कांग्रेसले संसद्लाई बन्धक बनाएको र स्वतन्त्र न्यायपालिकामाथि आघात पुर्‍याएको ओलीको आरोप « Khabarhub

कांग्रेसले संसद्लाई बन्धक बनाएको र स्वतन्त्र न्यायपालिकामाथि आघात पुर्‍याएको ओलीको आरोप


२५ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले संसद्लाई बन्धक बनाएको र स्वतन्त्र न्यायपालिकामाथि आघात पुर्‍याएको आरोप लगाएका छन् ।

आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष ओलीले संसदीय मूल्य र मान्यतालाई कुल्चिदै कांग्रेसले संसद्लाई बन्धक बनाएको र स्वतन्त्र न्यायपालिकामाथि आघात पुर्‍याएको आरोप लगाएका हुन् । तत्कालीन अवस्थामा संसद् विघटनको विकल्प आफूहरूसँग नरहेको उल्लेख गर्दै ओलीले संविधानको रक्षा गर्न जनाधिकारको संरक्षण गर्न र देशलाई थप षड्यन्त्रको चक्रव्यूहबाट जोगाउन जनादेशका लागि जनतामा जाने निष्कर्षमा पुगेको तर्क गरे । तर अदालतको परमादेशले सरकार बदलिएको र सार्वभौम नेपाली जनताको आफ्नो सरकार निर्माण गर्ने संवैधानिक अधिकारमाथि कुठाराघात भएको उनले बताए ।

उनले विकासका लागि राष्ट्रिय संकल्पको कार्यान्वयन गर्न भिजनरी राष्ट्रिय शक्ति आवश्यक भएको भन्दै एमालेमा मात्रै आँट र संकल्प भएको बताए । ओलीले प्रचण्डले माओवादी केन्द्रलाई भोट दिनका लागि चितवनवासीलाई तर्साउने र धम्काउने काम गरेको आरोप लगाए । निर्वाचन आयोगले मतपत्रको रंग परिवर्तन कांग्रेसको चाहना अनुसार गरेको उनले बताए । 

उनले एउटा दलले अर्को दलको प्रचार गर्न नपाइने भएपनि आचारसंहिता विपरित गठबन्धनका शीर्ष नेताहरू प्रचारको कार्यमा सहभागी भएको तर्क पनि गरे । ओलीले वैशाख ३० गते नै गठबन्धनका लागि ठूलो संकटको दिन भएको भन्दै असार १७ पछि भने गठबन्धन टुट्ने कुरा ज्योतिषहरूले भनेको टिप्पणी गरे ।

पत्रकार सम्मेलनमा ओलीले निर्वाचनका लागि ६७ बुँदै अपिल पढेर सुनाएका थिए । अपिलमा ओलीले यसअघिको एमाले सरकारले गरेको काम र भावी योजनाका साथै वर्तमान सरकार र गठबन्धन दलहरूको आलोचना गरेका थिए । 

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतबार  २ : १६ बजे

नेपालमा शंकास्पद कारोबार रिपोर्टिङ ३० प्रतिशतले बढ्यो

काठमाडौं– नेपाल राष्ट्र बैंक अन्तर्गतको वित्तीय जानकारी इकाईले आर्थिक वर्ष

सरकारद्वारा मानव बेचबिखन विरुद्धको राष्ट्रिय नीति स्वीकृत

काठमाडौं– सरकारले मानव बेचबिखन विरुद्धको राष्ट्रिय नीति स्वीकृत गरेको छ

कांग्रेसको दोस्रो पुस्ता जुर्मुराउँदा एमालेमा हलचल !

काठमाडौं- पार्टीको दोस्रो विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महामन्त्री

उत्सर्जन कटौती सुस्त हुँदा फ्रान्सको जलवायु लक्ष्य संकटमा

एजेन्सी– फ्रान्सले सन् २०२५ मा लगातार दोस्रो वर्ष पनि हरितगृह

यश स्टारर ‘टक्सिक’ टिजरमाथि अश्लील दृश्यको आरोप

काठमाडौं — केजीएफ स्टार यशको बहुप्रतीक्षित फिल्म ‘टक्सिकः ए फेयरिटेल