कांग्रेसले संसद्लाई बन्धक बनाएको र स्वतन्त्र न्यायपालिकामाथि आघात पुर्‍याएको ओलीको आरोप « Khabarhub

कांग्रेसले संसद्लाई बन्धक बनाएको र स्वतन्त्र न्यायपालिकामाथि आघात पुर्‍याएको ओलीको आरोप


२५ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले संसद्लाई बन्धक बनाएको र स्वतन्त्र न्यायपालिकामाथि आघात पुर्‍याएको आरोप लगाएका छन् ।

आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष ओलीले संसदीय मूल्य र मान्यतालाई कुल्चिदै कांग्रेसले संसद्लाई बन्धक बनाएको र स्वतन्त्र न्यायपालिकामाथि आघात पुर्‍याएको आरोप लगाएका हुन् । तत्कालीन अवस्थामा संसद् विघटनको विकल्प आफूहरूसँग नरहेको उल्लेख गर्दै ओलीले संविधानको रक्षा गर्न जनाधिकारको संरक्षण गर्न र देशलाई थप षड्यन्त्रको चक्रव्यूहबाट जोगाउन जनादेशका लागि जनतामा जाने निष्कर्षमा पुगेको तर्क गरे । तर अदालतको परमादेशले सरकार बदलिएको र सार्वभौम नेपाली जनताको आफ्नो सरकार निर्माण गर्ने संवैधानिक अधिकारमाथि कुठाराघात भएको उनले बताए ।

उनले विकासका लागि राष्ट्रिय संकल्पको कार्यान्वयन गर्न भिजनरी राष्ट्रिय शक्ति आवश्यक भएको भन्दै एमालेमा मात्रै आँट र संकल्प भएको बताए । ओलीले प्रचण्डले माओवादी केन्द्रलाई भोट दिनका लागि चितवनवासीलाई तर्साउने र धम्काउने काम गरेको आरोप लगाए । निर्वाचन आयोगले मतपत्रको रंग परिवर्तन कांग्रेसको चाहना अनुसार गरेको उनले बताए । 

उनले एउटा दलले अर्को दलको प्रचार गर्न नपाइने भएपनि आचारसंहिता विपरित गठबन्धनका शीर्ष नेताहरू प्रचारको कार्यमा सहभागी भएको तर्क पनि गरे । ओलीले वैशाख ३० गते नै गठबन्धनका लागि ठूलो संकटको दिन भएको भन्दै असार १७ पछि भने गठबन्धन टुट्ने कुरा ज्योतिषहरूले भनेको टिप्पणी गरे ।

पत्रकार सम्मेलनमा ओलीले निर्वाचनका लागि ६७ बुँदै अपिल पढेर सुनाएका थिए । अपिलमा ओलीले यसअघिको एमाले सरकारले गरेको काम र भावी योजनाका साथै वर्तमान सरकार र गठबन्धन दलहरूको आलोचना गरेका थिए । 

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतबार  २ : १६ बजे

ओली पक्राउ परेको विरोधमा युवा संघले निकाल्यो मसाल जुलुस (तस्बिरहरू)

काठमाडाैं – आज पक्राउ परेका एमाले अध्यक्ष केपी शर्मा ओलीको

बालेन सरकारको योजना : पासपोर्ट, नागरिकता र लाइसेन्स घर घरमै पुर्‍याउने

काठमाडौं – बालेन्द्र शाह नेतृत्वको सरकारले नागरिकलाई सरकारी सेवा घरमै

बालेन सरकारले सात दिनभित्र संविधान संशोधन सम्बन्धी बहस सुरु गर्ने

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्ले शुक्रबार स्वीकृत गरेको

बालेन सरकारको घोषणा : विद्यालय र विश्वविद्यालयबाट दलीय विद्यार्थी संगठन हटाउने

काठमाडौं – सरकारले आगामी ६० दिनभित्र देशभरका विद्यालय र विश्वविद्यालयबाट

महिलाहरूको सुरक्षा सुनिश्चित गर्न सरकारले निःशुल्क ‘ब्लु बस’ सेवा सञ्चालन गर्ने

काठमाडौं – सरकारले महिला यात्रुहरूको सुरक्षा सुनिश्चित गर्न सातै प्रदेशमा