इरानद्वारा तालिबानले नियुक्त गरेका अफगान कूटनीतिज्ञको ओहदा स्वीकार « Khabarhub

इरानद्वारा तालिबानले नियुक्त गरेका अफगान कूटनीतिज्ञको ओहदा स्वीकार


२५ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इरानले तालिबानद्वारा नियुक्त अफगानिस्तानका तीन कूटनीतिज्ञको ओहदा स्वीकार गरेको छ । बीबीसी पश्तोले जनाएअनुसार इरानले राजधानी तेहरानमा रहेको दूतावासमा तालिबानले पठाएका कूटनीतिज्ञहरूको ओहदा स्वीकार गरेको हो ।

तालिबानले इरान पठाएका दूतावासका कूटनीतिज्ञमा एकजना तेश्रो तहका सचिव रहेको र अन्य दुई जना सामान्य कर्मचारी रहेको जनाइएको छ ।

पूर्ववर्ती सरकार पतन भएर हाल अफगानिस्तानमा तालिबानले शासन चलाइरहेपनि तेहरानस्थित अफगान दूतावास भने बन्द नभएको अफगानिस्तानबाट प्रकाशित हुने खामाप्रेसले जनाएको छ ।

विश्वका अरु मुलुकहरूजस्तै इरानले पनि हालसम्म अफगानिस्तानमा तालिबानको सरकारलाई मान्यता दिएको छैन ।

यद्यपि इरानी विदेश मन्त्रालयका प्रवक्ता सइद खतिबजादाले जनाएअनुसार अन्तर्राष्ट्रिय अभिसन्धिलाई ध्यानमा राखेर कूटनीतिज्ञको ओहदा स्वीकार गरिएको हो ।

कूटनीतिज्ञको ओहदा स्वीकार गर्दैमा इरानले तालिबान सरकारलाई मान्यता दिएको अर्थ नलाग्ने उनको भनाइ छ । यसअघि रुस, चीन, पाकिस्तान, टर्की र तुर्कमेनिस्तानले तालिबानद्वारा नियुक्त कूटनीतिज्ञको ओहदा स्वीकार गरेका थिए ।

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतबार  ८ : ४५ बजे

कागन र सोइलाई रसायनशास्त्रतर्फको नोबेल पुरस्कार

एजेन्सी– हेनरी बी. कागन र केन्सो सोइलाई जैविक पदार्थ निर्माणमा

युक्रेनमा रुसी मिसाइल र ड्रोन हमलामा आठ जनाको मृत्यु

किएभ– युक्रेनका विभिन्न सहरमा रुसले गरेको मिसाइल र ड्रोनको संयुक्त

महामन्त्रीमा ढुक्क हुनुस् भन्ने साथीहरूको प्रतिक्रिया छ : प्रदीप पौडेल

नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा महामन्त्री पदमा प्रदीप पौडेल बलिया

चितवनको तौलपुल तीन महिनादेखि बन्द, सडक सुरक्षामा चुनौती (तस्बिरहरू)

चितवन– काठमाडौँ जोड्ने मुख्य ‘लाइफलाइन’ सडकका रूपमा रहेको नारायणगढ–मुग्लिन सडकखण्डमा बढी

नाइजेरियामा बन्दुकधारीको आक्रमण, १७ जनाको मृत्यु

गुसाउ– उत्तरपश्चिम नाइजेरियाको जामफरा राज्यमा सशस्त्र गिरोहले खानीस्थल र गाउँमा आक्रमण