बालेन्द्र सरकारका सय कामको कार्यसूची सकारात्मक र स्वागतयोग्य : बाबुराम भट्टराई « Khabarhub

बालेन्द्र सरकारका सय कामको कार्यसूची सकारात्मक र स्वागतयोग्य : बाबुराम भट्टराई


१५ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


348
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नवगठित बालेन्द्र शाह नेतृत्वको सरकारले अघि सारेका कार्यसूचीहरू सकारात्मक रहेको बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठकबाट पारित शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूचीलाई उनले स्वागतयोग्य कदम भनेका हुन् ।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै भट्टराईले अभूतपूर्व जनमत पाएको वर्तमान सरकारलाई केही महत्त्वपूर्ण र छुटाउनै नहुने विषयहरूमा ध्यान दिन ध्यानाकर्षण समेत गराएका छन् । उनले शान्ति प्रक्रियाका बाँकी काम, भूमि सुधार, गौरवका आयोजना र छिमेकीसँगको सम्बन्धलाई सरकारको प्राथमिकतामा राख्न सुझाव दिएका छन् ।

‘बृहत् शान्ति सम्झौता भएको दुई दशक पुग्न लाग्दा पनि सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता व्यक्तिसम्बन्धी छानबिन आयोगका काम पूरा भएका छैनन्,’ भट्टराईले भनेका छन्, ‘यो कुनै एउटा दलको मात्र नभई राज्यकै जिम्मेवारी भएकाले सर्वाधिकारसम्पन्न वर्तमान सरकार यसबाट चुक्नु हुँदैन ।’ उनले सहिद, बेपत्ता र घाइतेका परिवारले अझै न्याय र परिपूरण नपाएको तर्फ सरकार सचेत हुनुपर्ने उल्लेख गरे ।

त्यस्तै, कृषि क्षेत्रको आमूल रूपान्तरणका लागि वैज्ञानिक भूमिसुधार अनिवार्य रहेको उनको तर्क छ । ६० प्रतिशत श्रमशक्ति कृषिमा अल्झिएकाले वैज्ञानिक भूमिसुधारबिना समृद्धिको सपना अधुरो रहने उनले औँल्याएका छन् ।

ठूला पूर्वाधार र राष्ट्रिय गौरवका आयोजनाका सन्दर्भमा भट्टराईले बुढीगण्डकी बहुउद्देश्यीय आयोजनालाई शीघ्र कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिएका छन् । ‘वर्तमान अर्थमन्त्री र गृहमन्त्री दुवै जना त्यस क्षेत्रका जानकार भएकाले यसमा विशेष जोड पुग्ने अपेक्षा छ,’ उनले भनेका छन् ।

परराष्ट्र सम्बन्धका बारेमा टिप्पणी गर्दै भट्टराईले नेपाललाई ‘दुई ढुङ्गाबीचको तरुल’ नभई ‘दुई देशबीचको गतिशील पुल’ बनाउनुपर्ने धारणा राखेका छन् । रास्वपाले आफ्नो वाचापत्रमा यो विषय समेटेकोमा खुसी व्यक्त गर्दै उनले यसका लागि कूटनीतिक कौशल प्रदर्शन गर्न युवा नेताहरूलाई आग्रह गरेका छन् । उनले सरकारको सफल कार्यकालका लागि शुभकामना समेत दिएका छन् ।

प्रकाशित मिति : १५ चैत्र २०८२, आइतबार  ५ : ५९ बजे

मिराज भन्छन् : यो सरकारलाई केही समय कुर्छौँ, नभए थर्ड पोलको तयारीमा लाग्छौँ

काठमाडौं- जेन-जी आन्दोलनका अगुवा मिराज ढुङ्गानाले वालेन्द्र शाह नेतृत्वको वर्तमान

एभरेष्ट भ्यू ट्रेल रेसलाई अन्तर्राष्ट्रिय मान्यता, आईटीआरएबाट ३ पोइन्ट

सोलुखुम्बु- माप्य दुधकोशी गाउँपालिकामा आयोजना हुँदै आएको ‘एभरेष्ट भ्यू ट्रेल रेस’

‘यो सरकारले कार्यकाल पूरा गर्दा जनता निराश भइसक्छन्, कार्यशैली सुधारोस्’

काठमाडौं- जेन-जी आन्दोलनका अगुवा उपार्जुङ चाम्लिङले वर्तमान सरकारले सबै पक्षलाई

आफ्नै शरीरमा आगो लगाएकी महिलालाई वीर अस्पताल लगियो

काठमाडौं- राजधानीमा आत्मदाहको प्रयास गरेकी महिलालाई उपचारका लागि वीर अस्पताल

जेन-जी रिजनको टिप्पणी, ‘यो पाँच वर्षको जनादेश पाएको सरकार हो भन्ने अवस्था छैन’

काठमाडौं- जेन-जी आन्दोलनका अभियन्ता रिजन राना मगरले वर्तमान सरकारको कार्यशैलीप्रति