हुम्लाका ५४ मतदान केन्द्रमा २५४ कर्मचारी खटाइयो « Khabarhub

हुम्लाका ५४ मतदान केन्द्रमा २५४ कर्मचारी खटाइयो


२५ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिमकोट– स्थानीय तहको निर्वाचन हुन पाँच दिन बाँकी रहँदा हुम्लाका सात स्थानीय तहमा छ मतदान अधिकृतको कार्यालय स्थापना गरिएको छ । 

जिल्लाका ५४ मतदान केन्द्रका लागि २५४ कर्मचारी खटेको निर्वाचन कार्यालय हुम्लाले जनाएको छ । शनिबारसम्म ३४ मतदान अधिकृतले मतपत्रसहितका सामग्री बुझिलिएको निर्वाचन कार्यालयका सूचना अधिकारी श्यामबहादुर रानाले बताए । आज २० अधिकृतले मतपत्र, मतपेटिकालगायतका सामग्री बुझेको रानाले जानकारी दिए । उनका अनुसार ५०० भन्दा कम मतदाता भएको केन्द्रमा चार र ५०० भन्दाबढी मतदाता भएको केन्द्रमा पाँच कर्मचारी खटाइएको हो । 

१६ मतदान केन्द्रमा ५०० भन्दामुनि रहेका छन् भने ३८ मतदान केन्द्रमा पाँच सयभन्दामाथि मतदाताको सङ्ख्या रहेको छ । जिल्लाका ५४ मतदान केन्द्रमा तीन स्थानीय स्वयंसेवक समेत परिचालन गरिएको जनाइएको छ ।

 कार्यालय सहयोगी ५४, मतदान अधिकृत ५४, सहायक मतदान अधिकृत ५४ जना र ९२ सहायक कर्मचारी खटेका छन् । साथै, मतदान अधिकृत, सहायक मतदान अधिकृत र कार्यालय सहयोगीका साथै सुरक्षाकर्मीसमेत खटाइएको छ । 

सदरमुकामभन्दा टाढाको दूरीमा रहेको मतदान केन्द्रमा खटाइएका कर्मचारी यसअघि नै त्यसतर्फ गएका छन् भने नजिकमा रहेका मतदान केन्द्रमा आज खटाइएको हो । 

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतबार  १ : ५८ बजे

दसैँ बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम

 काठमाडौँ – दसैँको बिदाका कारण यस वर्ष पहिलो चरणको राष्ट्रिय भिटामिन

दुर्गा पूजा मण्डपमा भागदौड, १९ जनाको मृत्यु

कोलकाता– भारतको पूर्वी राज्य पश्चिम बङ्गालको राजधानी कोलकातामा दुर्गा पूजा

नवरात्रको आठौँ दिन : शक्तिपीठमा भक्तजनको घुइँचो

काठमाडौँ– नवरात्रको आठौँ दिन आज काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा अवस्थित

कालीगण्डकी करिडोर प्रसारण लाइन सञ्चालन, पाँच आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा

काठमाडौँ– बाढीपहिरो र कालीगण्डकी कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२०

दसैँ–तिहारमा घरमै बसेर हेर्न पाइने आठ नेपाली फिल्म, ‘सिनेमा घर’ले ल्यायो मुभी मेला

काठमाडौं – दसैँ–तिहारको बिदालाई लक्षित गर्दै ओटीटी प्लेटफर्म ‘सिनेमा घर’ले ‘दसैँ–तिहार