हुम्लाका ५४ मतदान केन्द्रमा २५४ कर्मचारी खटाइयो « Khabarhub

हुम्लाका ५४ मतदान केन्द्रमा २५४ कर्मचारी खटाइयो


२५ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिमकोट– स्थानीय तहको निर्वाचन हुन पाँच दिन बाँकी रहँदा हुम्लाका सात स्थानीय तहमा छ मतदान अधिकृतको कार्यालय स्थापना गरिएको छ । 

जिल्लाका ५४ मतदान केन्द्रका लागि २५४ कर्मचारी खटेको निर्वाचन कार्यालय हुम्लाले जनाएको छ । शनिबारसम्म ३४ मतदान अधिकृतले मतपत्रसहितका सामग्री बुझिलिएको निर्वाचन कार्यालयका सूचना अधिकारी श्यामबहादुर रानाले बताए । आज २० अधिकृतले मतपत्र, मतपेटिकालगायतका सामग्री बुझेको रानाले जानकारी दिए । उनका अनुसार ५०० भन्दा कम मतदाता भएको केन्द्रमा चार र ५०० भन्दाबढी मतदाता भएको केन्द्रमा पाँच कर्मचारी खटाइएको हो । 

१६ मतदान केन्द्रमा ५०० भन्दामुनि रहेका छन् भने ३८ मतदान केन्द्रमा पाँच सयभन्दामाथि मतदाताको सङ्ख्या रहेको छ । जिल्लाका ५४ मतदान केन्द्रमा तीन स्थानीय स्वयंसेवक समेत परिचालन गरिएको जनाइएको छ ।

 कार्यालय सहयोगी ५४, मतदान अधिकृत ५४, सहायक मतदान अधिकृत ५४ जना र ९२ सहायक कर्मचारी खटेका छन् । साथै, मतदान अधिकृत, सहायक मतदान अधिकृत र कार्यालय सहयोगीका साथै सुरक्षाकर्मीसमेत खटाइएको छ । 

सदरमुकामभन्दा टाढाको दूरीमा रहेको मतदान केन्द्रमा खटाइएका कर्मचारी यसअघि नै त्यसतर्फ गएका छन् भने नजिकमा रहेका मतदान केन्द्रमा आज खटाइएको हो । 

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतबार  १ : ५८ बजे

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर