ओस्कार थप्पड प्रकरण : रोकियो स्मिथको नयाँ फिल्म « Khabarhub

ओस्कार थप्पड प्रकरण : रोकियो स्मिथको नयाँ फिल्म


२५ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कमेडियनलाई ओस्कार समारोहमै थप्पड हानेपछि हलिउड स्टार विल स्मिथको जीवन अहिले ठीकठाक छैन । 

घटनालाई लिएर माफी माग्दै अभिनेता स्मिथले  ओस्कार एकेडेमीबाट राजीनामा दिइसकेका छन् । अर्कोतर्फ ओस्कार आयोजकले अभिनेता स्मिथलाई १० वर्षको लागि प्रतिबन्ध लगाइसकेको छ । यद्यपि विवादको असर तत्कालै सकिने छाँटकाँट छैन ।

नेटफ्लिक्सले बनाउन लागेको नयाँ फिल्म  ‘फास्ट एण्ड लुज’ रोकेको केही समयमा अर्को फिल्म ‘ब्राइट’ को सिक्वेल नबनाउने खबर केही समय अगाडि आएको थियो । नेटफ्लिक्सले अन्य कारण देखाउँदै ओस्कारको घटनासँग फिल्म रोकिनु सम्बन्धित नभएको बताएको थियो । यद्यपि ओस्कारको थप्पड प्रकरणले चर्को रूप लिँदै जाँदा स्ट्रिमिङ जायन्टले यस्तो निर्णय लिएको खबरहरू आइरहे । 

पुनः विल स्मिथको अभिनय रहेको फिल्म ‘ एम्यानसिपेशन’को रिलिज स्थगित भएको छ । एम्यानसिपेशनका निर्माताहरूले फिल्मको रिलिज मिति स्थगित गर्ने निर्णय गरेको खबर अन्तराष्ट्रिय मिडियामा छन् । निर्माण पक्षले यो फिल्मलाई सन् २०२३ सम्म सार्ने योजना बनाएको छ । यद्यपि यस फिल्मको अर्को रिलिज मितिबारे निर्माण पक्षले अहिलेसम्म कुनै आधिकारिक घोषणा गरेको छैन ।

ओस्कार अवार्डको ९४ औँ संस्करण सम्पन्न भइसकेको छ । यद्यपि यस संस्करणमा कसले के अवार्ड पाए भन्दा पनि अभिनेता विल स्मिथले क्रिस रकलाई थप्पड हानेको प्रकरण अहिले चर्चामा छ । क्रिसले अभिनेता विल स्मिथकी श्रीमती जाडा पिन्केट स्मिथको मजाक गरेका थिए । 

त्यसपछि विल आफ्नो सिटबाट उठेर स्टेजमा गएर क्रिसलाई जोडले थप्पड हाने ।

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतबार  ६ : ०६ बजे

रवि छुट्ने भएपछि नख्खु कारागारमा कार्यकर्ताको भीड (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अदालतले रिहा गर्ने

शपथलगत्तै एमालेले बोलायो पहिलो केन्द्रीय कमिटी बैठक

काठमाडौं- नेकपा एमालेको एघारौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक

एमालेको ७२ खुला केन्द्रीय सदस्यमा ५२.७८ प्रतिशत ब्राह्मण जातिका मात्रै

काठमाडौं– नेकपा (एमाले)को ११औँ महाधिवेशनमा खुला केन्द्रीय सदस्यतर्फ भएको मतदानमा

जाँचबुझ आयोगको म्याद एक महिना थपियो

काठमाडौं– सरकारले भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगको

नेपाल चिकित्सक संघद्वारा उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक

काठमाडौं– नेपाल चिकित्सक संघ (एनएमए)को केन्द्रीय कार्यकारिणी समितिको निर्वाचन प्रक्रिया