साताको पहिलो दिन सेयर बजार दोहोरो अङ्कले वृद्धि   « Khabarhub

साताको पहिलो दिन सेयर बजार दोहोरो अङ्कले वृद्धि  


२५ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- साताको पहिलो दिन आइतबार सेयर बजार नेप्से दोहोरो अङ्कले वृद्धि भएको छ।  निरन्तर केही महिनादेखि घटेको सेयर बजार साताको पहिलो दिन आइतबार १८ अङ्कले बढेको हो ।

गत बिहीबार नेप्से  २७ अङ्क र बुधबार ३२ अङ्कले ओरालो लागेको थियो। आइतबार २२ सय ३८ अङ्कबाट सुरु भएको नेप्से परिसूचक दिनको अन्तिममा १७ दशमलव ९५ अङ्कले बढेर २२ सय ५६ दशलमव ५८ अङ्कमा पुगेर बन्द भएको छ । 

आइतबार सुधार आएको नेप्से बजारमा सेन्सेटिभ इन्डेक्स ३ दशमलव ८८ अङ्कले बढेर ४ सय ३६ अङ्कमा पुगेको छ।  नेप्सेमा आइतबार ३३ लाख ४१ हजार २१४ कित्ता सेयर किनबेच हुँदा एक अर्ब ३२ करोड ६४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। कारोबार रकम गत साताको अन्तिम दिनभन्दा आइतबार २५ करोडले कमी हो ।

नेप्सेमा बिहीबार २३३ कम्पनीको सेयर खरिदबिक्री  हुँदा १४१ कम्पनीका सेयरधनीले नाफामा कारोबार भएको छन् भने ७३ कम्पनीका सेयर घाटामा कारोबार भएको छ ।

त्यस्तै १४ कम्पनीको सेयर मूल्य बिहीबारकै मूल्यमा कारोबार भएको छ । आइतबार एकमात्र कम्पनी जल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ । जल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १५२ रुपैयाँ बढेर १६ सय ७२ रुपैयाँ पुगेको छ । सेयर बजार सूचीकृत भएसँगै जल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य निरन्तर सर्किट लाग्दै आएको छ ।

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतबार  ४ : ०६ बजे

आफूमाथि छानबिन गर्न माग गर्दै खगेन्द्रले भने : दोषी ठहरिए जस्तोसुकै सजाय भोग्न तयार छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले आफूमाथि

उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहसँग नेपालका चीनका

उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना

झापा – यहाँ उपभोक्ता हितविपरीत कार्य गर्ने पाँच व्यवसायीलाई रु

दूरसञ्चार सेवासम्बन्धी उपकरण आयातमा नौ अर्बभन्दा बढी रकम

काठमाडौँ– सरकारले आर्थिक वर्ष २०८१-८२ मा दूरसञ्चार सेवाको लागि आवश्यक

बाढीपीडितको पुनःस्थापनालाई प्राथमिकता दिनुपर्छ : ओली

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोटेकोशी