नेपाली फिल्मको कमजोर ओपनिङ | Khabarhub Khabarhub

नेपाली फिल्मको कमजोर ओपनिङ


२५ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गत शुक्रबारदेखि नेपाली दुई फिल्म प्रदर्शनरत छन् । प्रदर्शनमा आएका लक्का जवान र षट्कोणले दर्शकको साथ पाउन सकेको छैन । 

पछिल्लो समय बढिरहेको विदेशी फिल्मको दबदबालाई यी फिल्महरूले तोड्न सकेनन् । ‘ए मेरो हजुर ४’ पश्चात प्रदर्शनमा आएका नेपाली फिल्महरुले दर्शकको साथ पाउन सकेको छैन । फिल्म ‘मन्त्र’ पछि प्रदर्शनमा आएको ‘लक्का जवान’ हाँस्य कलाकारहरूको ग्रुपको फिल्म थियो । 

नेपालमा दीपकराज गिरी समूह र मह जोडीले बनाएको फिल्मलाई दर्शकले साथ दिदैँ आएका छन् । यद्यपि अन्य हाँस्य कलाकारहरूको फिल्मलाई दर्शकले विश्वास गरेको पाइदैन । धुर्मुस-सुन्तली सहित सक्किगो नि टिमको अभिनय रहेको फिल्म ‘सेन्टी भाइरस’ ले पनि दर्शकको राम्रो साथ पाउन सकेको थिएन । यस्तै देखिएको छ, लक्का जवानलाई पनि ।  

हाँस्यकलाकारहरुको समुहले निर्माण गरेको फिल्मले समीक्षात्मक रुपमा राम्रो प्रतिक्रिया पाउन सकेन नै दर्शकले समेत साथ दिएनन् । फिल्मले २ दिनको इनिसियल व्यापार निक्कै नै कमजोर गरेको छ । शुक्रबार र शनिबार नै हलमा दर्शकको चाप कम देखियो । राम्रो प्रचारप्रसार पनि नदेखिएको फिल्मलाई दर्शकले खासै रुचि देखाएका छैनन् । 

शिवहरि पौड्यालको निर्देशनमा तयार भएको फिल्ममा हाँस्य कलाकारहरूको ठूलो भीड छ । फिल्ममा मदनकृष्ण श्रेष्ठ, किरण केसी, शिवहरि पौड्याल, सुशील पोखरेल, सरोज खनाल, दिलिप रायमाझी, प्रियंका कार्की, वर्षा सिवाकोटी, राजाराम पौडेल, सलोन बस्नेत लगायतका कलाकारको मुख्य भूमिका छ । यी कलाकारको भिडभाडले समेत दर्शकलाई हलसम्म ल्याउन सकेन । 

यस्तै, थ्रिलर फिल्म षट्कोणले पनि दर्शकको साथ पाउन सकेन । कार्म, भोलाराज सापकोटा, लोकेन्द्र लेखक लगायतका कलाकारहरुको अभिनय रहेको फिल्मलाई दर्शकले  साथ दिएनन् । सार्वजनिक ट्रेलरबाट केही फरक देखिएता पनि फिल्मले दर्शकको साथ भने पाउन सकेन । मिलन डि काप्री डेब्यु निर्देशनमै दर्शक मार्फत ‘फेल’ भएका छन् । 

नेपाली फिल्मलाई छैन दर्शकको साथ 

पछिल्लो समय नेपाली फिल्मले दर्शकलाई हलसम्म तान्न सकेका छैनन् । कोरोना भाइरसको महामारी पश्चात प्रदर्शनमा आएको दुई फिल्म ‘म यस्तो गीत गाउँछु २’ र ‘ए मेरो हजुर ४’ मा दर्शकको भिड केही देखियो । यद्यपि यी फिल्महरूले पनि हलकै व्यापारले लगानी उठाउन सकेका छैनन् । यस्तो हुनुमा फिल्म मेकिङ र कथ्य शैली कारक हुनसक्ने अनुमान गरिएको छ । कोरोना भाइरस महामारीको समय ओटीटीको कन्टेनले पाएको लोकप्रियताले पनि केही हदसम्म असर गरिरहेको हुन् सक्छ । 

यसको मारमा नेपाली मात्र नभई बलिउडमा बन्ने हिन्दी भाषाका फिल्महरू पनि परेका छन् । ‘सूर्यवंशी’ पश्चात प्रदर्शनमा आएका बलिउडका फिल्महरू ‘फ्लप’ छन् । साउथ इन्डियन फिल्महरू एकपछि अर्को दर्शकको मन जित्ने आएकाले पनि यस्तो अवस्था आएको हुन् सक्छ । ‘साउथको फिल्म ‘पुष्पा’ ले दर्शकलाई हलसम्म तान्यो । ती दर्शकलाई पुनः आरआरआरले मनोरञ्जन दिन सफल भयो । त्यही दर्शकलाई केजीएफको सिक्वेलले पनि निराश बनाएन । फिल्मको भव्यताका कारण ती फिल्महरू सफल भए’ एक फिल्मकर्मीले भने ।

 विदेशी फिल्मको तुलना त हुने नै भयो साथमा कथामा नयाँपन नपाउँदा समेत नेपाली दर्शकहरू नेपाली फिल्मकै लागि हलसम्म पुगिरहेका छैनन् ।

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतबार  २ : ३७ बजे

कांग्रेस नेताहरू चीन भ्रमणमा जाँदै

काठमाडौं– नेपाली कांग्रेसका नेताहरू उत्तरी छिमेकी मुलुक चीन भ्रमणमा जाने

लण्डनका लागि उडान भरेको यात्रुवाहक विमान गुजरातको अहमदावादमा दुर्घटना

काठमाडौं– भारतमा यात्रुवाहक विमान दुर्घटनामा परेको छ । गुजरात राज्यको

बालेनविरुद्ध अख्तियारमा उजुरी, एक करोडको लिफ्ट जोड्दा भ्रष्ट्राचार गरेको आरोप 

काठमाडौं– अखितयार दुरुपयोग अनुसन्धान आयोगमा काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) बालेन्द्र

सूर्यविनायक-साँगा सडक सीमाभित्र बनेका संरचना भत्काइँदै (तस्बिरहरू)

काठमाडौं– अरनिको राजमार्ग अन्तर्गत सूर्यविनायक साँगा-सडक सीमाभित्र निर्माण भएका स्थायी

ओमानले आइतबार अमेरिका-इरान आणविक वार्ताको आयोजना गर्ने

एजेन्सी– लामो समयदेखि शत्रुहरूबीच बढ्दो तनावका बीच सप्ताहन्तमा संयुक्त राज्य अमेरिका