सर्वसाधारणलाई बाहिर निकालिएको समेत उनले जानकारी दिए । उद्धार गरिएकामध्ये ७ जना घाइते छन् ।

सामाजिक सञ्जाल टेलिग्राममा सन्देश सार्वजनिक गर्दै उनले बताएअनुसार लुहान्स्क क्षेत्रको बिलोहोरिभ्का गाउँमा रहेको सो विद्यालय भवनमा ९० सर्वसाधारणले शरण लिएका थिए ।

शनिबार रुसी फौजले विद्यालय भवनमा बम खसालेपछि विष्फोट भएको र यसबाट लागेको आगो निभाउन झण्डै चार घण्टा लागेको हाइदाइको भनाइ छ ।

यसको आधिकारिक पुष्टि भने नभइसकेको कतारी टेलिभिजन च्यानल अल जजीराले जनाएको छ ।

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतबार  १ : २६ बजे

बुटवलको जुत्ता पसलमा आगलागी

बुटवल- बुटवलको एक जुत्ता पसलमा शुक्रबार (फागुन २९) साँझ आगलागी

शुक्रबार झापामा सबैभन्दा बढी वर्षा

काठमाडौं- मौसम बदली कायम रहँदा शुक्रबार पनि देशका विभिन्न जिल्लामा

समानुपातिक सांसदको नाम टुंग्याउन रास्वपाले डाक्यो सचिवालय बैठक

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सचिवालय बैठक डाकेको

चुनावमा महावीरले बचाए २७ लाख रुपैयाँ

काठमाडौँ- नवनिर्वाचित स्वतन्त्र सांसद महावीर पुनले आफ्नो चुनावी अभियानबाट करिब

प्रधानमन्त्री कार्कीलाई भेटेपछि सुदनले भने : प्रत्येक मिनेट राष्ट्रका लागि महत्त्वपूर्ण छ

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सुदन गुरुङले प्रधानमन्त्री