साउदीमा थप ९३ नेपालीले पाए एक्जिट भिसा, ६० दिनभित्र साउदी छोड्नु पर्ने  « Khabarhub

साउदीमा थप ९३ नेपालीले पाए एक्जिट भिसा, ६० दिनभित्र साउदी छोड्नु पर्ने 



दोहा – साउदीमा थप ९३ जना अवैधानिक नेपालीले बहिर्गमन (एक्जिट) भिसा पाएका छन् ।

३१ मेदेखि ०७ जुनसम्मको अवधिमा रियाद र दमामबाट प्रोसेसिङ् गरिएका मध्ये थप ९३ जनाले एक्जिट भिसा प्राप्त गरेको रियादस्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासका अनुसार साउदी अरेबियाका विभिन्न कम्पनी तथा प्रतिष्ठानहरुमा कार्यरत रहँदा साउदी आवासीय अनुमति पत्र (इकामा) नबनाइएका वा नवीकरण नगरिएका वा हुरूब लगाइएका नेपालीहरुलाई स्वदेश फर्काउन आवश्यक बहिर्गमन भिसाका लागि सम्बन्धित साउदी निकायमा अनुरोध गरिएको थियो ।

दूतावासले प्रकाशित गरेको लिष्टमा नाम आएकाहरूले दूतावासमा आएर आफ्नो एक्जिट भिसाको पेपर लिएर जान अनुरोध गरेको छ । एक्जिट भिसा लागेको ६० दिनभित्र अनिवार्य रूपमा साउदी अरब छोड्न समेत दूतावासले अनुरोध गरेको छ ।

दूतावासले प्रोसेसिङ गरेर प्राप्त हुने बहिर्गमन भिसाको सूचि प्रत्येक हप्ता दूतावासको फेसबुक पेजमार्फत सार्वजनिक गरिने जनाएको छ । उक्त सूचिमा दमाम, जुवेल, खोबर र अलहासास्थित अध्यागमन कार्यालयबाट प्राप्त हुने बहिर्गमन भिसाको विवरण समेत समावेश गरिने दूतावासले जनाएको छ ।

एक्जिट भिसा प्रोसेसिङ् निःशुल्क हुनेछ । यस बापत एक हलाला पनि कहीँ कतै बुझाउनु पर्दैन । तर एक्जिट भिसा आइसकेपछि नेपाल फर्किने हवाई टिकट व्यक्ति स्वयंले व्यवस्था गर्नुपर्ने दूतावासले जनाएको छ ।

कस्तो अवस्थामा लाग्छ एक्जिट भिसा ?

*. इकामाको म्याद सकिएको ३ महिना भन्दा बढी भैसकेका
*. साउदी आएको ३ महिना भन्दा बढी समयसम्म पनि इकामा नबनाइदिएका
*.हुरूब लागेका व्यक्तिको मात्र दूतावासबाट एक्जिट भिसा प्रोसेसिङ् गर्न सकिने ।

इकामाको म्याद भएकाहरूको एक्जिट भिसा प्रोसेसिङ् भने दूतावासबाट गर्न मिल्दैन ।

प्रकाशित मिति : २५ जेठ २०७९, बुधबार  ६ : ४६ बजे

मध्यपूर्व तनाव कम गर्न मध्यस्थताका लागि चीन इच्छुक

बेइजिङ – चीनका उच्च कूटनीतिज्ञले आइतबार आफ्ना रुसी समकक्षीलाई मध्यपूर्वमा

सबैभन्दा बलियो प्रतिपक्ष नेपाली जनता हुन् : सभामुख अर्याल

काठमाडौं – प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले अहिलेको निर्वाचनबाट सबैभन्दा

बिस्केट जात्रामा सिसी क्यामरा र ड्रोनबाट निगरानी

भक्तपुर – तान्त्रिक विधिअनुसार भक्तपुरमा नौ दिन आठ रातसम्म भव्य

को बन्ला उपसभामुख ? रास्वपालाई फकाउँदै छन् श्रमसंस्कृति, नेकपा र राप्रपा

काठमाडौं – सभामुख चयन गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभाको

सरकारी कार्यालयको समय बिहान ९ देखि अपराह्न ५ बजेसम्म सोमबारदेखि नै लागू हुने

काठमाडौं – सोमबारदेखि सरकारी कार्यालय, सार्वजनिक निकाय तथा शैक्षिक संस्थाहरु