आईपीएलमा आज दुई खेल हुँदै, अक्षर पटेल सयौँ विकेटको खोजीमा « Khabarhub

आईपीएलमा आज दुई खेल हुँदै, अक्षर पटेल सयौँ विकेटको खोजीमा


२५ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इण्डियन प्रिमियर लिग आईपीएलमा आइतबार २ खेल हुँदैछन् । भारतको मुम्बईस्थित वनखेडे स्टेडियममा हुने पहिलो खेलमा सनराइजर्स हैदरावाद र रोयल च्यालेन्जर्स बैङ्गलोर भिड्दैछन् ।

हैदरावाद र बैङ्गलोर बीचको खेल दिउँसो ४ बजे शुरु हुनेछ । हैदरावाद छैटौँ जितको खोजीमा छ भने बैङ्गलोर सातौँ जितको खोजीमा रहेको छ । हैदरावाद १० अंकसहित अंक तालिकाको छैटौँ स्थानमा छ भने बैङ्गलोर १२ अंकसहित चौथो स्थानमा छ । 

मुम्बईको डी वाई पाटिल स्टेडियममा हुने अर्को खेलमा चेन्नाई सुपर किङ्ग्स र दिल्ली क्यापिट्ल्स राति पौने ८ बजे भिड्नेछन् । आईपिएलमा १०० विकेट पुरा गर्न दिल्लीका लेफ्ट आर्म स्पिनर अक्षर पटेललाई आजको खेलमा केबल एक विकट चाहिन्छ ।

अक्षर आफ्नो १०० औँ विकेट पुरा गर्न मैदान प्रवेश गर्ने छन् । चेन्नाई चौथो जितको खोजीमा छ भने दिल्ली छैटौँ जित निकाल्न चाहन्छ । दिल्ली १० अंकसहित अंक तालिकाको पाचौँ स्थानमा छ भने चेन्नाई ६ अंकसहित तालिकाको नवौँ स्थानमा छ ।

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतबार  १ : ३३ बजे

कांग्रेसकी नानुमैयाको चुनावी दौडधुप, यस्ता छन् एजेन्डा (तस्बिरहरू)

 काठमाडौं– फागुन २१ को निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर ९

आँधीखोला किनार क्षेत्रमा तर्बुजाखेती सुरु

वालिङ– यहाँको भीरकोट नगरपालिकाले आँधीखोला किनार क्षेत्रमा परीक्षणका रुपमा तर्बुजाखेती

दाङका तीन वटा निर्वाचन क्षेत्र जोड्ने सडक पाँचवर्षदेखि अलपत्र

तुलसीपुर– दाङका तीन वटै निर्वाचन जोड्ने तुलसीपुर उपमहानगरपालिका–१४ जितपुरमा पर्ने

देशमै युवाको भविष्य सुनिश्चित गर्छौँ : रास्वपा उम्मेदवार बम

काठमाडौं– काठमाडौं क्षेत्र नम्बर–४ का रास्वपा उम्मेदवार पुकार बमले भ्रष्टाचारको

जेनेभामा इरान वार्ता : क्षेप्यास्त्र विवाद ओझेलमा

जेनेभा– नयाँ द्वन्द्व टार्ने प्रयासस्वरूप अमेरिका र इरानबीच स्विट्जरल्यान्डको जेनेभामा