रुसद्वारा बेलायती युट्युबर पक्राउ « Khabarhub

रुसद्वारा बेलायती युट्युबर पक्राउ


२५ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बेलायती युट्युबरलाई रुसले पक्राउ गरेको छ । कजाखस्तानस्थित रुसको नियन्त्रणमा रहेको बैकोनूर कोस्मोड्रोममा बेलायती युट्युबर बेन्जामिन रिच पक्राउ परेको रुसी अन्तरीक्ष निकाय रोस्कोस्मोसका प्रमुख दिमित्री रोगोजिनले बताएका हुन् ।

गैरकानूनी काम गरिरहेको अवस्थामा उनलाई पक्राउ गरिएको रोगोजिनलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । उनीसँगै बेलारुसकी नागरिक एलिना सेलिउपा पनि पक्राउ परेको उनको भनाइ छ ।

उनीहरुलाई हाल बैकोनूरमा रहेको आन्तरिक मामिला विभागमा नियन्त्रणमा लिइएको बीबीसीले जनाएको छ । बेन्जामिन रिच ‘बल्ड एण्ड बैंकरप्ट’ नामक युट्युब च्यानल चलाउँछन् । उनले पूर्व सोभियत संघका मुलुकहरुमा भ्लग बनाउँदै आएका छन् ।

उनको च्यानलमा ३५ लाख सस्बस्क्राइबर्स छन् । बेलायतको विदेश मन्त्रालयले घटनाबारे अनुसन्धान अघि बढाएको जनाएको छ ।

यता रिचले भने आफू पक्राउ नपरेको बताएका छन् । सामाजिक सञ्जालमा सन्देश जारी गर्दै आफूहरुलाई कोस्मोड्रोममा केही घण्टा सोधपुछ गरिएपनि आफूहरु मुक्त भएको जानकारी दिएका हुन् ।

उनले आफूले ६० पाउण्ड जरिवाना समेत तिरेको जनाएका छन् ।

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतबार  २ : २४ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब