ओस्कार थप्पड प्रकरण : रोकियो स्मिथको नयाँ फिल्म « Khabarhub

ओस्कार थप्पड प्रकरण : रोकियो स्मिथको नयाँ फिल्म


२५ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कमेडियनलाई ओस्कार समारोहमै थप्पड हानेपछि हलिउड स्टार विल स्मिथको जीवन अहिले ठीकठाक छैन । 

घटनालाई लिएर माफी माग्दै अभिनेता स्मिथले  ओस्कार एकेडेमीबाट राजीनामा दिइसकेका छन् । अर्कोतर्फ ओस्कार आयोजकले अभिनेता स्मिथलाई १० वर्षको लागि प्रतिबन्ध लगाइसकेको छ । यद्यपि विवादको असर तत्कालै सकिने छाँटकाँट छैन ।

नेटफ्लिक्सले बनाउन लागेको नयाँ फिल्म  ‘फास्ट एण्ड लुज’ रोकेको केही समयमा अर्को फिल्म ‘ब्राइट’ को सिक्वेल नबनाउने खबर केही समय अगाडि आएको थियो । नेटफ्लिक्सले अन्य कारण देखाउँदै ओस्कारको घटनासँग फिल्म रोकिनु सम्बन्धित नभएको बताएको थियो । यद्यपि ओस्कारको थप्पड प्रकरणले चर्को रूप लिँदै जाँदा स्ट्रिमिङ जायन्टले यस्तो निर्णय लिएको खबरहरू आइरहे । 

पुनः विल स्मिथको अभिनय रहेको फिल्म ‘ एम्यानसिपेशन’को रिलिज स्थगित भएको छ । एम्यानसिपेशनका निर्माताहरूले फिल्मको रिलिज मिति स्थगित गर्ने निर्णय गरेको खबर अन्तराष्ट्रिय मिडियामा छन् । निर्माण पक्षले यो फिल्मलाई सन् २०२३ सम्म सार्ने योजना बनाएको छ । यद्यपि यस फिल्मको अर्को रिलिज मितिबारे निर्माण पक्षले अहिलेसम्म कुनै आधिकारिक घोषणा गरेको छैन ।

ओस्कार अवार्डको ९४ औँ संस्करण सम्पन्न भइसकेको छ । यद्यपि यस संस्करणमा कसले के अवार्ड पाए भन्दा पनि अभिनेता विल स्मिथले क्रिस रकलाई थप्पड हानेको प्रकरण अहिले चर्चामा छ । क्रिसले अभिनेता विल स्मिथकी श्रीमती जाडा पिन्केट स्मिथको मजाक गरेका थिए । 

त्यसपछि विल आफ्नो सिटबाट उठेर स्टेजमा गएर क्रिसलाई जोडले थप्पड हाने ।

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतबार  ६ : ०६ बजे

प्रदीप पौडेललाई प्रश्न- देउवा आएपछि पार्टी एकताको सम्भावना टरेको हो ?

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल संस्थापन इतर पक्ष शेरबहादुर देउवाको

पश्चिम बंगालका पूर्व विधानसभा उपसभामुख आशीष बनर्जी पार्टी कार्यालयमै झुन्डिएको अवस्थामा भेटिए

काठमाडौं– पश्चिम बंगाल विधानसभा पूर्वउपसभामुख तथा तृणमूल कांग्रेस (टीएमसी) का

विदेशी उपाधिको समकक्षता निर्धारणको जिम्मेवारी अनुदान आयोगलाई

काठमाडौं– विश्वविद्यालय अनुदान आयोगले विदेशी विश्वविद्यालय वा सोसरहका शैक्षिक संस्थाबाट

विपद् जोखिम न्यूनीकरणमा पूर्वतयारी र समन्वयमा जोड

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले सम्भावित विपद्बाट हुने जनधनको क्षति न्यूनीकरणका

क्षयरोग केन्द्र ठिमीबाट ग्यास वितरण, नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवार्य

काठमाडौं– नेपाल आयल निगमको समन्वयमा राष्ट्रिय क्षयरोग केन्द्र भक्तपुरको ठिमीमा