सुरेन्द्र पाण्डेले भने– देउवाको रेणु र प्रचण्डमाथि बसेको पिरती धेरै दिन टिक्दैन « Khabarhub

सुरेन्द्र पाण्डेले भने– देउवाको रेणु र प्रचण्डमाथि बसेको पिरती धेरै दिन टिक्दैन


२५ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले प्रधानमन्त्री शेरबहादुर देउवा र रेणु दाहालको राजनीतिक पिरती धेरै दिन नटिक्ने बताएका छन् ।

नेकपा एमालेको चुनावी सभालाई सम्बाेधन गर्दै नेता पाण्डेले देउवाले यसअघि रेणुलाई मेयरमा मैले उठाएको भनेर दाबी गरेको प्रसङ्ग उक्काउँदै भने, ‘देउवाको रेणु र प्रचण्डमाथि बसेको पिरती च्याउरे पिरती हो, धेरै दिन टिक्दैन, यो पिरती केही दिनको लागि हो ।’

कांग्रेसका उम्मेदवारलाई नजिताए केन्द्रबाट बजेट पारिन्नँ भनेर प्रधानमन्त्री पत्नी आरजु देउवाले भनेको प्रसङ्ग निकाल्दै नेता पाण्डेले भने, ‘कांग्रेसलाई अहिले पनि राणा शासन छ भन्ने भ्रम रहेछ, प्रधानमन्त्री पत्नीज्यू जनताको करको ढुकुटी मनलाग्दी गर्न पाइन्छ ? अहिले राणा शासन छैन, भ्रममा नपर्नूस् ।’

उनले एमालेका उम्मेदवार विजय सुवेदीलाई भरतपुर महानगरको मेयरमा जिताए नयाँ भरतपुर बन्ने बताएका थिए ।

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतबार  ४ : ०७ बजे

विशेष महाधिवेशन पक्षधरको अडान : देउवाले नेतृत्व नछाडेसम्म सहमति हुँदैन

काठमाडौं – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र सम्पन्न भएको

नेतृत्व छोड्न संस्थापनकै दबाब, खड्कालाई हस्तान्तरण गर्न पनि तयार भएनन् देउवा

काठमाडौं- नेपाली कांग्रेसको विवादले गम्भीर मोड लिइरहँदा सभापति शेरबहादुर देउवा

चौथो कृषि जैविक विविधता दिवसका अवसरमा बृहत् रैथाने कृषि मेला

काठमाडौं– यही माघ १ गते चौथो राष्ट्रिय कृषि जैविक विविधता

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक स्थगित, भोलि बिहान ८ बजे बस्ने

काठमाडौं– सानेपामा सुरु भएको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक केही