एउटै शेरले १० वटा स्यालको सिकार गर्छ : ओली | Khabarhub Khabarhub

एउटै शेरले १० वटा स्यालको सिकार गर्छ : ओली


२५ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल– एमाले अध्यक्ष केपी ओलीले २१ औँ शताब्दीको जनता कसैको धम्कीबाट नतर्सिने बताएका छन् ।

बुटवलमा आइतबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले सत्तारुढ गठबन्धन चुनाव हार्ने डरले धाकधम्कीमा उत्रिएको भन्दै जनता कसैको धम्कीसँग नडराउने बताए।

सत्ता गठबन्धन केवल सत्ता स्वार्थका लागि मात्र भएको ओलीको दाबी छ। जनतालाई थर्काएर र धम्काएर भोट नमाग्न गठबन्धनका नेतालाई आग्रह गर्दै भयरहित वातावरणमा निर्वाचन गर्नुपर्ने उनले बताए । एमाले युवादेखि वृद्धसम्म र किसानदेखि मजदुरसम्मको हित चिताउने पार्टी भएकाले कुनै अलमलमा नपरी एमालेलाई मतदान गर्न उनले आग्रह गरे । कांग्रेस नेतृत्वको सरकारले विकास निर्माणका कुनै आयोजना अघि नबढाएको बरु विगतमा ४२ वटा उद्योग बेचेर खाएको ओलीले बताए। अघिल्लो सरकारले सुकुम्बासीलाई लालपुर्जा वितरण गर्न थाल्दा परमादेशबाट सरकार ढालेर भूमिहीन आयोग खारेज गरेको ओलीले आरोप लगाए ।

उनले देशभरका स्थानीय तहमा एमालेको विजय मात्र नभई दिग्विजय भएको बताए । ओलीले अहिले १० वटा स्याल एकातिर र एउटा शेर अर्कोतिर रहेको भन्दै एउटै शेरेले १० वटा स्यालको सिकार गर्ने बताए । पाँचदलीय गठबन्धन छ भन्ने कुराको जनताले मतलबै नराखेको ओलीले बताए ।

एमालेले चुनाव हारे जनताले पाउने सेवा रोकिने र विकासका योजना पनि रोकिने भएकाले एमालेको विजय अपरिहार्य रहेको उनको भनाइ छ । भैरहवा, पोखरालगायतका अन्तर्राष्ट्रिय विमानस्थल एमालेकै नेतृत्वमा बनेका, वर्षौसम्म रहेका तुइन एमाले नेतृत्वको सरकारले नै विस्थापन गरेको उनले दाबी गरे ।

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतबार  ४ : ३४ बजे

प्रधानमन्त्रीद्वारा द्रुतमार्गको सुरुविन्दु समस्या समाधानका लागि पहल

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं–तराई–मधेस द्रुतमार्ग (फास्ट ट्र्याक)

नेपाली कांग्रेसमा ‘एआई’ बहसः नीतिगत व्यवस्थासँगै कार्यान्वयनमा जोड

पाटन – सूचना प्रविधिको विकाससँगै कृत्रिम बुद्धिमत्ता (आर्टिफिसियल इन्टेलिजेन्स)को विकास

क्यान्सर विजेताहरु हाम्रो प्रेरणाका स्रोत हुन् : डा. चालिसे

काठमाडाैं – भक्तपुर क्यान्सर अस्पतालका निमित्त कार्यकारी निर्देशक डा. उज्ज्वल

सुक्खा सङ्कटग्रस्त मधेशमा तत्काल राहत दिनेगरी कार्ययोजना बनाउन ऊर्जामन्त्रीको निर्देशन

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सुक्खा सङ्कटग्रस्त

रङ्गशालाको काम नभएपछि १० करोडभन्दा बढी रकम फिर्ता

चितवन – भरतपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालाका लागि सङ्घीय