बेलायतले युक्रेनलाई थप १ अर्ब ३० करोड पाउण्ड सहायता प्रदान गर्ने « Khabarhub

बेलायतले युक्रेनलाई थप १ अर्ब ३० करोड पाउण्ड सहायता प्रदान गर्ने


२५ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  बेलायतले युक्रेनलाई थप १ अर्ब ३० करोड पाउण्डको सहायता प्रदान गर्ने भएको छ ।

बेलायती अर्थमन्त्री ऋषि सुनकले युक्रेनकाका लागि १ अर्ब ३० करोड पाउण्डको अतिरिक्त कोष प्याकेज प्रदान गर्न लागेको बेलायतबाट प्रकाशित हुने द सन्डे टाइम्सले जनाएको छ ।

यो रकम ट्रेजरीको आपतकालीन कोषबाट लिइने र युक्रेनलाई बेलायतको विद्यमान १.५ अर्ब पाउन्ड सहयोगको अतिरिक्त प्रदान गरिने जनाइएको छ ।

बेलायतका रक्षामन्त्री बेन वालेस र विदेशमन्त्री लिज ट्रसको दबाबपछि सुनकले थप सहायताको पुष्टि गरेको द सन्डे टाइम्सले जनाएको छ ।

गत फेब्रुअरी २४ मा रुसले युक्रेनमाथि आक्रमण गरेपछि यसको जवाफमा पश्चिमा देशहरूले रुसविरुद्ध व्यापक प्रतिबन्ध अभियान चलाएका छन् र युक्रेनलाई हतियार आपूर्ति जारी राखेका छन् ।

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतबार  ४ : ५७ बजे

म्याक्रोन–सी भेटवार्तामा शान्ति र व्यापार सन्तुलनमुखी आग्रह

बेइजिङ– फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले बेइजिङमा चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको

वसन्तपुरमा योमरी पुन्हीको रौनक (तस्बिरहरू)

काठमाडौं– मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन अर्थात्, आज धानको विधिपूर्वक पूजाआजा

काठमाडौंविरुद्ध पोखराले गुमायो दुई विकेट

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गतको बिहीबारको

झापामा नरिवलको व्यावसायिक खेती

झापा– समुन्द्री तटीय क्षेत्रमा व्यापक मात्रामा हुने नरिवलको खेती झापामा

मङ्सिर २१ भित्र योजना छनोट गरेर पठाउन प्रदेश सरकार निर्देशन

सुर्खेत– कर्णाली प्रदेश सरकारले मङ्सिर २१ गतेभित्र आगामी आर्थिक वर्ष