रसुवामा तीन पत्रकार चुनावी मैदानमा « Khabarhub

रसुवामा तीन पत्रकार चुनावी मैदानमा


२५ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रसुवा-  स्थानीय तहको निर्वाचनका लागि रसुवामा तीनजना पत्रकार चुनावी मैदानमा उत्रिएका छन् । नेपाल पत्रकार महासंघ रसुवाका सचिवसहित तीनजना पत्रकार चुनावी मैदानमा उत्रिएका हुन् ।

महासंघका जिल्ला सचिव दावा तामाङ, कार्यसमिति सदस्य सानुकान्छा लोप्चन र पत्रकार महासंघका पूर्वअध्यक्ष तथा महासंघका सदस्य सोमबहादुर तामाङ चुनावी प्रतिस्पर्धामा छन् ।

माओवादी केन्द्रबाट कालिका गाउँपालिकाको अध्यक्षका लागि सोमबहादुर तामाङ, कालिका गाउँपालिका-१ को वडाध्यक्षको लागि दावा तामाङ र नौकुण्ड गाउँपालिका-६ को वडाध्यक्षका लागि सानुकान्छा लोप्चनले टिकट पाएका हुन् । तीनैजना माओवादी केन्द्रबाट प्रतिस्पर्धा गर्दै छन् ।

रसुवामा पाँचवटा पालिका छन् । जसमा २७ वटा वडा छन् । यसपटकको चुनावमा जिल्लामा १७ वटा राजनीतिक दलले भाग लिएका छन् । निर्वाचनमा चार सय ६७ जना प्रतिस्पर्धामा छन् । जिल्लामा १४५ पदका लागि निर्वाचन हुनेछ । जसमा पाँचजना निर्विरोध भइसकेका छन् । तीन पदमा उम्मेदवारी नै परेको छैन । अब एक सय ३७ पदका लागि मात्रै निर्वाचन हुने छ । 

जिल्लामा ३८ हजार पाँच सय ४५ मतदाता छन् ।

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतबार  ४ : ४५ बजे

नेतृत्व छोड्न संस्थापनकै दबाब, खड्कालाई हस्तान्तरण गर्न पनि तयार भएनन् देउवा

काठमाडौं- नेपाली कांग्रेसको विवादले गम्भीर मोड लिइरहँदा सभापति शेरबहादुर देउवा

चौथो कृषि जैविक विविधता दिवसका अवसरमा बृहत् रैथाने कृषि मेला

काठमाडौं– यही माघ १ गते चौथो राष्ट्रिय कृषि जैविक विविधता

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक स्थगित, भोलि बिहान ८ बजे बस्ने

काठमाडौं– सानेपामा सुरु भएको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक केही

यो विद्रोह हो : गगन थापा

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशन नियमित कार्यक्रम